Dictionary

All Word

64001 बहुसङ्ख्य वि. बहुसङ्ख्यक।
64002 बहुसङ्ख्यक वि. धेरै सङ्ख्या भएको आधाभन्दा बढी सङ्ख्या भएको गणनामा धेरै भएको।
64003 बहू ना. बुहारी; दुलही।
64004 बहूमतेर ना. नयाँ दुलही भित्र्याएको भोलिपल्ट दाजुभाइ; बन्धुहरू भेला गरी खुवाइने भोज; नयाँ दुलहीले पकाएको सबैले खाने पहिलो दिनको भातभान्सा।
64005 बहूद्देश्यीय वि. हे. बहु-उद्देश्यीय।
64006 बहूरानी ना. बुहारी; बुहारीलाई घरका नोकरचाकर आदिले सम्मानपूर्वक भन्ने शब्द।
64007 बा ना. १. बाबु; बुवा; पिता।
64008 बा ना. २. स्नेहपूर्वक बोलाइँदा वा सम्बोधन गर्दा आउने शब्द।
64009 बा ना. ( उदा. लौन बा; यति काम गरिदेऊ ! )।
64010 बा ना. निपा ३. प्रशंसा; स्याबासी; उपेक्षा; व्यङ्ग्य आदि व्यक्त गर्दा प्रयोग गरिने शब्द।
64011 बा ना. (उदा.- यस्तो काम त गर्नु हुँदैन बा !)।
64012 बाँ क्रि.वि. गाई-गोरु कराउँदा आवाज निस्कने किसिमले।
64013 बाँ क्रि.वि. ना. २. गाई (बालबोलीमा )।
64014 बाँ क्रि.वि. ( उदा.- बबो बाँ; बुबु दे। - बालगीत)।
64015 बाँक ना. हे. बाँको।
64016 बाँकटे वि. १. आधा वा सिमै बाहुला नभएको।
64017 बाँकटे वि. ना. २. त्यस्तै किसिमको भोटोजस्तो लुगा।
64018 बाँकटे वि. ३. पौडी खेल्दा हातखुट्टा चलाउने एक ढाँचा; छड्के पौडी।
64019 बाँका वि. १. खुबै काम गर्न सक्ने; बहादुर; साहसी।
64020 बाँका वि. २. पट्ठो; तरुनो।
64021 बाँकी वि. १. खर्च गरेर बचेको; बचत; शेष।
64022 बाँकी वि. २. हिसाब गर्दा घटाएर आएको (अङ्क)।
64023 बाँकी वि. 3. हिसाब फर्छिनसकेको वा फिर्ता दाखिल नभएको ( पेस्की)।
64024 बाँकी वि. ना. ४. गणितमा घटाउने प्रक्रिया।
64025 बाँकी वि. ५. रकमीहरूले कामकाज गर्दा बेरुजु र गलफत भएबापत बुझाउनुपर्ने रकम।
64026 बाँकी वि. ६. समाचारपत्रको कुनै पृष्ठमा सामग्री नअटाई अर्को पृष्ठमा लगिएको अंश।
64027 बाँकी बक्यौता ना. उठाउन वा असुल गर्न बाँकी रहेको रकम।
64028 बाँकीवाला ना. अन्यत्र सर्दा वा खोसिंदा बुझाउनुपर्ने आफ्नो जिम्माको सरकारी रकमकलम; सेस्ता आदि बुझाउन नसकी बाँकी राख्ने व्यक्ति; बाँकी रकम तिर्नुपर्ने व्यक्ति।
64029 बाँके ना. नेपालको मध्य पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने भेरी अञ्चलको तराईमा पर्ने एक जिल्ला।
64030 बाँके वि. लमाइको एक छेउबाट छड्के पारी गाँसिएको; टेढो गँसुवा (घर)।
64031 बाँको ना. १. पिँडालुजस्तो र बढी कोक्याउने एक जातको कन्द।
64032 बाँको ना. २. सार्कीले छाला काट्ने रामोजस्तो हतियार; बाँक।
64033 बाँगवा ना. हिउँ पग्लेका बखत नेपाल र तिब्बतबिच आवतजावत गर्ने; सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको एक घाटी।
64034 बाँच्नु अ.क्रि. १. जीवित रहनु जिउँदो हुनु; कालको 'मुखमा नपर्नु।
64035 बाँच्नु अ.क्रि. २. बाँकी रहनु; जोगिनु।
64036 बाँचिनु अ.क्रि. जीवित रहनु; जिउँदो होइन।
64037 बाँचुन्जेल क्रि.वि. जीवन रहेसम्म; मृत्युपर्यन्।
64038 बाँझ ना. १. खोलाका किनारतिर उम्रने; लाम्चा मसिना पात हुने एक जातको रुख।
64039 बाँझ ना. २. जङ्गलमा हुने ठुला खसा पात भएको; गाईबस्तुलाई घाँस खुवाइने एक प्रकारको रुख।
64040 बाँझी वि. सन्तान पैदा नगर्ने; गर्भधारण नगर्ने; कोख भएकी बैला।
64041 बाँझो वि. खनजोत नगरिएको; आबाद नभएको; बालीनाली नलगाइएको।
64042 बाँड्नु स.क्रि. १. आपसमा मिलाएर भाग लगाउनु; बाँडचुँड गर्नु।
64043 बाँड्नु स.क्रि. २. वितरण गर्नु।
64044 बाँड ना. आपसमा भाग लगाउने काम बाँड्ने काम; बन्डा।
64045 बाँडचुँड ना. बराबर पारेर भाग लाउने वा बाँड्ने काम।
64046 बाँडफाँट ना. . भिन्न-भिन्न विभाग; खण्ड; फॉंट आदि छुट्ट्याएर वा तोकेर बाँड्ने काम; लाम मिलाएर पर्गेल्दै पर सार्दै भाग लाउने काम।
64047 बाँडा ना. प्रायः सुनचाँदीको काम गर्ने; बौद्धमार्गी नेवार- जातिको एक वर्ग।
64048 बाँडिनु क.क्रि. बाँड्ने काम गरिनु।
64049 बाँडे वि. बाँडासम्बन्धी; बाँडाको बाँडाले गर्ने किसिमको।
64050 बाँडे जात्रा ना. भाद्रकृष्ण त्रयोदशीका दिन बाँडाहरूले आफन्त श्रद्धालुहरूका घरमा गई भिक्षादान लिने पर्व वा जात्रा; पञ्चदान।