Dictionary

All Word

63251 बन्धित वि. १. बाँधिएको; बन्धनमा परेको।
63252 बन्धित वि. ना. २. बन्ध्या स्त्री बाँकी आइमाई।
63253 बन्धु ना. १. दाजुभाइ; फुकी; वंशज; सगोत्र; जाति।
63254 बन्धु ना. २. इष्टमित्र; आत्मीय जन; आफन्।
63255 बन्धु ना. ३. साथी मित्र; हितैषी।
63256 बन्धु ना. ४. सहायक; सहचर।
63257 बन्धु ना. ५. सहकर्मी; सहपाठी।
63258 बन्धुता/त्व ना. बन्धु हुनाको भाव वा बन्धुमा रहने स्वभाव; गुण; व्यवहार आदि।
63259 बन्धुबान्धव ना. दाजुभाइ; बन्धुवर्ग।
63260 बन्धुवर्ग ना. दाजुभाइहरूको समुदाय; फुकी।
63261 बन्धुविग्रह ना. १. आफ्ना दाजुभाइका बिचको झगडा।
63262 बन्धुविग्रह ना. २. दाजुभाइहरूका बिचको फूट।
63263 बन्ध्य वि. १. बाँध्न योग्य बन्धनीय।
63264 बन्ध्य वि. २. निष्फल; व्यर्थको प्रयोजन नभएको।
63265 बन्ध्य वि. ३. फल नलाग्ने; थारो।
63266 बन्ध्य वि. ४. बाँझो।
63267 बन्ध्या ना. १. बाँझी आइमाई; शारीरिक दोषले गर्दा सन्तान हुन नसकेकी स्त्री।
63268 बन्ध्या ना. २. थारो वा बैला पशु।
63269 बन्ध्याकरण ना. परिवार नियोजनअन्तर्गत स्त्रीहरूको डिम्बवाहिनी नसालाई शल्यक्रियाद्वारा बन्द गर्ने काम; गर्भनिरोध।
63270 बन्ध्यापुत्र ना. बन्ध्याको छोरो हुनु जस्तै असम्भव कुरो; हुनै नसक्ने कुरो।
63271 बन्नानाच ना. राना थारूहरूमा प्रचलित एक प्रकारको लोकनाच।
63272 बन्सो ना. दुबाका जस्ता तर केही लामा पात हुने; केसैकेसा परेका झुप्पादार फूल हुने; आँख्लैपिच्छे हाँगा हाल्ने र भुईंमा लत्रँदा आँख्लाबाट जरा हाल्ने एक भुईंकार वा घाँस; मन्थानक।
63273 बन्सो ना. २. वंश।
63274 बन्सो ना. ३. अति सूक्ष्म अंश; लेश; अत्यल्पता।
63275 बपौती ना. बाबुले छोडेर गएको वा बाबुका तर्फबाट अंश वा अधिकारका रूपमा आएको सम्पत्ति; पैतृक सम्पत्ति।
63276 बफाइ ना. बफाउने क्रिया वा प्रक्रिया।
63277 बफाइदो वि. बफाइएको; उसिनिएको।
63278 बफाइनु क.क्रि. बाफद्वारा पकाइनु; बाफले उसिनिनु।
63279 बफाउनु स.क्रि. कुनै खाद्य वस्तुलाई बाफद्वारा पकाउनु; बाफद्वारा उसिन्नु खँगार्नु।
63280 बफादार वि. १. वचन र कर्तव्यको पालना गर्ने - २. स्वामिभक्त वा अनुशासनशील।
63281 बफादारी ना. १. बफादार हुनाको भाव वा अवस्था।
63282 बफादारी ना. २. स्वामिभक्ति; अनुशासनशीलता।
63283 बब ना. गाई; बाँबी।
63284 बबन्डर ना. १. कुनै घटना-दुर्घटना आदिका कारणबाट भएको होहल्ला।
63285 बबन्डर ना. २. उल्का; उत्पा।
63286 बबन्डरी वि. १. बबन्डर गर्ने; उल्का वा उत्पात मच्चाउने।
63287 बबन्डरी वि. ना. २. आँधीब्यारी।
63288 बबर ना. सिंह; शेर।
63289 बबबाँ ना. केटाकेटीले गाईलाई डाक्ने वा डाक्नका निम्ति भन्ने शब्द बबैबाँ।
63290 बबाल ना. १. अनावश्यक झमेला ; नचाहिंदो कचिडल; व्यर्थको टन्टा; बखेडा; आपत्ति; बवाल।
63291 बबाल ना. २. भार; बोझ।
63292 बबिन ना. कलमा सिलाइको धागो बेर्ने लट्टाई वा चक्का।
63293 बबुर ना. पहेँला रङका नरम वा बाटुला फूल फुल्ने; लामा कोसा फल्ने काँडैकाँडा हुने एक जातको रुख बवुल।
63294 बबुरो वि. मायालाग्दो; दयनीय; बिचरो; बरो।
63295 बबैबाँ ना. हे. बबब।
63296 बभ्रु वि. १. गाढा रूपको खैरो।
63297 बभ्रु वि. ना. २. न्याउरीमुसो।
63298 बभ्रु वि. ३. गाढा खैरो रङ।
63299 बभ्रु वि. ४. शिव।
63300 बभ्रुवाहन ना. चित्राङ्गदाको गर्भबाट जन्मेका र पछि मणिपुरका शासक हुने; अर्जुनका एक पुत्र।