Dictionary

All Word

63951 बहुदलीय वि. बहुदलसम्बन्धी; बहुदलको; बहुदलमा लागेको।
63952 बहुदलीय वि. विप. निर्दलीय।
63953 बहुदलीयता ना. बहुदलीय हुनाको भाव वा अवस्था; बहुदलमा हुनेपन।
63954 बहुदलीयता ना. विप. निर्दलीयता।
63955 बहुदलीय व्यवस्था ना. राजनीतिक दलहरू भएको व्यवस्था वा शासन-प्रणाली।
63956 बहुधा क्रि.वि. धेरैजसो खास गरी प्रायः।
63957 बहुनामा वि. धेरै नाम भएको; विभिन्न नामको।
63958 बहुपक्ष- ना. धेरैको एउटै पक्ष; विचार वा दृष्टिकोण।
63959 बहुपक्षीय वि. धेरैको एउटै पक्ष भएको; बहुसङ्ख्यकलाई हित गर्ने; धेरैका निम्ति उपयोगी वा सञ्चालित ( कार्यक्रम; नियम; विधि आदि; जस्तै- बहुपक्षीय भुक्तानी व्यवस्था; बहुपक्षीय विनिमय- स्थिरता इ.)।
63960 बहुपदी वि. दुईभन्दा बढी पदको अभिव्यञ्जना दिने।
63961 बहुभाषिक वि. दुईभन्दा बढी भाषा बोल्न र बुझ्न सक्ने (व्यक्ति)।
63962 बहुभुज ना. चारभन्दा बढी रेखाले घेरिएको समतलीय चित्र; चारभन्दा बढ्ता भुजा भएको चित्र।
63963 बहुमत वि. १. धेरैले मानेको; अति मान्य ना. २. धेरैको भिन्न- भिन्न म।
63964 बहुमत वि. ३. धेरैको एउटै मत वा राय।
63965 बहुमत वि. ४. कुनै सभा; समिति वा समाजमा आधाभन्दा बढी सदस्य वा सङ्ख्याको म।
63966 बहुमत प्राप्त वि. धेरै जनाले रोजेको; सबैभन्दा बढी मत पाउने।
63967 बहुमान्य वि. १. धेरैले मानेको वा आदर गरेको सम्माननीय।
63968 बहुमान्य वि. २. धेरैलाई मान्य हुने; धेरैलाई मन पर्ने।
63969 बहुमुखी वि. १. धेरै लक्ष्य भएको; विभिन्न विषयको विशेषताले युक्त भएको।
63970 बहुमुखी वि. २. हातमा लगाउने एक किसिमको सुनको बाला।
63971 बहुमुखी क्याम्पस ना. एकभन्दा बढी विषयको पढाइ हुने अध्ययन संस्थान; महाविद्यालय।
63972 बहुमूत्र ना. १. धेरै पिसाब लाग्ने एक रोग।
63973 बहुमूत्र ना. वि. २. धेरै पिसाब हुने रोग लागेको।
63974 बहुमूल्य वि. १. धेरै मोल पर्ने किम्मती; दामी।
63975 बहुमूल्य वि. २. धेरै महत्त्व भएको।
63976 बहुरङ्गी वि. १. अनेक रङ्ग वा ढाँचा भएको; रङ्गीचङ्गी।
63977 बहुरङ्गी वि. २. अनेक किसिमको; नानाथरीको।
63978 बहुरूपी वि. १. विभिन्न रूप धारण गर्ने; अनेक रूपको; अनुरूपी।
63979 बहुरूपी वि. २. जनसाधारणलाई विभिन्न रूपले भुलाउन सक्ने।
63980 बहुरूपी वि. ३. समाजमा रहेर विभिन्न रूप देखाई जीविका चलाउने।
63981 बहुल वि. अधिक; धेरै; ज्यादा।
63982 बहुलट्टी ना. बहुलाको अवस्था वा चाल; पागलपन; सिल्लडपना; छाँटा।
63983 बहुलता ना. बहुल हुने स्थिति वा पन; अधिकता; बहुताय।
63984 बहुला वि. दिमाग बिग्रेको; पागल; बौलाहा; छँटाहा।
63985 बहुलापन ना. बहुलाको अवस्था; बौलट्टी।
63986 बहुलाइ ना. बहुलाउने भाव; क्रिया वा प्रक्रिया।
63987 बहुलाइनु क.क्रि. बहुला होइन।
63988 बहुलाउनु अ.क्रि. १. दिमाग ठेगानमा नहुनु; बहुला हुनु; छँटाउनु; बौलाउनु।
63989 बहुलाउनु अ.क्रि. २. साह्रै ठुलो आँट गर्नु।
63990 बहुवचन ना. व्याकरणमा एकभन्दा बढी वस्तु वा व्यक्तिलाई बुझाउने शब्द; एउटालाई बुझाउने शब्दबाट धेरैलाई बुझाउने गरी बनेको रूप (जस्तै- 'घर' बाट घरहरू; 'रातो' बाट राता इ.)।
63991 बहुविकल्पी वि. धेरै विकल्प भएको छनौट गर्न सकिने वा पाइने।
63992 बहुविकल्पी प्रश्न ना. छनौट गर्न सकिने वा अथवा ' धेरै भएका प्रश्नको समूह।
63993 बहुविद् वि. धेरै विषय जान्ने; बहुज्ञ।
63994 बहुविध वि. धेरै किसिमको; नाना भाँतिको।
63995 बहुविवाह ना. १. एक पुरुषले दुई स्त्री वा एक स्त्रीले दई पुरुषसँग बिहे गरी दुवै एक समयमा जीवित रहेको अवस्था।
63996 बहुविवाह ना. २. जानाजान वा स्वेच्छासाथ त्यसरी दोस्रो विवाह गर्ने चलन वा अपराध।
63997 बहुव्रीहि ना. समस्त-पदभित्र रहेका शब्दको मूल अर्थलाई छोडी।
63998 बहुश क्रि.वि. १. धेरै किसिमले प्रायः।
63999 बहुश क्रि.वि. वि. २. अधिक; धेरै।
64000 बहुश्रुत वि. लौकिक वा शास्त्रीय धेरै कुरा सुनेबुझेको; धेरै पढेलेखेको; विद्वान्।