Dictionary

All Word

63201 बन्दी ना. स्त्री - जातिले शिरमा लगाउने एक वा अनेक हर हुने र निधारमा डाउको झुप्पो हुने एक प्रकारको सुनको गहना शिरबन्दी।
63202 बन्दी ना. नाम शब्दका पछि लागेर बन्द गरिएको; आधारमा क्रममा आदि अर्थ बुझाउने शब्द।
63203 बन्दी ना. (जस्तै- बोराबन्दी; खामबन्दी; रैबन्दी; वर्षबन्दी इ.)।
63204 बन्दी ना. १. राजाहरूको स्तुतिगान गर्ने व्यक्ति; चारण; भाट।
63205 बन्दी ना. २. भयालखानामा थुना परेको व्यक्ति; थुनुवा ; कैदी।
63206 बन्दीखान / खाना ना. थुनुवालाई राख्ने घर; झ्यालखान; कैदखाना।
63207 बन्दीखाम ना. भित्र चिठी आदि हालेर बन्द गरिएको खाम।
63208 बन्दीगृह ना. मानिस वा अन्य प्राणी आवतजावत गर्न नसक्ने गरी ठाउँ बन्दीखाना; झ्यालखान।
63209 बन्दीपुर ना. नेपालको पश्चिमाञ्चल क्षेत्रअन्तर्गत पर्ने गण्डकी अञ्चलको एक मुख्य बस्ती।
63210 बन्दी प्रत्यक्षीकरण ना. थुनामा परेका व्यक्तिलाई आवश्यक कामकारबाईका निम्ति न्यायाधीश वा अदालतका समक्ष उपस्थित गर्न दिइएको आदेश; सरोकारवालाले दिएको निवेदनका आधारमा सर्वोच्च अदालत; क्षेत्रीय अदालत आदिले थुनुवा व्यक्तिलाई कुनै निश्चित समयमा अदालतसामु प्रस्तुत गर भनी जारी गरेको आदेश।
63211 बन्दी प्रत्यक्षीकरण ना. २. व्यक्तिगत स्वतन्त्रताका अधिकारको एक महत्त्वपूर्ण प्रलेख।
63212 बन्दुक ना. गोली; बारुद आदि भरेर पड्काउने वा चलाइने एक प्रसिद्ध हतियार।
63213 बन्दुकधारी वि. बन्दुक बोक्ने (सैनिक वा सिपाही)।
63214 बन्दुके ना. १. बन्दुक पड्काउने व्यक्ति।
63215 बन्दुके ना. वि. २. बन्दुक पड्काउने।
63216 बन्देज ना. १. कुनै विशेष प्रकारको रीतिथिती; बन्दोबस्त; नियम।
63217 बन्देज ना. २. कुनै कारणबाट लागेको प्रतिबन्ध; रोकावट।
63218 बन्देज ना. ३. हैकम; तैना।
63219 बन्दोबस्त ना. कुनै विषय वा काम कारबाईको प्रबन्ध; व्यवस्था; इन्तिजाम; बरबन्दोबस्।
63220 बन्ध ना. १. बाँध्ने काम बन्धन।
63221 बन्ध ना. २. बाँध्ने वस्तु वा साधन ( डोरी; फित्ता आदि )।
63222 बन्ध ना. ३ कैद; थुना।
63223 बन्ध ना. ४. पर्खाल; जेल।
63224 बन्ध ना. ५. बाँध ( तटबन्ध आदि)।
63225 बन्ध ना. ६. कुनै काव्यकृतिको रूपगठन राम्ररी मिलाउन विशेष प्रकारको आकृति; चित्र आदि बनाउने काम (सर्गबन्ध; खड्गबन्ध; छत्रबन्ध इ.)।
63226 बन्धक वि. १. बाँध्ने; कस्ने।
63227 बन्धक वि. ना. २. डोरी; जुइनु; बन्धन।
63228 बन्धक वि. ३. बाँध।
63229 बन्धक वि. ४. रिनीले रुपियाँ पैसा सापट लिएबापत सो चुक्ता नगरुन्जेल साहुकहाँ राखेको धितो वा धरोट; बाँधा।
63230 बन्धक वि. ५. पैसा असुल्ने दृष्टिले कसैलाई थुनिराख्ने काम।
63231 बन्धककर्ता ना. आफ्नो घर, खेत आदि अचल सम्पत्ति कसैलाई बन्धकीका रूपमा दिने व्यक्ति।
63232 बन्धकी ना. देह व्यापार गरेर जीविका गर्ने आइमाई; व्यभिचारिणी स्त्री।
63233 बन्धकी ना. २. बन्ध्या स्त्री; बाँकी आइमाई।
63234 बन्धकी वि. बन्धकमा परेको; ऋण लिएबापत धितो राखिएको।
63235 बन्धकी तमसुक ना. कसैको अचल वस्तु बन्धकी राखेको प्रमाणपूर्वकको लिखित काग।
63236 बन्धन ना. मारुनी नाच नाच्नुभन्दा पहिले निर्विघ्नताका निम्ति गाइने मङ्गलगी।
63237 बन्धन ना. १. बाँध्ने काम।
63238 बन्धन ना. २. डोरी आदि बाँध्ने साधन।
63239 बन्धन ना. ३. झ्यालखान; बन्दीगृह।
63240 बन्धन ना. ४. रोकावट; प्रतिबन्ध।
63241 बन्धन ना. ५. शरीरको जोर्नी सन्धि।
63242 बन्धन ना. ६. फल; पात आदिको भेट्नु।
63243 बन्धनग्रन्थि ना. १. डोरी; पासो आदिको गाँठो।
63244 बन्धनग्रन्थि ना. २. शरीरका अवयवहरूको जोर्नी।
63245 बन्धनपाता ना. मालमत्ता राख्ने बाकस कस्ने फलामे पाता।
63246 बन्धनमुक्ति ना. कुनै नियन्त्रण वा बन्धनबाट हुने छुटकारा।
63247 बन्धनी ना. १. शरीरका अवयवहरूलाई मिलाएर बाँध्ने वा जेलेर राख्ने अवयव; नसो।
63248 बन्धनी ना. २. डोरी; जुइनु आदि बन्धन।
63249 बन्धनीय वि. १. बाँध्न योग्य; टन्काउन लायक; कस्नुपर्ने।
63250 बन्धनीय वि. ना. २. पुल; फट्के।