Dictionary

All Word

64101 बाइसी ना. बाइसे राज्य।
64102 बाइसी चौबिसी ना. मध्यकालीन नेपालका बाइस राज्य र चौबिस राज्यको एक एक समूह।
64103 बाइसे वि. १. बाइस सङ्ख्याको बाइस वर्षको।
64104 बाइसे वि. २. यौवन भरिएको; तन्नेरी।
64105 बाइसे वि. (उदा.- बाइसे जोबन त्यसै खेर जाला है; कान्छा !)।
64106 बाइसे राज्य ना. मध्यकालमा नेपालको गण्डकीपारका क्षेत्रमा रहेका बाइसवटा सानातिना राज्यको समूह (जसमा निम्नानुसारका राज्य थिए- जुम्ला; रुकुम; सल्यान; मालनेटा; फलावाङ; गुर्माकोट; दाङ; छिल्ली; जाजरकोट; जाहारी; रोल्पा; बाँकी; दुल्लु; दैलेख; गोताम; अछाम; बिमकोट; मुसिकोट (पल्लो); दर्ना; बझाङ; बाजुरा; थलहरा)।
64107 बाइसौँ वि. बाइस सङ्ख्यालाई पूरा गर्ने; बाइस सङ्ख्याको।
64108 बाइस्कोप ना. कुनै पनि घटना वा कथाका अभिनीत कुरा क्रमबद्ध रूपमा पारदर्शकपटमा खिँचेर प्रकाशको सहायताद्वारा पर्दामा देखाइने छायाचित्र।
64109 बाई ना. १. स्त्रीजातिले नाडीमा लगाउने सुन-चाँदीको बाला वा चुरा।
64110 बाई ना. २. कमिजको बाउलामा टाँक लगाउने ठाउँमा तेर्सो पारेर सिइएको भाग।
64111 बाउँ ना. हात बाहु।
64112 बाउँ वि. बायाँ देब्रे वाम।
64113 बाउँटिनु अ.क्रि. टेढो स्वभावको हुनु; बाउँटो हुनु; चिढिनु।
64114 बाउँटे; वि. हे. बाउँटो।
64115 बाउँटे; ना. प्रसव भएपछि गर्भाशयबाट निस्कने रगत; पानी आदि।
64116 बाउँटो वि. १. कसैसित नमिल्ने स्वभावको; टेढो वा उल्टो स्वभावको; कोग्ल्याँटो; बाउँठे; बाउँठो।
64117 बाउँटो वि. २. बायाँ हात चलाउने।
64118 बाउँट्याइ ना. बाउँटिने भाव; क्रिया वा प्रक्रिया।
64119 बाउट्याहट ना. बाउँटिने भाव; अवस्था वा क्रिया-प्रक्रिया।
64120 बाउँठे वि. हे. बाउँटे।
64121 बाउँठो वि. हे. बाउँटो।
64122 बाउँडिनु अ.क्रि. १. बाउँडो हुनु; टेढिनु।
64123 बाउँडिनु अ.क्रि. २. शरीरका जोर्नीमा सकिए मर्किएजस्तो भई रक्त सञ्चार रोकिएर दुख्ने गरी नसा बटारिनु।
64124 बाउँड्याइ ना. बाउँडिने क्रिया वा प्रक्रिया।
64125 बाउँपाटो ना. १. शरीरको देब्रेपट्टिको भाग।
64126 बाउँपाटो ना. २. अनुकूल नपर्ने ठाउँ।
64127 बाउँहाते वि. दायाँ हातभन्दा बायाँ हात बढी चलाउने; डेप्पा।
64128 बाउनी काठ ना. चाँपोका जस्तै पात र बलियो जातको काठ हुने रुखविशेष।
64129 बाउनु स.क्रि. मुख पूरा खोल्नु; आँ गर्नु।
64130 बाउन्न ना. १. पचास र दुई जोड्दा हुने सङ्ख्या; ५२ को अङ्क।
64131 बाउन्न ना. वि. २. पचास र दुईका जोड सङ्ख्याको।
64132 बाउन्न गन्डा वि. धेरै थुप्रै।
64133 बाउन्न कुरा ना. बाहसत्ताइस कुरा।
64134 बाउन्न ठक्कर ना. १. नाना प्रकारका ठक्कर; अनुभव।
64135 बाउन्न ठक्कर ना. १. ज्यादै होचो; पुड्को; बामपुड्के।
64136 बाउन्ने वि. १. ज्यादै होचो; पुड्को; बामपुड्के।
64137 बाउन्ने वि. २. ढाडको अनुपातमा हात र खुट्टा धेरै छोटा हुने।
64138 बाउन्नौं वि. बाउन्न सङ्ख्यालाई पूरा गर्ने; बाउन्न सङ्ख्याको।
64139 बाउरु ना. १. खेतालाको पेसा वा काम; खेताला - खेताली।
64140 बाउरु ना. २. सघाउपघाउ।
64141 बाउरे ना. १. खेती गर्दा अरूकहाँ सगाउन जाने व्यक्ति।
64142 बाउरे ना. २. ज्यालादारीमा काम गर्ने व्यक्ति; ज्यामी।
64143 बाउरे ना. आउरेबाउरे।
64144 बाउसे ना. १. रोपाइँ गर्दा खेतको हिलो सम्याउने काम।
64145 बाउसे ना. २. त्यस्तो काम गर्ने व्यक्ति; लाठे।
64146 बाउसो ना. कोदालो वा कोदाली।
64147 बाकट ना. लामालामा कान र लामालामा खुट्टा हुने खसी; विकासे जख्खु खसी।
64148 बाकन ना. छिपाहरूले कपडा आदिमा बुट्टा छिप्ने छाप चोप्न रङ घोलेर राख्ने; चार कुना परेको काठको भाँडो; कागी।
64149 बाकल ना. रुख; काठ आदिको बोक्राभित्र रहेको बाहिरी भाग आरा वा यन्त्रले ताछेर वा चिरेर छुट्ट्याउँदा छुट्टिने त्यस्तो टुक्रा।
64150 बाकलकाने ना. बाक्ला कान हुने एक जातको बाखो।