Dictionary

All Word

62701 बट्टाई ना. भँगेरोभन्दा सेख ठुलो र केही डल्लो खालको तित्राका रङको; पुच्छर छोटो भएको; खेतका आलीतिर दुलादुलीमा गुँड लगाएर बस्ने एक जातको चरो।
62702 बट्नेउटो / बट्न्यौटो ना. तोसामा लगाएका बाबियो पाट आदिको पोया उठाउने काठको साधन।
62703 बठौरो वि हे. बठचौरो।
62704 बठ्याइँ ना. १. बाठो हुनाको भाव वा अवस्था; बाठोपन; चलाकी।
62705 बठ्याइँ ना. २. बाठो बन्न चाहिने बुद्धि वा चातुर्य।
62706 बठ्याइँ ना. ३. चालबाजी।
62707 बठयौरो वि अति बाठो (बालबालिका); बठौरो।
62708 बड्कुँलो ना. हे. बड्कलो।
62709 बड क्रि.वि. साना केटाकेटीलाई गाली गर्दा वा हप्काउँदा भनिने शब्द।
62710 बड वि बढ।
62711 बड वि २. बडो।
62712 बड वि ३ बन्धकी खाएका जमिनमा समय-समयमा थपिदिने (मूलधन )।
62713 बड घर ना. जेठरैती; अर्काको बाँझो जग्गा पहिलोपल्ट आबाद गर्ने रैती।
62714 बड धयेँरो ना. लाम्चा र ठुला पात; सेता फूल र भन्टाका आकारको तर निकै साना फल फल्ने एक जातको रुख; सोही रुखको फल।
62715 बडप्पन ना. १. ठुलो र श्रेष्ठ बन्ने स्वभाव; ठुल्याइँ।
62716 बडप्पन ना. २. महत्त्व; गौरव।
62717 बडबड ना. बरबर; बकबक।
62718 बडबडाइ ना. बडबडाउने क्रिया वा प्रक्रिया।
62719 बडबडाइनु अ.क्रि. बरबराइनु।
62720 बडबडाउनु अ.क्रि. बडबड गर्नु; बरबराउनु।
62721 बडबडाहट- ना. बडबडाउने स्थिति; क्रिया वा प्रक्रिया; बरबराहट।
62722 बडबडाहा वि. बडबड गर्ने; बरबराहा।
62723 बडबडिनु अ. क्रि. बडबड गर्ने होइन; बरबरिनु।
62724 बडबडे वि. बडबड गर्ने; बरबरे।
62725 बडबिहीँ ना. ठुला र लाम्चा पात हुने; सेता फूल फुल्ने र झुप्पादार हरिया फल फल्ने एक जातको बोट; त्यसैको फल।
62726 बडवाग्नि ना. समुद्रभित्र चट्टानमा रहने आगो; वडवानल।
62727 बडहर ना. ठुला र खस्रा पात हुने; नास्पातीका आकारको फल फल्ने र पाक्ता पहेँलो रङको हुने; सलिफाका जस्ता बियाँमा टाँसिएको गुदी हुने र खाँदा अमिलो र गुलियो मिसिएको स्वाद हुने; गाईबस्तुले मन पराएर स्याउला खाने एक जातको रुख।
62728 बडहर ना. २. त्यसैको फल।
62729 बडा वि. सबैमा ठुला श्रेष्ठा।
62730 बडाकटुस ना. पन्ध्रदेखि अठार फुटसम्म अग्लो रुख हुने; पात सब्ल्याँटापट्टि चिल्लो र बिब्ल्याँटापट्टि खस्रो हुने; घोगोजस्तो झुप्पो भएर फुल्ने र त्यसैमा फल लाग्ने एक जातको रुख त्यसैका गेडा।
62731 बडाकाजी ना. नेपाल सरकारको पुरानो सर्वोच्च निजामती दर्जा वा त्यसै दर्जामा रहेका व्यक्ति; सबैभन्दा ठुला काजी।
62732 बडा गुरुज्यू ना. प्रमुख गुरुका पदमा प्रतिष्ठित व्यक्ति; मुख्य राजगुरु।
62733 बडादमी ना. १. ठुलो प्रतिष्ठा तथा मानमर्यादा भएको व्यक्ति।
62734 बडादमी ना. २. भलादमी; भद्र मानिस।
62735 बडा दसैँ ना. आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई कोजाग्रत पूर्णिमासम्म रहने नेपालीहरूको प्रमुख राष्ट्रिय चाड।
62736 बड़ा पत्र ना. १. राजाबाट कसैलाई भएको हुकुमको ठाडो कागत सर्वोपरि राजाज्ञा।
62737 बड़ा पत्र ना. २. कुनै अत्यन्त उच्च व्यक्ति वा सङ्गठनद्वारा दिइएको विशेष महत्त्वपूर्ण आज्ञा वा निर्णयको पत्र।
62738 बड़ा पत्र ना. ३. संयुक्त राष्ट्रसङ्घको घोषणापत्र।
62739 बाबा / बाबु ना. बाबुका दाजु; जेठाबा।
62740 बडामहाराज ना. श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहलाई बुझाउने; बाइसी चौबिसी राज्यअन्तर्गतका धेरै राजा-रजौटा र महाराजलाई बल र बुद्धिमा जितेकाले 'बडा' पदवी थपिएको विशेष आदरसूचक शब्द।
62741 बडामहाराजाधिराज ना. बडामहाराज; श्री ५ पृथ्वीनारायण शाह।
62742 बडामहारानी ना. १. श्री ५ महाराजाधिराजकी पटमहारानी।
62743 बडामहारानी ना. २. महाराजाधिराजकी मुख्य महारानी।
62744 बडाहाकिम ना. राणा शासनका समयमा र त्यसपछि पनि केही समय जिल्लाको सर्वोच्च प्रशासक; जिल्लाको सर्वोच्च निजामती अधिकारी (हाल प्रमुख जिल्ला अधिकारी)।
62745 बडिस ना. स्वास्नीमानिसले छातीमा लगाउने स्तनकस चोली; अङ्गिया; कञ्चुक।
62746 बडी वि. बडो' को स्त्री रूप ठुली।
62747 बडीआमा ना. बाबुकी भाउजू ठुली आमा।
62748 बडीगार्ड ना. अङ्गरक्षक।
62749 बडेमा / बडेमान वि. अति ठुलो; बडोमा।
62750 बडेर ना. बेतलौरीका जस्ता पात; राता फूल र खैरो कन्द हुने एक बुटी वा त्यसैको कालो फल बढेर।