Dictionary

All Word

62601 बजिनी ना. १. बजियाको स्त्री - रूप; कमारी दासी।
62602 बजिनी ना. २. स्वास्नीमानिसलाई गाली गरिने शब्द।
62603 बजिनु अ.क्रि. घण्ट; बाजा आदिबाट शब्द निस्किनु; शङ्ख; नरसिङ्गा आदि घन्किनु।
62604 बजिया ना. १. घरको सानोतिनो काम गर्न र सेवाटहलका निम्ति राखिएको मानिस २. लोग्नेमान्छेलाई निन्दापूर्वक भनिने शब्द।
62605 बजिया ना. कमारो; दास।
62606 बजिर ना. १. तास; बुद्धिचाल; गन्जिफा आ बादशाहभन्दा तलको चक्की वा गोटी; मिम वा मिस्सी।
62607 बजिर ना. २. अमात्य; मन्त्री; सचिव।
62608 बजू ना. बाबुकी अथवा आमाकी आमा; हजुरआमा; बज्यू।
62609 बजे क्रि.वि. घडीको कुनै निश्चित समयमा घडीमा बज्दा बजेपछि।
62610 बजेट ना. आगामी समयका कामका निम्ति भिन्न- भिन्न विभाग वा कार्यका लागि अन्जाम गरिएको आय-व्ययको लेखा; भविष्यमा हुने आय-व्ययको अनुमानित लेखा; आय - व्ययक।
62611 बजेवा ना. हरियो घाँटी; अकासे रङको डाढ र पुच्छर तथा पखेटा खैरो हुने; एक जातको जङ्गली परेवा।
62612 बजै ना. हे. बज्यै।
62613 बज्यू ना. बज्यै; बज्यैको आदरार्थी शब्द।
62614 बज्यू ना. मगर जातिका कुलदेउता।
62615 बज्यै ना. १. आमा वा बाबुकी आमा; मातामही वा पितामही बजै।
62616 बज्यै ना. २. पतिकी वा पत्नीकी आमा; सासू।
62617 बज्यै ना. ३. बाहुनी तथा पाकी आइमाईलाई प्रयोग गरिने आदरसूचक शब्द।
62618 बज्यै ना. ४. भान्से बाहुनीलाई भनिने शब्द।
62619 बज्र ना. १. इन्द्रको प्रमुख अस्त्र; कुलिश; पवि।
62620 बज्र ना. २. बादल र हावाको घर्षणबाट निस्कने शब्द; चट्याङ; चट्को।
62621 बज्र ना. ३. चुना र सुर्वी घोलेर बनाइएको लेदो।
62622 बज्र ना. ४. हीरा काट्ने हतियार वा ज्याबल।
62623 बज्र ना. ५. ज्यादै कठोर वा साहो वस्तु।
62624 बज्र ना. वि. ६. नचल्ने; नछटपटाउने र डेग नचल्ने।
62625 बज्र ठिङ्गा ना. दन्त्यकथाको त्यस्तो ठिंगा (लाठो); जसले आफ्नो स्वामीको आदेशअनुसार विपक्षीलाई तह लगाई काम फत्ते गर्दथ्यो।
62626 बज्रठिङ्गो वि वरको पर नसर्ने; डेग नचल्ने।
62627 बज्रदन्ती ना. १. एउटा ठुलो र अरू ससाना पातहरू मिलेको तथा किनारमा दाँती परेको संयुक्त पात हुने; पहेँलो वा सुन्तले रङको फूल फुल्ने एक प्रकारको बुटी; मौलसिरी।
62628 बज्रदन्ती ना. ना. २. दन्तमञ्जन।
62629 बज्रनु अ.क्रि. कुनै वस्तु जमिन वा अर्को खानु; बेसरी ठोकिनु वा पछारिनु; बजारिनु।
62630 बज्रनु अ.क्रि. वस्तुमा जोडसित ठक्कर।
62631 बज्रपात ना. १. बज्र वा चट्याङ खस्ने काम।
62632 बज्रपात ना. २. थाम्नै नसकिने गरी आइपरेको ठुलो विपत्ति।
62633 बज्रलेप ना. १. भित्ता; पर्खाल आदिमा लाउन चुन; सुर्की आदि मिलाएर बनाइएको लेदो पदार्।
62634 बज्रलेप ना. २. मूर्ति; शिलालेख आदिमा लगाइने एक प्रकारको कडा पालिस।
62635 बज्रलेप ना. वि. ३. साह्रै बलियो; हिलो।
62636 बज्रलेप ना. ४. निश्चित; पक्कापक्की।
62637 बज्रस्वाँठ वि बज्र झैं साहो चित्तको; महामूर्ख; पटमूर्ख।
62638 बज्राँठ ना. ज्यादै साहो काठ हुने एक जातको लेकाली रुख; वज्रमी।
62639 बज्राइ ना. बज्रने क्रिया वा प्रक्रिया।
62640 बज्राइनु क.क्रि. बज्र पारिनु; बज्रन लगाइनु।
62641 बज्राउनु प्रे. क्रि. बने पार्नु; बज्रन लाउनु।
62642 बझाइ ना. बाभने भाव; क्रिया वा प्रक्रिया।
62643 बझाइ ना. [ बझाउ + आइ] २ बझाउने भाव; क्रिया वा प्रक्रिया।
62644 बझाइनु क.क्रि. बाभन लाइनु बाझो गराइनु।
62645 बझाउनु प्रे. क्र. / स.क्रि. राय वा मतो नमिल्ने पार्नु; बाने तुल्याउनु; बाझो पार्नु।
62646 बझाउनु प्रे. क्र. / स.क्रि. २. जोल्ट्याउनु; फसाउनु।
62647 बझाङ ना. सेती अञ्चलमा रहेको एक पहाडी जिल्ला।
62648 बझाङ ना. २. पश्चिम नेपालको बाइसे राज्यमध्येको एक प्राचीन राज्य।
62649 बकुवा वि बाभने स्वभावको; बाभने प्रकृतिको झगडालु।
62650 बकुवा वि स्त्री. बझुवी।