Dictionary

All Word

63101 बनभात ना. २ कात्तिक महिनामा विशेषतः अमलाका रुखमुनि पकाएर खाइने भा।
63102 बनमान्छे ना. १. वनको मान्छे; मानवजस्तो देखिने वानर।
63103 बनमान्छे ना. २. नर- वानरगणमध्ये एक।
63104 बनमारा ना. दुधिलाका जस्ता पात हुने; फैलिंदै जाने र फैलिंदै जाँदा ससाना झारबुटा; बालीबिरुवा आदि नाश गर्ने एक जातको बुटो; तितेार।
63105 बनमास ना. फेदतिर डल्ला र टुप्पातिर चुच्चा परेका तीनोटा संयुक्त पात हुने र कोसामा फल लाग्ने; आयुर्वेदमा शुक्रवर्द्धक तथा बलवर्द्धक भनी बताइएको एक जातको लहरो; त्यसैका गेडा; माषपर्णी।
63106 बनमुगी ना. मुगीकै जस्ता र केही ठुला पात; कोसा र फूल हुने एकजातको लहरो; त्यसैका गेडा; मुद्गपर्णी।
63107 बनमुला ना. मुलाकै जस्ता ठुला र लामा पात; लाम्चा; ठुला र प्याजी रङका फूल हुने एक जातको मुला गोठाले मुला मुला।
63108 बनमुला ना. मुला वन्ने।
63109 बनमेथी ना. पहेँलो फूल फुल्ने एक जातको जङ्गली मेथी।
63110 बनराज ना. सिंह।
63111 बनलसुन ना. लसुनका जस्तै तरवारका आकारका चार-छवटा पात हुने; गुलाफी फूल फुल्ने एक बुटी वा त्यसैको पोटी।
63112 बनसाङ्लो ना. घर- साङ्लोभन्दा ठुलो र सुर्तीको जस्तो रङ हुने एक किसिमको साङ्लो।
63113 बनसिलाम ना. जङ्गलमा पाइने एक जातको सिलाम; जङ्गली सिलाम।
63114 बनसुन्तला ना. सुन्तलाकै जस्ता अलिक साना पात र निकै साना फल हुने; सुन्तलाको जस्तो त्यति राम्ररी केसा नछुट्टिने; स्वाद पनि सुन्तला - सुन्तलाको जस्तो तर केही अमिलो हुने एक जातको जङ्गली सुन्तला।
63115 बनसुप ना. सेता फूल फुल्ने एक प्रकारको जङ्गली सुप।
63116 बनहलेदो ना. लामालामा पात हुने; तहैतह परेका राता फूल फुल्ने र अदुवाको जस्तो कन्द हुने एक जातको जङ्गली हलेदो; वनहरिद्रा।
63117 बनाइ ना. बन्ने भाव; क्रिया वा प्रक्रिया।
63118 बनाइनु क.क्रि. बन्न लगाइनु; बनिबनाउ पारिनु।
63119 बनाउनु प्रे. क्रि. १. बनिबनाउ पार्नु रचना गर्नु; निर्माण गर्नु।
63120 बनाउनु प्रे. क्रि. २. मर्मत गर्नु जीर्णोद्धार गर्नु।
63121 बनाउनु प्रे. क्रि. ३ तुल्याउनु तयार पार्नु।
63122 बनाउनु प्रे. क्रि. ४. कसैलाई सामान्य अवस्थाबाट विशेष अवस्थामा पुयाउने काम गर्नु।
63123 बनाउनु प्रे. क्रि. स.क्रि. ५. कल्पना गर्नु; अजमाउनु।
63124 बनाउनु प्रे. क्रि. ६. पद; मर्यादा; मान; स्थिति आदिमा उँभो लगाउनु; उन्नत पार्नु।
63125 बनात ना. अरू कपडाभन्दा भिन्नै किसिमको; भिन्नै बाना र बुनोट भएको; बाक्लो खालको ऊनी कपडा; बराँ।
63126 बनारस ना. काशी; वाराणसी।
63127 बनारसी वि. १. बनारसमा हुने; बन्ने वा पाइने।
63128 बनारसी वि. २. बनारससम्बन्धी; बनारसको।
63129 बनारसी सारी ना. बनारसमा तयार गरिने एक प्रकारको प्रसिद्ध सारी।
63130 बनारसी बाबु ना. सोखिन व्यक्ति।
63131 बनावट ना. १. बनाउने काम वा कला; बनोट; रचना निर्माण।
63132 बनावट ना. २. देखावटी ढाँचा; ढोंग; आडम्बर।
63133 बनावट ना. ३. बान्की; बनोट।
63134 बनावटी वि. १. कृत्रिम रूपको; देखावटी; नक्कली (चरित्र; चाल; स्वभाव इ.)।
63135 बनावटी वि. २. ढोंगी; आडम्बरी।
63136 बनावटी वि. ३. कृत्रिम रूपबाट बनाइएको (चिजबिज )।
63137 बनिबनाउ वि. १. बनेर तयार भएको राम्ररी बनिसकेको; पूर्णतः सम्पन्न भएको।
63138 बनिबनाउ वि. २. ठिकठाक पारिएको; तम्तयार भएको।
63139 बनिबनाउ वि. ना. ३. बढिबढाउ; उन्नति; प्रगति।
63140 बनियाँ ना. १. पसल थापेर बसेको व्यक्ति; पसले; व्यापारी।
63141 बनियाँ ना. २. व्यापार गर्ने एक जाति।
63142 बनियाँ ना. ३. व्यापारिक मनोवृत्ति भएको व्यक्ति।
63143 बनयाँ जाति ना. व्यापार गरेर जीवननिर्वाह गर्ने एक जाति।
63144 बनियार ना. बनी लिएर अर्काका मेलापातको काम गर्ने व्यक्ति; बनीमा काम गर्ने मानिस; खेतालो; मजदुर; जन।
63145 बनियारी ना. बनियारको काम; ज्यालादारी।
63146 बनी ना. १. सानो वन; वन।
63147 बनी ना. [ अह्नवी] २. अर्काको काम गरिदिएबापत पाइने पारिश्रमिक वा ज्याला मजदुरी।
63148 बनीबास ना. १. जङ्गलको बास; वनवास ( प्रायः कथ्य प्रयोग तथा लोकगीतमा।
63149 बनीबास ना. २. आफूसँग भएको चलअचल सम्पत्ति जुवा खेलेर वा साहु लागेर सबै रित्याएपछि बसेको ठाउँ छाडेर अन्यत्र जाने काम वा अवस्था।
63150 बनीबुतो ना. बनी लिएर गरिने काम ज्याला वा पारिश्रमिक लिने गरी गरिएको अर्काका मेलापातको काम।