Dictionary

All Word

62951 बदमास वि. ३. दुष्ट; दुश्चरित्र।
62952 बदमासी ना. १. बदमासको काम; दुष्कर्म; दुराचार।
62953 बदमासी ना. २. दुष्टता; दुर्वृत्ति; दुर्व्यसन।
62954 बदमासी ना. ३. व्यभिचार; दुश्चरित्रता।
62955 बदर वि. १. सदर वा साँचो नठहरिएको; सदर नभएको; अस्वीकृ।
62956 बदर वि. २. कानुनी रूपमा कुनै प्रभाव नभएको वा रहन मिल्न आएको।
62957 बदर वि. ३. सेस्तामा सदरको उल्टो खारिज; खारेज।
62958 बदरिका ना. गङ्गाको उद्‍गमस्थान तथा छेउछाउको क्षेत्र।
62959 बदरिका ना. २. बयरको रुख वा त्यसको फल।
62960 बदरिकाश्रम- ना. उत्तर भारतमा रहेको एक सुप्रसिद्ध हिन्दू तीर्थस्थल; चार धाममध्येको एक धाम।
62961 बदरीनाथ / बदरीनारायण ना. बदरिकाश्रम नामको तीर्।
62962 बदरीनाथ / बदरीनारायण ना. २. बदरिकाश्रममा रहेका नारायणको मूर्ति।
62963 बदल्नु स.क्रि. एक थोकका सट्टामा अर्को थोक राख्नु; साटफेर गर्नु।
62964 बदल्नु स.क्रि. २. कुनै काम एक ठाउँबाट अर्का ठाउँमा सानु; हेरफेर गर्नु; परिवर्तन गर्नु।
62965 बदल्नु स.क्रि. ३. कुनै वस्तु यताको उता र उताको यता गर्नु; अदलबदल गर्नु।
62966 बदल्नु स.क्रि. ४. उल्टाउनु।
62967 बदल ना. बदल्ने वा बदलिने काम हेरफेर; परिवर्तन (जस्तो- अदलबदल; फेरबदल )।
62968 बदल ना. २. बोतल।
62969 बदला ना. १. एक वस्तुका सट्टामा अर्को वस्तु दिने काम; बदला-बदली; सट्टाभर्ना क्षतिपूर्ति।
62970 बदला ना. २. सट्टापट्टा साटफेर।
62971 बदला ना. ३. एक वस्तुका सट्टामा लिइएको अर्को वस्तु हर्जानामा दिइएको माल वा रकम।
62972 बदला ना. ४. कसैले गरेका असल वा खराब कामका उत्तरमा अर्काले गर्ने त्यस्तै काम; प्रतिकार।
62973 बदलाइ ना. बदल्ने क्रिया वा प्रक्रिया।
62974 बदलाइनु क.क्रि. बदल्न लाइनु; बदल्ने पारिनु।
62975 बदलाउनु प्रे.क्रि. बदल्न लाउनु; बदल्ने पार्नु।
62976 बदलिँदो वि. बदलिन लागेको; बदलिनै आँटेको।
62977 बदलिनु अ.क्रि. १. अदलबदल हुनु; हेरफेर हुनु।
62978 बदलिनु अ.क्रि. २. एक थोकको अर्को थोक हुनु; साटफेर हुनु।
62979 बदलिनु अ.क्रि. ३. उल्टापाल्टी हुनु; उल्टिनु।
62980 बदलिनु अ.क्रि. ४. हेरफेर होइन।
62981 बदली ना. फिँजिएर आकाश ढाकी बसेको बादल; हुस्से; घटा; घाम नलागेको स्थिति।
62982 बदली ना. १. बदल्ने काम हेरफेर गर्ने काम; परिवर्तन।
62983 बदली ना. २. साटफेर; सट्टापट्टा।
62984 बदाम ना. १. जरामा कोसाका रूपमा फल्ने; रातो पत्रले बेरिएको; सेतो दिउला हुने एक जातको फल; चिनियाँबदाम; बदम।
62985 बदाम ना. २. आरुका बियाँका आकारको; दिउल स्वादिष्ट हुने र मसलाको रूपमा प्रयोग गरिने एक जातको फल; कागजी बदाम।
62986 बदामी ना. १. सेतो; पहेँलो; रातो र खैरो भाव मिसिएको रङ।
62987 बदामी ना. वि. २. बदामको जस्तो रङ्गको।
62988 बदामे ना. वि बदामी।
62989 बदी ना. १. चान्द्रमासमा हुने कृष्ण पक्ष।
62990 बदी ना. २. बहुल पक्ष (कृष्णपक्ष) र दिनको छोटो रूप।
62991 बदी ना. १. खराबी; कमसलपना।
62992 बदी ना. २. पाप; दुराचार।
62993 बदी ना. विप. की।
62994 बद्ध वि. १. बाँधिएको कसिएको।
62995 बद्ध वि. २. सांसारिक बन्धनमा परेको।
62996 बद्ध वि. ३. नियमित निर्धारि।
62997 बद्धकोष्ठ वि. कब्जियत भएको; कोष्ठबद्धताको रोग लागेको।
62998 बद्धपरिकर वि. कुनै काम गर्न तम्सिएको वा जुरमुराएको; कम्मर कसेको।
62999 बद्धप्रतिज्ञ वि. प्रतिज्ञा गरेको; वचनबद्ध भएको।
63000 बद्धमुष्टि वि. साहो मुठी भएको; दिन नसक्ने; लोभी।