Dictionary

All Word

63151 बनुवा वि. बनको; जङ्गली; बनैया।
63152 बनेल ना. सुँगुरका जातको तर विशेष मोटो र कसिलो देखिने जङ्गली प्राणी; जङ्गली सुँगुर; बँदेल; वराह।
63153 बनेली ना. १. सानो बन; बुटाबुटी मात्र भएको सानो जङ्गल; पोथ्रे बन।
63154 बनेली ना. २. बनको शोभा बनमा रहेको रमाइलो।
63155 बनेली ना. वि. ३. वनमा पाइने वा हुने; बनसम्बन्धी; वनको।
63156 बनैया वि. बनेको; निर्मित; तयार भएको।
63157 बनैया वि. बनको; बनसम्बन्धी; जङ्गली।
63158 बनैया पशु ना. बनमा रहने जन्तु; बनको जनावर।
63159 बनोट / बनौट ना. बनावट।
63160 बनौटो ना. बटेर्नु; बट्न्योटो।
63161 बन्चरे वि. बन्चरोजस्तो।
63162 बन्चरे ढोग ना. बन्चरो उजाएजस्तो गरी मन नलागी नलागी गरिने ढोग।
63163 बन्चरो ना. रुख ढाल्ने; गिँड्ने र दाउरा आदि चिर्ने काममा उपयोग गरिने; बिंड हालिने पासातिर मोटो र धारतिर पातलो भएको एक किसिमको हतियार; परशु; फर्सा।
63164 बन्चयइ ना. बन्चऱ्याउने क्रिया वा प्रक्रिया।
63165 बचऱ्याइनु क.क्रि. बन्चऱ्याउने काम गरिनु; बन्चराले हिर्काइनु।
63166 बन्चऱ्याउनु स.क्रि. १. मन नपरीनपरीकन ढोग्नु; करबलले ढोग्नु; टस्क्याउनु।
63167 बन्चऱ्याउनु स.क्रि. २. मन नपरेका व्यक्तिलाई हातले काटेको जस्तो गरी देखाउनु; धारिउँ हात पार्नु; धारे हात लाउनु।
63168 बन्जर/बन्जार ना. १. नुनिलो माटो भएको जमिन।
63169 बन्जर/बन्जार ना. २. केही पनि नउम्रने जमिन; ऊसर भूमि।
63170 बन्जारा/बन्जारो ना. १. घोडामा; गोरुमा; गधामा वा आफ्नै काँधमा मालताल बोकाएर वा बोकेर घुमीघुमी व्यापार गर्ने व्यक्ति; धोत्रे व्यापारी।
63171 बन्जारा/बन्जारो ना. २. एउटा थर।
63172 बन्डल ना. कुनै वस्तु; कागत; कपडा; बोरा आदिमा पारिएको पोको; पुलिन्दा।
63173 बन्डा ना. १. कुनै वस्तु; जग्गाजमिन; धनसम्पत्ति आदि एक-अर्कामा बाँड्ने काम; बराबरी हिस्सा पार्ने वा भाग लगाउने काम।
63174 बन्डा ना. २. अंश; भाग; हिस्सा।
63175 बन्डाचुन्डा ना. कुनै वस्तु वा अन्य सम्पत्ति सबैलाई बराबर हुने गरी बाँड्ने काम; चुँडेर भए पनि सबैमा समान रूपले भाग लगाउने कार्य।
63176 बन्डापत्र ना. एकाघरमा बसेका अंसियार दाजुभाइहरूमा चलअचल सम्पत्ति एवं धनमाल; साहु-आसामी आदिको भागबन्डा गरेर तपूर्वक लेखिएको कागत; अंशबन्डाको लिख।
63177 बन्द वि. चारैतिरबाट थुनिएको वा रोकिएको।
63178 बन्द वि. २. बिर्को लगाएको; ढाकिएको; छोपिएको।
63179 बन्द वि. ३ थुनामा परेको; बन्धनमा परेको; बाँधिएको।
63180 बन्द वि. ना. ४. रोकावट; रोकटोक; छेकथुन; मनाही।
63181 बन्द वि. ५. कागतको आधा ताउ; आधा ताउ काग।
63182 बन्द वि. ६. कुनै काम वा कुरो हुने स्थिति।
63183 बन्द इजलास ना. न्यायाधीशहरू मात्र रही चलाइएको इजलास।
63184 बन्दकोपी/ कोबी / गोभी ना. बन्दाकोपी; बन्दागोभी।
63185 बन्दनासा ना. नाकको प्वाल थुनिएको अवस्था; थुनिएको नाक।
63186 बन्दबेपार ना. १. भइरहेको वा सप्रेको बेपार।
63187 बन्दबेपार ना. २. व्यापार।
63188 बन्दर ना. बाँदर; वानर।
63189 बन्दर ना. जहाजी घाट; बन्दरगाह।
63190 बन्दरगाह ना. पानीजहाज अडिने समुद्रकिनारको घाट; पानीजहाजको स्टेसन।
63191 बन्दर घुर्की ना. अरूलाई घुर्क्याउन एवं तर्साउनका निम्ति मात्र देखाइने धम्की देखावटी धम्की; बनावटी घुर्की।
63192 बन्दसवाल ना. वादी वा प्रतिवादीका साक्षीहरू मुद्दा परेका अड्डाबाट टाढा भएमा निजहरूले देखे - जाने - थाहा पाएको कुरा सोधनी गर्न देखिएसम्मको सवाल उतारी ती साक्षी भएका जिल्लाका अदालतलाई बकपत्र गरी पठाइदिनू भनी पठाइने सवाल लेखिएको कागज।
63193 बन्दसवाल ना. २. त्यसरी लिखित प्रश्नावली पठाई बकाएका साक्षी वा व्यक्तिको बकपत्र।
63194 बन्दा ना. १. कागत गाँसिएको ठाउँ।
63195 बन्दा ना. २. बन्दकोपी; बन्दागोभी।
63196 बन्दाकोपी/ कोबी / गोभी ना. फूलगोभीका जस्ता बाक्ला; ठुला र हरिया पात हुने; टुप्पामा कलिला र पहेंल्वा पात गुजुल्टिएर गाँठो पर्ने; तर्कारी खाइने एक जातको वनस्पति; बन्दकोपी।
63197 बन्दा ना. सेवक; दास।
63198 बन्दाबन्दी ना. १. झ्यालढोका; बाटोघाटो आदि सबै बन्द हुने काम।
63199 बन्दाबन्दी ना. वि. २. पूरा मात्रामा बन्द भएको; सबैतिर थुनिएको।
63200 बन्दारोग ना. बोटबिरुवामा लाग्ने एक प्रकारको रोग।