Dictionary

All Word

62901 बत्तिस लक्षण ना. (२२) भँगेराको जस्तो स्वर हुनु।
62902 बत्तिस लक्षण ना. (२३) ब्रह्माको जस्तो मौलिक र ज्ञानपूर्ण वाणी हुनु।
62903 बत्तिस लक्षण ना. (२४) आँखीभौँ साँढेका जस्ता र नीलकमलका रङका हुनु।
62904 बत्तिस लक्षण ना. (२५) दुई आँखीभौँका बिच कोमल रोमरेखा हुनु।
62905 बत्तिस लक्षण ना. (२६) पगरीजस्तो मिलेको र राम्रो कपाल हुनु।
62906 बत्तिस लक्षण ना. (२७) शुद्ध सुनजस्तो प्रदीप्त शरीर हुनु।
62907 बत्तिस लक्षण ना. (२८) प्रबल व्यक्तित्व हुनु।
62908 बत्तिस लक्षण ना. (२९) शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौं हुनु।
62909 बत्तिस लक्षण ना. (३०) नीलमणिजस्तो कालो र टल्कने केश हुनु।
62910 बत्तिस लक्षण ना. (३१) न्यग्रोध परिमण्डल हुनु र (३२) विष्णुको जस्तो दृढ स्वभाव हुनु ]।
62911 बत्तिस लच्छिन ना. बत्तिस - लक्षण।
62912 बत्तिसा ना. १. बत्तिस प्रकारका जडीबुटी; मसला आदि मिलाएर बनाइएको; सुत्केरीलाई खुवाइने एक पौष्टिक औषधी।
62913 बत्तिसा ना. वि. २. धेरै किसिमका कुरा गर्न जान्ने; छत्तीसा; बित्पाते।
62914 बत्तिसी ना. बत्तिसवटा वस्तुको समूह; जस्तो- सिंहासन बत्तीसी (एक पुस्तकको नाउँ )।
62915 बत्तिसे वि. १. बत्तिस वर्षको उमेर भएको।
62916 बत्तिसे वि. २. बत्तिस दन्त हुने ३. बत्तिस लच्छिनले युक्।
62917 बत्तिसे वि. ४. बत्तिसपुतले।
62918 बत्तिसौँ वि. गणनाका क्रमले बत्तिस सङ्ख्यामा परेको; बत्तिसचाहिँ सङ्ख्याको।
62919 बत्ती ना. १. घिउ तेलमा भिजाएर बाल्नका निम्ति पिउरी कातेर वा धागो दोब्याएर बनाइएको सलेदो।
62920 बत्ती ना. २. लालटिन; लम्फा; कुपी आदिको सलेदो वा फित्ता।
62921 बत्ती ना. ३. दियो; दीप।
62922 बत्ती ना. ४. चिराक; मसाल।
62923 बत्ती ना. ५. बिजुली; मैनबत्ती; लालटिन आदि प्रकाश उत्पन्न गर्ने साधन।
62924 बत्ती ना. ६. बाँस फोरेर बनाइएको पातलो चिरो; भाटो (मैथि.)।
62925 बत्तीचिरा ना. चिरफारका काममा प्रयोग गरिने ज्यादै पातलो एक जातको कपडा।
62926 बत्तीस ना. हे. बत्तिस।
62927 बत्तीसा ना. हे. बत्तिसा।
62928 बत्तीसी ना. हे. बत्तिसी।
62929 बत्तीसे वि. हे. बत्तिसे।
62930 बत्तीसौं वि. हे. बत्तिसौँ।
62931 बत्तु ना. धागामा बेरिएको सुन; चाँदी आदिको मसिनो तर; धागामा बेरिएको एक किसिमको जरी।
62932 बथन ना. थेगो रहनी।
62933 बान्नु अ.क्र. पर्खेर बस्नु; ढुक्नु; प्रतीक्षा गर्नु।
62934 बान्नु अ.क्र. २. बथानमा मिलेर जानका निम्ति पर्खनु साथी कुर्नु।
62935 बथान ना. पशु वा पक्षीहरूको समूह; हाँच; बगाल; फौज।
62936 बथानाइ ना. बथान्ने क्रिया वा प्रक्रिया।
62937 बथानिनु अ.क्रि. पर्खेर बसिनु; प्रतीक्षा गरिनु; बथान्ने काम गरिनु।
62938 बथुवा ना. बेथेको साग।
62939 बथ्याहा वि. बाथको रोग भएको; वात रोगले पीडि।
62940 बद ना. १. खराब।
62941 बद ना. २. कुनै शब्दका अगाडि लागेर खराबी वा भ्रष्टताको अर्थ बुझाउने एक विशेषणवाची शब्द (जस्तै- बदचलन; बदमास; बदनाम इ. )।
62942 बदख्वाइँ/ख्वाही ना. अर्काको निन्दा वा अहित हुने कुरा; बदनामी; चियोचर्चो।
62943 बदचलन वि. खराब चालचलन वा आचरण भएको; दुराचारी; दुश्चरित्र।
62944 बदनाम वि. सबैद्वारा ललकारिएको वा निन्दा गरिएको; कुख्या।
62945 बदनामी ना. बदख्वाइँ; निन्दा; अपर्कीर्ति; कुख्याति।
62946 बदनियत वि. १. नियत खराब भएको; स्वार्थ तथा नीच विचारबाट अरुलाई धोका दिने वा बहकाउने मनसाय भएको; बेइमान धोकेबाज।
62947 बदनियत वि. २. जानाजानी कर्तव्य वा करारसम्बन्धी दायित्व पूरा नगर्ने; दुराचारी; दुष्ट।
62948 बदनियती ना. बदनियत हुनाको भाव वा अवस्था; बेइमानी; धोकेबाजी।
62949 बदमास वि. १. खराब कामबाट जीवननिर्वाह गर्ने; दुष्कर्मी।
62950 बदमास वि. २. ख़राब चाल-चलन वा आचारविचारको; दुराचारी।