Dictionary

All Word

64351 बादसाह वि . बादशाहलाई सुहाउँदो; बादशाहसम्बन्धी।
64352 बादसाही बाजा ना. विशेषतः सैनिकले बजाउने अङ्ग्रेजी ढाँचाको सामूहिक बाजा; बाच्छाईबाजा।
64353 बादसाही बुट्टा ना. बाच्छाई बुट्टा।
64354 बादी वि . वायुको विकारबाट भएको; शरीरमा वायु बढाउने; वायु विकारसम्बन्धी।
64355 बादी वि . फिराद दिने; नालिस गर्ने।
64356 बादे ना. १. जाकनाको रूपमा प्रयोग हुने ठुलो डालको हिमाली खसी।
64357 बादे ना. वि. २. ठुलो अजङको (जस्तै- बादे कुम्लो)।
64358 बाद्दे ना. १. अर्को कुनै सिप नचल्ने स्थिति करमा पर्ने काम; रोकावट।
64359 बाद्दे ना. २. कुनै कुराका निम्ति गरिने निधो; पक्का; निश्चय।
64360 बाध ना. १. कुनै कामकुरामा बाधा आउने स्थिति; रोक; रोकावट; प्रतिबन्ध; बाधा।
64361 बाध ना. २. कुनै काम वा कुरामा बाधा पर्दा हुने कष्ट; पीडा।
64362 बाधक वि . १. काममा बाधा पुऱ्याउने; रोक्ने वाधक।
64363 बाधक वि . २. विघ्न पार्ने।
64364 बाधा ना. १. कुनै पनि काममा हुने अड्काउ वा विघ्न वाधा।
64365 बाधा ना. २. छेकथुन; रोकावट; खिचोला।
64366 बाधा ना. ३. भूत-प्रेत आदिका कारणले हुने भय वा कष्ट; पीडा।
64367 बाधा अड्काउ ना. सुरु भएको कामकुरो सफल हुन नपाई रोकिने अवस्था; छेकाभाँजी; विघ्नबाधा।
64368 बाधित वि . बाइएको; रोक लगाइएको; वाधि।
64369 बाध्य वि . नियम; विधि; वचन आदिले बाँधिएको वा नगरी नहुने स्थितिमा परेको विवश तुल्याइएको।
64370 बाध्य वि . २. रोक लगाइएको छेकिएको।
64371 बाध्यता ना. बाध्य हुने स्थिति विवशता; लाचारी।
64372 बान ना. १. चमक; टलक।
64373 बान ना. २. कान्ति आभा; बर्न।
64374 बान ना. हे. बाण।
64375 बानदार वि . धनुकाँड बनाउने र चलाउने।
64376 बाना ना. सैनिकले कम्मरमा झुन्ड्याएर भिर्ने; दुईतिर धार भएको तरवारजस्तो अस्त्रविशेष; सङ्गिन।
64377 बाना ना. कपडाको गजपट्टिको बुनोट वा किसिम।
64378 बाना : ना. १. पहिरन वा वेश - विन्यास; वस्त्र।
64379 बाना : ना. २. कुनै जसको प्रकार वा किसिम बान्की।
64380 बाना : ना. 3. स्वीकार गरिएको धर्म वा रीति।
64381 बानादार वि . १. बाना भएको; बानावाल; फेसनबाज।
64382 बानादार वि . ना. २. पल्टनिया बाजा बजाउने जागिरदार।
64383 बानी ना. निरन्तरको अभ्यासद्वारा प्राप्त सजिलो र सुपरिचित व्यवहार तथा सचेत विचारविना पनि गर्न सकिने त्यस्तो क्रियाकलाप; अभ्यस्तता।
64384 बानी ना. २. असल वा खराब तथा सद्गुण वा दुर्गुण हुने मनोगत स्थिति; आदत; बेहोर; लत; स्वभाव।
64385 बेर/ बेहोरा ना. शीलस्वभाव; आनीबानी।
64386 बाकिलो वि . बान्की परेको आकारप्रकार मिलेको; नमुना वा ढाँचालायकको; बानादार।
64387 बान्की / बागी ना. कुनै वस्तुको आकारप्रकार; नमुना ढाँचा।
64388 बान्चोट ना. कसैप्रति रिस पोख्ता वा गालीगलौजका सिलसिलामा प्रयुक्त हुने अश्लील शब्द; वाहान्चोट (उदा.- अब त्यसै कहाँ उम्केलास् बान्चोट ! वाहान्चोट)।
64389 बान्टे ना. पात्लेका जस्ता पात हुने; ठुलो; लेकाली वृक्षको एक जा।
64390 बान्ता ना. कुनै किसिमका विकारले खाएपिएको वस्तु पेटबाहिर निस्कने काम वमन; छाद।
64391 बान्धव- ना. १. मामाचेला र फुपूचेलासमेतका दाजुभाइ; बन्धुवर्ग; फुकी।
64392 बान्धव- ना. २. आफन्त; नातेदार वा सम्बन्धी; स्वजन; इष्टमित्र।
64393 बान्नु / बान्नो ना. पर्खाल; भित्ता।
64394 बाप ना. बाबु; पिता।
64395 बापट ना. कोदालाकोदालीमा किला ठोकिएर गाँसिएको पातो।
64396 बापत ना. १. चोरी; जारी; हाडनाताकरणीजस्ता मुद्दाको कसुर; दोष।
64397 बापत ना. २. कुनै कुराका निम्तिको सट्टा बदला।
64398 बापत ना. ना. यो. ३. सम्बन्धमा; विषयमा (उदा.- काम गरेबापत तलब दिनुपर्छ।) ४. लागि निम्ति (उदा.- यसबापत तपाईंले के पाउनुभयो ? )।
64399 बापती वि . चोरी; जारी; हाडनाता करणीजस्ता मुद्दामा अपराधी ठहरिएको; बापत वा दोष लागेको; कसुरदार।
64400 बापवैरी ना. बाबुका पालादेखिको वैरी; पूरा खलककै विरोध गर्ने शत्रु; बाफवैरी।