Dictionary

All Word

63051 बनगधा ना. बनमा हुने; राघेपाटे रङको एक जातको गधा।
63052 बनगजुवा वि. कसैलाई नटेर्ने; साँढा।
63053 बनगहत ना. गहतकै छाँटका पात हुने; हरियो लामो धोगे झारको जस्तो फूल फुल्ने; झुप्पादार कोसा फल्ने एक जातको लहरो; सोही कोसाभित्रको गेडा वा अन्न।
63054 बनगुइँठा ना. वनमा गाईले गोब्याएर सुकेको गोबर; पकला।
63055 बनगोभी ना. गाईजिभ्रे झार।
63056 बन गोस्वारा ना. राणाकालीन समयमा खडा गरिएको; नेपालको वनजङ्गलसम्बन्धी काम - कुरो गर्ने वा हेर्ने अड्डा।
63057 बनघाले ना. बेसारका जस्ता ठुला पात हुने; हरिया घोगामा फूल फुल्ने एक जातको बोट वा त्यसैको जरामा फल्ने कन्द।
63058 बनचम्सुर ना. जङ्गलमा वा सिमसारमा हुने एक खालको चम्सुर; जङ्गली चम्सुर।
63059 बनचरी ना. १. वनको चरो; वनचरोको सानो रूप।
63060 बनचरी ना. २. गाउँघरमा बस्ने सिधा मानिस।
63061 बनचरुवा ना. १. बनमा चर्ने पशु वि. २. बनमा चर्ने।
63062 बनचरुवा ना. ३. बन-बन डुलेर हिँड्ने।
63063 बनचरुवा ना. ४. बनमा घाँसपात; दाउरा आदि ल्याउने काममा जाने (व्यक्ति)।
63064 बनचुवा ना. लामालामा पात हुने; वस्तुलाई घाँस खुवाइने एक जातको चुवा।
63065 बनजाँच- ना. बनसम्बन्धी काम गर्ने अड्डा।
63066 बनजाँचे ना. बनको रेखदेख गर्ने कर्मचारी।
63067 बनजिरो ना. जङ्गली जिरो।
63068 बनझाँक्री ना. १. हिमाली भेकमा रहने; ठुला मनुष्यका आकारको हुने एक प्रसिद्ध प्राणी।
63069 बनझाँक्री ना. २. यती; हिममानव।
63070 बनझाँक्री ना. ३ जङ्गलभित्रका खोल्साखाल्सीमा डुली हिँड्ने प्राणी।
63071 बनझाँक्री ना. (यसले खोट नलागेका मान्छेलाई सुटुक्क लगेर झाँक्री विद्या सिकाएर केही दिनमा फेरि आफ्नै ठाउँमा ल्याइदिन्छ भन्ने लोकविश्वास छ )।
63072 बनझाँक्री ना. ४. धामीले देउता बस्ता सेउलीका रूपमा व्यवहार गर्ने मसलाका जस्ता तर काला - काला पात हुने एक जातको रुख।
63073 बनटारी ना. खजुरको बोटजस्तो सलक्क अग्लो; लामालामा हरिया पात हुने; सल्लाका रुखमा झैं गुच्छादार फूल फुल्ने र फल लाग्ने शोभा वृक्ष।
63074 बनडढेलो ना. बनमा लागेको डढेलो वा आगो।
63075 बनडुन्डु ना. प्याजी रङगो फूल फुल्ने जङ्गली डुन्डु साग।
63076 बनढाडे ना. बन पसेको ढाडे वा भाले बिरालो; घरको बिरालोभन्दा ठुलो र डरलाग्दो बिरालो।
63077 बनतरुल ना. घरतरुलकै जस्ता तर साना तथा पानका आकारका पात हुने; सेतो; खैरो; रातो आदि कन्द हुने एक जातको तरुल।
63078 बनतोरियाँ- ना. १. बाटुला किसिमका पात; पहेँलो फूल र भुसे करेलाका जस्ता फल हुने एक जातको लहरो।
63079 बनतोरियाँ- ना. २. त्यसैको फल; बनघिरौंला।
63080 बनधान्य ना. जङ्गली अन्न।
63081 बनदुधे ना. मुलाका छाँटका ससाना पात हुने टुप्पामा सिउरजस्तो भएर पहेँला फूल फुल्ने एक जातको बुटी।
63082 बनदेउ / द्यौ ना. वनदेवता।
63083 बननालु ना. ठाडा रौं भएको; पाँचसात कुना परेका लामा भेट्ना हुने; कपासको जस्तो पात भएको; पहेँला ठुला फूल हुने एक जातको बलियो बोट।
63084 बननुनढिकी ना. बढ़ता नुनिलो हुने एक जातको भार।
63085 बनपवै ना. एक जातको जङ्गली पवै वनउपोदकी।
63086 बनपाला ना. बन-बनमा गोठ राखेर पालिने गरिएको भेडाको एक जा।
63087 बनपाले ना. वनजङ्गलको रेखदेख वा हेरविचार गर्ने कर्मचारी; बनजाँचके।
63088 बनपिप्ला ना. जङ्गलमा हुने पिप्ला।
63089 बनपैदावार ना. वन जङ्गलका सबै जात र किसिमका रुख; काठपात; काठका बोक्रा; खोटा; बाँस; बाबियो आदि र चौपाया जनावरहरूको समूह।
63090 बनबनेलो ना. बन र बनमा हुने वस्तु।
63091 बनवास ना. बनको वास हुने स्थिति; वनकै रासोबासो; वनवास।
63092 बनबासी ना. १. दाँती परेका साधारण डल्ला परेका पात हुने; हरियो फूल फुल्ने; सानो भेट्नु भएको अनि फलमा पातलो पर्दाजस्तो उनिएको हुने; एक जातको रुख चढ्ने लहरो।
63093 बनबासी ना. २. वनवासी।
63094 बनबिमिरो ना. बनमा हुने एक जातको बिमिरो।
63095 बनबिरालो ना. बिरालाका जातको बनमा हुने प्राणी; जङ्गली बिरालो।
63096 बनबेथे ना. पालुङ्गाका आकारका ससाना पात; सेता फूल तथा मसिना गेडा हुने जङ्गली बेथे।
63097 बेली ना. लहरामा फुल्ने; बास्नादार एक प्रकारको सेतो फूल।
63098 बनभँगेरो ना. टाउको र ढाड रातो; भुँडी सेतो र बाँकी भाग खैरो हुने; जुगलमा रहने एक जातको भँगेरो।
63099 बनभतेर ना. घरदेखि बाहिर नदीको तीर; रमाइलो बन आदिमा गएर गरिएको भतेर वा भोज; बनभा।
63100 बनभात ना. बनजङ्ल वा त्यस्तै रमाइला ठाउँमा गएर पकाईखाइने भा।