Dictionary

All Word

63301 बम् ना. १. शिवजीलाई प्रसन्न गराउन उच्चारण गरिने शब्द; प्रणव।
63302 बम् ना. २. साधु-सन्न्यासी आदिले भिक्षा माग्दा भन्ने शब्द।
63303 बम ना. बग्गी; गाडा आदिमा लागेका घोडा वा गोरुहरूका माझमा रहने लामो काठ।
63304 बम ना. भित्र विष्फोटक पदार्थ भरिएको; कुनै पनि आकार-प्रकारको गोला; शत्रुको विनाश गर्न वा अन्य कुनै कार्यका निम्ति प्रयोग गरिने ध्वंसक अस्त्र।
63305 बमगोला ना. हे. बम।
63306 बमन ना. बान्ता।
63307 बमनक ना. बान्ता गराउने वस्तु।
63308 बमवर्षक वि. बम बर्साउने; बम खसाल्ने; बम हान्ने।
63309 बमोजिम ना. यो. अनुसार; मुताबिक; सरह।
63310 बमोजिम ना. यो. (उदा.- यो बेहोरा झुट्टा ठहरे ऐनसवालबमोजिम सहुँला बुझाउँला)।
63311 बम्कनु अ.क्रि रिसका आवेगमा ठुलठुलो स्वरले गर्जन; कुर्लनु।
63312 बम्काइ ना. बम्कने क्रिया वा प्रक्रिया।
63313 बम्काइनु क.क्रि. बम्कन लगाइनु; बम्कने पारिनु।
63314 बम्काउनु प्रे. क्रि. बम्कन लगाउनु; बम्कने पार्नु।
63315 बम्किनु अ. क्रि. बम्कने होइन; कुर्लिनु।
63316 बम्क्याइ ना. बम्किने क्रिया वा प्रक्रिया।
63317 बम्क्याइनु क.क्रि. बम्किने पारिनु।
63318 बम्क्याउनु प्रे. क्रि. बम्किन लगाउनु।
63319 बम्क्याहट ना. बम्किने भाव; अवस्था वा क्रिया-प्रक्रिया।
63320 क्याहा वि. बम्किने स्वभावको; बम्किने खालको।
63321 बम्पर ना. १. मोटरगाडीमा इन्जिनको बचावटका निम्ति रहने अगिल्लो भागको ढकनी।
63322 बम्पर ना. २. भरपुर; झुसी (बम्पर उपहार )।
63323 बम्परसेल वि. आफलताफल; प्रशस्त; छेलोखेलो भरपुर बिक्री।
63324 बम्बई ना. भारतको एक प्रसिद्ध नगर; मुम्बई।
63325 बम्बई ना. एक प्रकारको असल आँप।
63326 बम्बईसन ना. खुवा र चास्नी भुटेर रातो पारेर बनाइएको; बर्फी जस्तै गरी थाल आदिमा ढालेर तयार पारिएको एक जातको मिठाई।
63327 बम्बम् ना. जोगीसन्न्यासीहरूले भिक्षा माग्दा भन्ने शब्द।
63328 बम्बार्ड ना. बमगोला प्रहार गर्ने वा बर्साउने काम।
63329 बम्बु ना. लुगाफाटाका सिउनी वा जोर्नीमा लगाइने।
63330 बम्भोला ना. १. महादेव; शिव।
63331 बम्भोला ना. २. विषय-वासनाबाट मुक्त रहेको अथवा अत्यन्त सोझो प्रकृतिको मानिस।
63332 बम्मे ना. १. थाती जगेडा जतन।
63333 बम्मे ना. २. बन्दा बन्दी (खास गरी सैनिकहरूको तलबसम्बन्धी विषयमा प्रचलित )।
63334 बम् शङ्कर ना. १. शिवभक्तहरूको उपमन्त्र।
63335 बम् शङ्कर ना. २. जोगीसन्न्यासीले भिक्षा माग्दा वा गाँजा खाने बेलामा भन्ने शब्द।
63336 बय ना. काठबाट बनाइएको; मुरलीकै छाँटको र सानो; सुरिलो स्वर हुने; काठमाडौं उपत्यकाका कृषिजीवी ज्यापूहरूको लोकप्रिय बाजा।
63337 बयर ना. विशेष गरी औलिया जग्गामा पाइने; बाक्लो झाङ र काँडा हुने कलिलोमा हरिया; कमिरोमा पहेँला र पाकेपछि राता फल लाग्ने र गुदीभित्र सानो बियाँ वा हाड र त्यसभित्र दिउल हुने झन्डै अमलाजत्रो एक फल।
63338 बयल ना. बयली; बयेली।
63339 बयल ना. गोरु।
63340 बयलगाडा ना. गोरुले तान्ने गाडा; गोयान।
63341 बयलखुरी ताल ना. मैदानमा नदीले मार्ग बदल्दा बनेको ताल।
63342 बयलपाटा ना. अछाममा रहेको एउटा स्थान।
63343 बयलपाते वि. १. पुङ न पुच्छरको कुरा र गर्ने उत्ताउलो स्वभाव हुने; बित्पाते; छाले; बयल्ल।
63344 बयलपाते वि. २. बयली खेल्ने बेला भएको धानको बोट वा गहुँको बोट।
63345 बयल सिद्धान्त ना. जो बलियो छ उसैले भनेको एवं गरेको कुरो ठिक मान्ने सिद्धान्त वा मत; शक्तिसिद्धान्।
63346 बयल सिद्धान्त ना. (जसको लठ्ठी; उसको भैंसी)।
63347 बयलिनु अ.क्रि. अमिल्याउनका निम्ति कुनै भाँडामा खाँदिएको अचार; गुन्द्रुक; सिन्की आदिको अमिलोपन हराएर बिग्रन वा सड्न लाग्नु; स्वाद बिग्रनु।
63348 बयलिनु अ.क्रि. २. दुश्चरित्र भएर हिँड्नु; छिहिलिनु।
63349 बली ना. हे. बयेली।
63350 बल्याइ ना. बयलिने क्रिया वा प्रक्रिया।