Dictionary

All Word

62851 बताहा वि. बताउने वा बत्ताउने खालको; हावाको जोड पुयाएर जो भएको धुलोमुलो हटाइएको बताइएको (धान आदि)।
62852 बताहा वि. नचाहिँदा कुरा धेरै गर्ने; बतासे।
62853 बताही वि. नचाहिँदा कुरा गर्ने; बढ्ता कुरा गर्ने (स्त्री)।
62854 बतिया ना. बर्खामासमा सापट वा पैंचो लिएको अन्न त्यस्तो अनाजको सापटी वा पैंचो।
62855 बतिया ना. छानो उधारेको पुरानो खर; पराल आदि।
62856 बतिलो ना. १. फूल झरिनसकेको फल फूलसँगैको फल; चिचिलो।
62857 बतिलो ना. २. दुधमुखे बालक।
62858 बतुरिनु अ.क्रि. बतुरो हुनु; नचाहिँदो कुरामा गन्थनिन; फाँकि।
62859 बतुरे / बतुरो वि. धेरै कुरा गर्ने बानी भएको; कुरौटे।
62860 बतुरे / बतुरो वि. स्त्री. बरी; फतौरी।
62861 बतौर / बतौरो वि. फतौरो; धेरै कुरा गर्ने; बतुरो।
62862 बतौर / बतौरो वि. स्त्री. बतौरी।
62863 बत्ता ना. खल; सिलौटो आदिमा औषधी; मसला आदि पिं पत्थर वा फलामको साधन; लोहोरो; पिस्ता।
62864 बत्ताइ ना. बत्ताउने क्रिया वा प्रक्रिया।
62865 बत्ता क.क्रि. बत्ताउने काम गरिनु।
62866 बत्ताउनु अ.क्रि. १. हावाका साथै उडेर जानु बतासिनु।
62867 बत्ताउनु अ.क्रि. २. अत्तोपत्तो नहुनु; बेपत्ता हुनु।
62868 बत्ताउनु अ.क्रि. ३. गएका ठाउँबाट नफर्कनु गएको गयै हुनु; उताको उतै रहनु।
62869 बत्ताउनु अ.क्रि. स.क्रि. ४. हे. बताउनु२।
62870 बत्तिनु अ.क्रि. १. वेगले हाँकिन; वेगले जानु वा उड्नु।
62871 बत्तिनु अ.क्रि. २. हावा लागेर पोगटा; भुस; धुलोमुलो आदि उड्ने काम होइन।
62872 बत्तिस ना. १. तिस र दुईको योगबाट बन्ने सङ्ख्या; ३२- को अङ्क।
62873 बत्तिस ना. वि. २. तिस र दुईका योगसङ्ख्याको।
62874 बत्तिसदन्त ना. बत्तिसवटा दाँत; परिपक्वताको चिहन।
62875 बत्तिसदन्ते वि. बत्तिसवटा दाँत हुने; बोलेको कुरा पुग्ने वा पुऱ्याउने।
62876 बत्तिसपुतला वि. नानाभाँती छलछामका कुरा।
62877 बत्तिसपुतली ना. रोचक आख्यान भएको प्राचीन पुस्तक।
62878 बत्तिसपुतले वि. बत्तिसपुतला जोड्ने।
62879 बत्तिसमुजा ना. उमेर; बल वा श्रमले अनुहार चाउरिएको स्थिति।
62880 बत्तिस लक्षण ना. विशिष्ट व्यक्तिहरूका शरीर तथा स्वभावमा हुने भनी प्रसिद्ध बत्तिसवटा शुभ लक्षण।
62881 बत्तिस लक्षण ना. (१) पद्मासनमा बस्ता वृत्ताकार आसन हुनु।
62882 बत्तिस लक्षण ना. (२) औँला लामालामा हुनु।
62883 बत्तिस लक्षण ना. (३) औंलाका कापमा छाला विशेष बढ़ता र औंला जोड्दा टम्म मिल्ने हुनु।
62884 बत्तिस लक्षण ना. (४) छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तो श्री हुनु।
62885 बत्तिस लक्षण ना. (५) सात प्रकारले शरीर सुवासित हुनु।
62886 बत्तिस लक्षण ना. (६) हरिणका जस्ता फिला हुनु।
62887 बत्तिस लक्षण ना. (७) गुप्ताङ्गहरू हात्तीका अण्डकोष जस्तै गुप्त रहनु।
62888 बत्तिस लक्षण ना. (८) शरीरको माथिल्लो भाग सिंहको जस्तै सलक्क परेको हुनु।
62889 बत्तिस लक्षण ना. (९) शरीरका विभिन्न अङ्ग सुगठित रहनु।
62890 बत्तिस लक्षण ना. १०) काँध पुष्ट, चौडा र गोल हुनु।
62891 बत्तिस लक्षण ना. (११) पाखुरा राम्ररी फर्कने र तलसम्म पुग्ने हुनु।
62892 बत्तिस लक्षण ना. ( १२ ) पाखुरा लामा हुनु।
62893 बत्तिस लक्षण ना. (१३) सम्पूर्ण शरीर तेजोमय वृत्तले युक्त हुनु।
62894 बत्तिस लक्षण ना. (१४) शङ्खसमान घाँटी हुनु।
62895 बत्तिस लक्षण ना. (१५) सोझो र सिंहको जस्तो चिउँडो हुनु।
62896 बत्तिस लक्षण ना. (१६) बत्तिस दाँत हुनु।
62897 बत्तिस लक्षण ना. (१७) उज्ज्वल र छिद्र नभएका दन्तपङ्क्ति हुनु।
62898 बत्तिस लक्षण ना. (१८) स्वच्छ र परस्परमा मिलेका दाँत हुनु।
62899 बत्तिस लक्षण ना. (१९) बङ्गरा स्वच्छ र सुन्दर हुनु (२०) जिब्रो लामो हुनु।
62900 बत्तिस लक्षण ना. (२१) विभिन्न सूक्ष्मातिसूक्ष्म स्वाद लिने शक्ति हुनु।