Dictionary

All Word

62751 बडे ना. कपुर-कपुर बास्ना आउने तरकारी खान हुने जङ्गली झार।
62752 बडै क्रि.वि. धेरै मात्रामा; चाहेजति मनाक।
62753 बडो वि. १. निकै ठुलो; विशाल।
62754 बडो वि. क्रि.वि. २. खुब अति।
62755 बडो वि. ना. ३. कसैलाई उपेक्षापूर्वक हप्काउने किसिम।
62756 बडो वि. ४. भलादमी; भद्र मानिस।
62757 बडोमा वि. साह्रै ठुलो अजङको विशाल।
62758 बड्कुलो ना. बड्कलो; बकौलो।
62759 बड्कुम्ल्याइ ना. बड्कुम्ल्याउने क्रिया वा प्रक्रिया।
62760 बड्कुम्ल्याइनु क.क्रि. बड्कौंल्याइनु।
62761 बड्कुम्ल्याइनु स.क्रि. बड्कौंल्याइनु।
62762 बड्कुम्ल्याउनु स.क्रि बाखा आदिले जुत्याउनु; बकुम्ला पार्नु।
62763 बड्कौँलो ना. भेडा बाखाको; मसिना गोली परेको बिष्ठा; बकुम्लो; बड्कुलो।
62764 बड्कौल्याइ ना. बड्कौंल्याउने क्रिया वा प्रक्रिया।
62765 बड्कौल्याइनु क.क्रि. बकौला निकालिनु; बड्कुम्ल्याइनु।
62766 बड्कौल्याउनु स.क्रि खसी; बाखा आदिले बड्कौला झार्नु; बड्कौंला निकाल्नु।
62767 बड्कौल्याउनु स.क्रि परिमाण।
62768 बढ्नु अ. क्रि. १. कुनै वस्तुको आकार; आयतन; आदि पहिलेको भन्दा बढ्ता हुनु; वृद्धि हुनु।
62769 बढ्नु अ. क्रि. २. गणना; नापतौल आदिमा अधिक हुनु।
62770 बढ्नु अ. क्रि. ३. मूल्य; अधिकार; योग्यता; सामर्थ्य आ वृद्धि हुनु।
62771 बढ्नु अ. क्रि. ४. धेरै स्थान ढाक्ने वा ओगट्ने हुनु।
62772 बढ्नु अ. क्रि. ५. मदमत्त हुनु उन्मत्त हुनु; मात्तिनु टुप्पिनु।
62773 बढ्नु अ. क्रि. ६. अगि सर्नु; लम्कनु।
62774 बढ्नु अ. क्रि. ७. सङ्ग्रालि; फैलन; फिंजिनु।
62775 बढ्नु अ. क्रि. ८ झाँगिनु; गाँजिन; मौलाउनु।
62776 बढ्नु अ. क्रि. C. फुल्न सुनिनु।
62777 बढ वि. १. आवश्यकताभन्दा थप वा भएको भन्दा बढी बढी बढ्ता।
62778 बढ वि. २. बढेको; धेरै।
62779 बढकरार ना. सरकारी वा गैरसरकारी कार्यसम्पादनका निम्ति लिइने ठेक्कापट्टा; तिरो आदिमा बढी तिर्ने प्रतिज्ञा वा सम्बन्ध।
62780 बढबन्धकी ना. १. बन्धकी जग्गा लिएबापत बिच-बिचमा थपौती गरिएको रिन।
62781 बढबन्धकी ना. २. भोगबन्धकी दिएकोमा यति समयसम्म निखन्ने छैन भन्ने सर्त राखी लेखिएको लिख।
62782 बढवा ना. १. कुनै वस्तु थोरैबाट धेरै हुने प्रक्रिया।
62783 बढवा ना. २. कसैलाई सर्काएर वा फुर्काएर माथि पुऱ्याउने काम।
62784 बढाइँ ना. १. सामूहिक रूपबाट तोप; बन्दुक आदि पड्काएर हर्षोल्लास मनाउने काम।
62785 बढाइँ ना. २. त्यस्तो हर्षोल्लासको उत्सव (हर्ष बढाइँ; लहरे बढाइँ; एकट्ठा बढाइँ )।
62786 बढाइनुु क.क्रि. बढ्ने पारिनु; बढ्न लाइनु; वृद्धि गराइनु।
62787 बढाइनु ना. थोरैबाट धेरै हुने प्रक्रिया; वृद्धि; विस्तार।
62788 बढाउ ना. थोरैबाट धेरै हुने प्रक्रिया; वृद्धि; विस्तार।
62789 बढाउनु प्रे. क्रि. बढ्ने पार्नु; बढ्न लाउनु; विस्तार वा वृद्धि गराउनु।
62790 बढाबढ ना. १. कुनै ठेक्कापट्टा आदिमा परस्परमा बढी ठेक्का दिन कबुल गर्ने काम।
62791 बढाबढ ना. २. धमाधम बढ्ने काम।
62792 बढाबढी ना. कुचाले वा झाडुले धुलोमुलो; कसिङ्गर आदि साफ गर्नु; खरेटो आदिले फोहोरमैला फ्याँक्ने काम गर्नु।
62793 बढार्नु स.क्रि. कुचाले वा झाडुले धुलोमुलो; कसिङ्गर आदि साफ गर्नु; खरेटो आदिले फोहोरमैला फ्याँक्ने काम गर्नु।
62794 बढारकुँढार- ना. धुलोमुलो; कसिङ्गर आदि कुचो वा भाइले सफा गर्ने काम बढार्ने काम।
62795 बढराइ ना. बढार्ने क्रिया वा प्रक्रिया।
62796 बढारिनु क.क्रि. बढार्ने काम गरिनु; कुचो लगाइनु।
62797 बढारु वि. १. कुचो लगाउने काम बढार्ने काम।
62798 बढारु वि. २. बढार्ने वस्तु कुचो।
62799 बढालु वि. १. बढ्ने जात वा अवस्थाको बढ्ने खालको; बढारु।
62800 बढालु वि. २. ठुलो भएको; सग्लाएको; सप्रेको।