Dictionary

All Word

64551 बालचन्द्र ना. १. द्वितीयाका चन्द्रमा।
64552 बालचन्द्र ना. २ औँसीपछिको प्रतिपदादेखि दशमीसम्मका चन्द्रमा।
64553 बालचर- ना. बालकहरूलाई सच्चरित्रता; स्वावलम्बन; सेवाभावना र व्यायाम सिकाउने सैनिक ढाँचाको शिक्षा।
64554 बालचर- ना. २. त्यस्तो शिक्षा प्राप्त गर्ने वा ग्रहण गर्ने व्यक्ति।
64555 बालचर्या ना. १. बालकहरूद्वारा गरिने वा उनीहरूलाई गराइने दैनिक कृत्य।
64556 बालचर्या ना. २. बालकहरूको स्याहार सम्भार; शिशुपालन।
64557 बालछ्ड ना. बास्ना भएको एक प्रकारको वनस्पति।
64558 बालटिन ना. हे. बाल्टिन।
64559 बालतङ ना. घोडाको काठीमा पटार कस्ने वा जडिने छाला।
64560 बालतन्त्र ना. बालकहरूको लालन-पालन; हेरविचार गर्ने प्रक्रिया; धात्रीकर्म।
64561 बालतोड ना. रौंका जराको विकारबाट वा सो जरामा आघात पर्नाले निस्कने खटिरोविशेष।
64562 बालतोरी ना. कालतोरीका भन्दा सेखै साना गेडा र कोसा पनि सानै हुने एक जातको तोरी।
64563 बालदिवस ना. प्रतिवर्ष नेपालमा मनाइने बालबालिकाहरूको राष्ट्रिय पर्व।
64564 बालन ना. विशेष धार्मिक पर्व आदिमा एक जनाले भट्याउने र सामूहिक रूपमा अरूले स्वर मिलाउने गरी गाइने राम; कृष्ण आदि देवताको चरित्रगाथा; बालुन।
64565 बालपोथ्रो ना. १. सानोतिनो बोट वा बिरुवा ; बालक बिरुवा।
64566 बालपोथ्रो ना. २. आफैँले स्याहार्नुपर्ने सानो बच्चा; बालापोथरी।
64567 बालपोष / बालपोस ना. बालकहरूलाई पोष लाग्ने गुलियो औषधी; पुष्टकारी।
64568 बालबच्चा ना. १. बालक छोरा-छोरी; केटाकेटी।
64569 बालबच्चा ना. २. जहान परिवार; सन्तान; लालाबाला।
64570 बालबोली ना. बालकहरूको बोली।
64571 बालब्रह्मचारी ना. १. बाल्यावस्थादेखि नै ब्रह्मचर्यमा रहेको व्यक्ति।
64572 बालब्रह्मचारी ना. २. अघि दिङ्लामा संस्कृत पाठशाला स्थापित गरी नेपालमा शिक्षा-प्रचार गर्न महत्त्वपूर्ण योगदान दिने बालाषडानन्दको पदवी।
64573 बालब्रह्मचारी ना. स्त्री. बाल- ब्रह्मचारिणी।
64574 बालभोग ना. १. बिहान-बेलुका बालकृष्णलाई चढाइने नैवेद्य।
64575 बालभोग ना. २. बालकहरूको भोज्य पदार्।
64576 बालमन्दिर ना. विशेषतः असहाय बालबालिकाहरूको शिक्षादीक्षा र मनोविनोदसमेतको विचार गरी उनीहरूलाई सही मार्गमा लैजान सहयोग गर्ने स्थान वा घर।
64577 बालरोग ना. प्रायः बालकहरूलाई लाग्ने रोग; बालग्रहद्वारा उत्पन्न हुने रोग।
64578 बालरोग विशेषज्ञ ना. बालरोगका बारेमा विशेष ज्ञान प्राप्त गरेको व्यक्ति; तत्सम्बन्धी उपचार गर्ने चिकित्सक।
64579 बालव ना. ज्योतिषका पञ्चाङ्गमध्ये करणको एक भेद।
64580 बालवध ना. विनाकसुर बालक मार्ने काम; बालहत्या।
64581 बालविकलाङ्ग ना. भिटामिन 'डी' को कमीबाट छ महिनादेखि दुई वर्षसम्मका बालकहरूको हाड ठुलो वा विरूप भएर कमजोर हुने रोग।
64582 बालविकास ना. बालकको शारीरिक; मानसिक; बौद्धिक; सांवेगिक आदिको विकासप्रक्रिया।
64583 बालविधवा ना. बालककालमै विवाह भई पति मरेकी स्त्री; बाल्यावस्थामै विधवा भएकी स्त्री।
64584 बालविवाह ना. केटा र केटीको उमेर नपुग्दै गरिने गैरकानुनी बिहे।
64585 बाल सङ्गठन- ना. बालबालिकहरूको शारीरिक; बौद्धिक र मानसिक विकासका साथै उनीहरूमा देशप्रेमको भावना जागृत गराई असल नागरिक बनाउने उद्देश्यका निम्ति गठित संस्था; बालकहरूको उन्नति वा हक-हितको सुरक्षाका निम्ति खडा भएको सङ्घ।
64586 बालसङ्गाती ना. बालककालदेखिको साथी; बाल्यावस्थाको साथी।
64587 बालसाहित्य ना. १. बालकले पढ्न सक्ने साहित्य।
64588 बालसाहित्य ना. २. बालहितकारी साहित्य।
64589 बाल सूर्य ना. उदाउन लागेको वा भखरै उदाएको सूर्य; बालारुण।
64590 बाला ना. स्वास्नीमानिसहरूले नारीमा लाउने सुन- चाँदीको चुरा।
64591 बाला ना. १. सोह्रसत्र वर्षसम्मकी वा रजस्वला हुने अवस्थाकी स्त्री; नवयुवती किशोरी केटी।
64592 बाला ना. २. पुत्री; कन्या; बालिका।
64593 बाला ना. ३. पत्नी भार्या प्रियतमा।
64594 बाला ना. ४. बालो।
64595 बालागुरु ना. अघि दिङ्ला महाविद्यालय चलाउने गुरु (षडानन्द)।
64596 बाला चतुर्दशी ना. मङ्सिर कृष्णपक्षको चतुर्दशी; सद्मी छर्ने चतुर्दशी।
64597 बालाज्यू ना. काठमाडौंको उत्तरपश्चिममा रहेको र बाइस धारा भएको एक तीर्थ वा रमणीय स्थान।
64598 बालाडाङ्ग्रे ना. बाल्यावस्थादेखि नै झारफुक गर्न थालेको वा देउता चढेको धामी।
64599 बालादरिद्री ना. जन्मैदेखिका दुःखी केटाकेटी; ससाना धेरै छोराछोरी।
64600 बालापन ना. १. बचपन।