Dictionary

All Word

64251 बाजा भाग ना. दमाईंका नेगियारलाई दिइने मुख्य भाग।
64252 बाजा भाग ना. २. ठुलो भाग (व्यङ्ग्यार्थमा)।
64253 बाजि क्रि.वि. कुनै कामकुराका क्रमको पटक; चोटि पल्ट।
64254 बाजिब वि. १. उचित; लायक।
64255 बाजिब वि. २. सत्य।
64256 बाजी प्रत्य. नामशब्दका अन्तमा गाँसिएर त्यो काम गर्ने वा त्यसको सोखिन भन्ने भाव बुझाउने शब्द।
64257 बाजी प्रत्य. ( इसाराबाजी; ठट्टाबाजी; नाराबाजी; मौकाबाजी इ.)।
64258 बाजी ना. कुनै पनि खेलमा दुई थरीका बिच हारजित हुँदा गरिने सर्त वा त्यस्तो हारजितको प्रतिज्ञा गरी खेलिने सुरुदेखि अन्तसम्मको खेल होड।
64259 बाजी ना. २. पल्टने ३. जादुको खेल तमासा।
64260 बाजी ना. ४. दाउ।
64261 बाजीगर ना. जादुगर; चटकी।
64262 बाजीगर ना. काम उल्टा पल्टा।
64263 बाजी थाप्नु क्रि. पदा. कुनै अनिश्चित परिणामको प्रसङ्गमा दुई थरीका बिच हार वा जितको ओड लिई अगावै सर्त राख्नु; बाजी लगाउनु।
64264 बाजीबाजी ना. १. बालबोलीका अनुकरणमा भनिने शब्द।
64265 बाजीबाजी ना. २. धार्मिक पाठपूजा आदिका कारणमा भनिने शब्द।
64266 बाजीमाथ ना. माथ गरेर बाजी जित्ने काम विरोधीलाई हराउने वा मौकामा जुक्तिसँग काम फत्ते गर्ने चाल।
64267 बाजी लगाउनु क्रि. पदा. बाजी थाप्नु।
64268 बाजु ना. १. पाखुरामा बाँधेर पहिरिने एक प्रकारको आभूषण; अङ्गद।
64269 बाजु ना. २. पाखुरो।
64270 बाजुबन्द ना. बाजु।
64271 बाजुरा ना. नेपालको सुदूर पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने सेती अञ्चलको एक पहाडी जिल्ला पहिलेको एक सामन्त राज्य।
64272 बाजुरो ना. बाजरा।
64273 बाजे ना. १. आमा वा बाबुका बाबु।
64274 बाजे ना. २. ससुरो।
64275 बाजे ना. ३. ब्राह्मणलाई आदर जनाउन प्रयोग गरिने शब्द।
64276 बाजे बराज्यू ना. बाबु; बाजे आदि पूर्वपुरुष; पुर्खा।
64277 बामनु अ.क्रि. १. परस्परमा दुर्वचन प्रयोग गर्नु; मुख लाग्नु; मनावैरी गर्नु; कलह गर्नु।
64278 बामनु अ.क्रि. २. मतभेद हुने गर्नु; दङ्गा गर्नु।
64279 बामनु अ.क्रि. ३. लेखरचना; राय आदिमा विमति हुनु।
64280 बाझाबाझ ना. परस्परमा बाझ्ने काम भनाभन मनावैरी।
64281 बानु क.क्रि. बाभने काम गरिनु; मनावैरी गरिनु।
64282 बाझो ना. बाझ्ने काम; झगडा; बझाइ।
64283 बाकोजुको ना. मुखले बामने तथा हातले कुट्नेसमेत काम।
64284 बाट्नु स.क्रि. धागो; तार; घाँस; पराल आदि कुनैलाई जोल्ट्याएर एउटै डोरो बनाउन; डोरी बनाउनु; बटार्नु; चुल्ठी पार्नु।
64285 बाट विभ. पञ्चमी विभक्तिमा लाग्ने एक रूप देखि।
64286 बाट विभ. (उदा.- तपाईं घरबाट कहिले आउनुभयो ? आकाशबाट पानी पर्छ इ.)।
64287 बाट; ना. गुरुङ; तामाङ आदि जातिले दुवैतिरका दुई टुप्पा सुकाए * गरी हातले समातेर लासको अघि लैजाने सेतो कपडा।
64288 बाटा ना. उत्तानो; फराक मुख भएको र बिट फर्केको; पित्तल; तामा; प्लास्टिक आदिको भाँडो।
64289 बाटुलिनु अ.क्रि. बाटुलो हुनु; गोलाकार पर्नु; कुँडु लिनु।
64290 बाटुले वि. गोल आङ मिलेको; मुखको आकार बाटुलो भएको।
64291 बाटुले वि. स्त्री. बाटुली।
64292 बाटुलो वि. गोल आकार भएको; गोल मिलेको; डल्लो।
64293 बाटुलो मुला ना. सलगमका ढाँचाको एक जातको मुला।
64294 बाटुल्पाते ना. पिपलका जस्ता बाटुला पात हुने; हरिया फूल फुल्ने र पहेँला गोल फल फल्ने लहरोविशेष।
64295 बाटो ना. हिँड्नका निम्ति बनाइएको फराकिलो वा साँघुरो सोतोदार ठाउँ (सडक; गल्ली; गोरेटो आदि); मार्ग; प।
64296 बाटो ना. २. तरिका; उपाय; पद्धति।
64297 बाटो ना. ३. जीविका आदिको साधन; वृत्ति।
64298 बाटो ना. ४. आरम्भ सुरु।
64299 बाटो कुरुवा वि. १. बाटो कुर्ने।
64300 बाटो कुरुवा वि. ना. २. प्रायः बाटामा बस्ने एक जातको सानो सर्प।