Dictionary

All Word

63001 बद्धमूल वि. दृढ रहेको; अटल; स्थिर।
63002 बद्धराग वि. अनुरक्त; आसक्।
63003 बद्ध रूपिम ना. स्वतन्त्र रूपले प्रयोग हुन नसक्ने र मूल रूपमा गाँसिएर मात्र प्रयोग हुने पूर्वसर्ग, परसर्ग आदि रूपखण्ड।
63004 बद्धवैर ना. मनमा रहेको इबी; पुरानो रिस।
63005 बद्धाञ्जलि वि. कसैलाई सम्मान गर्न हात जोडेको; जम्लाहात गरेको।
63006 बद्धानुराग वि. प्रेममा फसेको; अनुरक्त; आसक्।
63007 बद्री ना. बदरिका।
63008 बद्रीधाम ना. भारतको उत्तरखण्डमा रहेको एक प्रसिद्ध हिन्दू तीर्थस्थल; चार धाममध्ये एक धाम।
63009 बद्रीनाथ ना. बदरीनाथ; शिव।
63010 बदलनु स.क्रि. १. एक वस्तुका सट्टामा अर्को राख्नु; साटफेर हुनु; बदल्नु।
63011 बदलनु स.क्रि. २. कामकुरोको हेरफेर हुनु; परिवर्तन हुनु।
63012 बदलनु स.क्रि. ३. उल्टनु।
63013 बदलाइ ना. बद्लने क्रिया वा प्रक्रिया।
63014 बद्लाइनु क.क्रि. बदलने पारिनु; बद्लन लाइनु।
63015 बद्लाउनु प्रे. क्रि. बदल्न लगाउनु; बदल्ने पार्नु।
63016 बलिनु स.क्रि. बद्लनु।
63017 बल्याइ ना. बदलिने क्रिया वा प्रक्रिया।
63018 बधाई ना. १. आफ्ना इष्टमित्र वा साथीहरूको कुनै सफलतामा प्रकट गरिने हर्षोद्गार।
63019 बधाई ना. २. साधुवाद; धन्यवाद; स्यावासी।
63020 बधाई ना. ३. प्रशंसा; तारिफ।
63021 बधिक वि. ज्यान मार्ने हत्यारो।
63022 बधिर वि. बहिरो।
63023 बधिरता ना. बहिरोपना।
63024 बधू ना. १. नवविवाहिता स्त्री; बेहुली; दुलही।
63025 बधू ना. २. पत्नी; भार्या।
63026 बधू ना. ३. बुहारी।
63027 बन्नु अ.क्रि. १. कुनै विषय वा वस्तु निर्मित हुनु; बनिबनाउ हुनु; तयार हुनु; रचिनु।
63028 बन्नु अ.क्रि. २ पुरानो वस्तुको नवीकरण हुनु; मर्मत हुनु जीर्णोद्धार हुनु।
63029 बन्नु अ.क्रि. ३. पद; मर्यादा; अधिकार; स्थिति आदिमा उँभो लाग्नु; सप्रनु; उन्नति हुनु।
63030 बन्नु अ.क्रि. ४. काम सिद्ध हुनु; कार्यसिद्धि हुनु।
63031 बन्नु अ.क्रि. ५. बढी योग्य वा गम्भीर भाव देखाउनु; बुजुक्याइँ देखाउनु।
63032 बन्नु अ.क्रि. ६. धनसम्पत्ति कमाएर स्थिति सुध्रनु।
63033 बन ना. जङ्गल; हे. वन।
63034 बनअदुवा ना. डाँठबाटै पात निस्कने; कालो कन्द हुने एक जातको अदुवा।
63035 बनकपास ना. पाँचकुने पात हुने; पहेँला फूल फुल्ने; सेतो भुवादार फल फल्ने रुख वा त्यसै रुखका फलको कपास।
63036 बनकपुर ना. . ककोल।
63037 बनकर ना. १. बाँदर।
63038 बनकर ना. वि. २. असभ्य; जङ्गली।
63039 बनकरेलो ना. फर्सीका छाँटका पात; सेता ठुला फूल; नरम; काँडेदार; रातो; लाम्चो फल र ठुलो कन्द हुने एक जातको लहरो; सोही लहराको फल; भुसेकरेलो।
63040 बनकर्कलो ना. बनैया कर्कलो; जलुको।
63041 बनकस ना. १. बाबियो।
63042 बनकस ना. २. जङ्गली घाँसपात ल्याउँदा तिर्नुपर्ने सरकारी रकम।
63043 बनकाने ना. साधारण किसिमका डिम्बाकार पात हुने; निला; साना पातको फेदमा छोपिएका फूल फुल्ने एक जातको भुईंमार।
63044 बनकुकुर ना. जिउको रङ्ग खैरो खैरो; टाउको कालो र पुच्छरको टुप्पो सेतै हुने; जङ्गलमा बस्ने कुकुर।
63045 बनकुखुरो ना. वनमा हुने वा पाइने कुखुरो; वनकुक्कुट; लुइँचे।
63046 बनकेंवरा ना. जङ्गली केंवराको फूल।
63047 बनकेरा ना. वनमा हुने; काङ्गियो नछुट्टिई एकै घरीमा लहरै लाग्ने गुदीभित्र काला गेडा हुने एक जातको केरा।
63048 बनकेराउ ना. चिस्यान परेका खेतहुँदो उम्रने; मसिना कोसा र कोसाभित्र तिलका गेडाजत्रा गेडा हुने एक किसिमको बोट वा त्यसैका कोसा।
63049 बनको ना. प्रायः धामीझाँक्रीले देवताको रूपमा मान्ने र पूजाआजा; धूपधुवार गरिने एक देवता; जस्तै- वनको लाग्नु (मूर्च्छा पर्ने; विचेत हुने वा मुटु खाने रोग लाग्नु); बनको कराउनु; (लाटोकोसेरो कराउनु इ.); बुडेनी।
63050 बनकोदो ना. जङ्गलमा हुने एक जातको कोदो; चौरैकोदो; पाङ्दुर।