Dictionary

All Word

62651 बौटी ना. परस्परमा वा धेरै जना एकै खेप बाने काम; मुख छाडाछाड; बाझाबाझ; भनाभन।
62652 बौटे वि बाभने खालको; बभुवा।
62653 बझौटो ना. बाझाबाझ सम्बन्धी विषय विषय।
62654 बटन ना. १. बिजुलीको करेन्ट खोल्ने र बन्द गर्ने स्विचमा जडिएको साधन।
62655 बटन ना. २. टाँक।
62656 बटन ना. ३. पाइन्टको गोलीगाँठानेर पर्ने भाग पाइन्टको पिँध; मोहता।
62657 बटाँ ना. कुना वा सतह मिलाएर नाप्ने काठ; फलाम आदिको एककुने ९०० को कोण भएको साधन; बटान।
62658 बटाइ ना. बाट्ने वा बाटिने क्रिया वा प्रक्रिया।
62659 बटान ना. बाट्ने काम; बटाइ।
62660 बटान ना. हे. बटाँ।
62661 बटार्नु स.क्रि. १. कुनै वस्तुलाई घुमाई घुमाई मर्काउनु; निमोठ्नु; बाट्नु।
62662 बटार्नु स.क्रि. २. कसार; लड्डु आदि क डल्लो पार्नु; बाटुलो बनाउनु।
62663 बटार्नु स.क्रि. 3. टेढो पार्नु; बाङ्गो पार्नु।
62664 बटार्नु स.क्रि. ४. मर्काउनु; कर्काउनु।
62665 बटारबुटुर ना. बटार्नेवर्ने काम।
62666 बटाराइ ना. बटार्ने क्रिया वा प्रक्रिया।
62667 बटारिनु क. क्रि. १. बटार्ने काम गरिनु; बाटिनु।
62668 बटारिनु क. क्रि. अ.क्रि. २. टेढो हुनु; बाङ्गिनु।
62669 बटारिनु क. क्रि. ३. घमन्डले मात्तिनु बाउँठिनु; बिंगठिनु।
62670 बटालियन ना. कम्पनीभन्दा ठुलो र रेजिमेन्टभन्दा सानो खालको पैदल सेनाको एक विभाग ; गण।
62671 बटी ना. गोली; बरी।
62672 बटुक ना. ब्रह्मचारी; साना विद्यार्थी।
62673 बटुका बटुकी ना. साना-ठुला बटुकाहरूको समूह।
62674 बटुकी ना. सानो खालको बटुको कचौरी।
62675 बटुको ना. वृत्ताकार घेरो र मुख भएको कचौरो।
62676 बटुल्नु स.क्रि. १. छरिएका वस्तुहरू एक-एक गरेर भेला गर्नु; एकत्रित पार्नु समेट्नु।
62677 बटुल्नु स.क्रि. २. कुनै वस्तु वा व्यक्तिलाई खोजी-खोजी जम्मा गर्नु।
62678 बटुल्नु स.क्रि. ३. थुप्याउनु; सङ्ग्रह गर्नु।
62679 बटुल्नु स.क्रि. ४. ल्याउनु।
62680 बटुलबाटुल ना. बटुल्ने र जम्मा गर्ने काम; सोहोरसाहर।
62681 बटुलाइ ना. बटुल्ने क्रिया वा प्रक्रिया।
62682 बटुलिनु क.क्रि. बटुल्ने काम गरिनु; जम्मा पारिनुः।
62683 बटुलो ना. १. छरिएका वस्तुहरू जम्मा गर्ने काम।
62684 बटुलो ना. २. भेला; एकत्रीकरण।
62685 बटुवा ना. बाटो हिँड्ने मानिस; पथिक; यात्री।
62686 बटुवा ना. भित्र खण्ड-खण्ड भएको; वृत्ताकार वा बाटुलो आकारको एक प्रकारको थैलो।
62687 बटुवा वि १. बाटेको; बाटिएको।
62688 बटुवा वि २. बाट्नका निम्ति ठिक पारिएको (डोरी आदि)।
62689 बटुवा धूप ना. कागतका टुक्रामा सुगन्धित द्रव्य हालेर बटारिएको घरेलु धूप; बाटेको धूप।
62690 बटुवारे वि पथिक; बटुवा।
62691 बटे ना. कचौरा; बटुको।
62692 बटेरु ना. बटुवारे; बटुवा।
62693 बटेर्नु ना. दाम्लो; डोरी आदि बाट्दा पोया बेर्ने सानो लट्ठी; बट्न्योटो।
62694 बटैया ना. मोहीले कमाएको जग्गामा उब्जिएको बालीनाली जग्गाधनी र मोहीको बिचमा बाँडेर लिने काम वा प्रथा; अधियाँ।
62695 बटौली ना. बुटौल; वुटवल; तिनाउछेउको ठाउँ।
62696 बट्टा ना. १. एक देशका रुपियाँ; पैसा; नोट आदि अर्को देशका रुपियाँ; पैसा; नोट आदिसँग साट्दा लाग्ने दस्तुर।
62697 बट्टा ना. २. कुनै मालसामान साटफेर गर्दा त्यसको मूल्यबाट काटेर लिइने रकम।
62698 बट्टा ना. ३. कुनै कार्य वा बन्दव्यापार आदिबाट हुने घाटा; नोक्सान।
62699 बट्टा ना. ४. दाग।
62700 बट्टा ना. केही चिजबिज राख्न हुने काठ; टिन आदिको बिर्को भएको भाँडो; डिब्बा।