Dictionary

All Word

64601 बालापन ना. २. तरुनोपन तारुण्य।
64602 बालापन ना. अव्य. ३. लोकगीतमा प्रेमीप्रेमिकाले आपसमा एकले अर्कालाई पुकार्ने शब्द; प्रिय; युवक वा युवती।
64603 बालापन ना. (उदा.- मेरा बालापन जान्छु नभन)।
64604 बालापोयरी ना. ससाना केटाकेटी।
64605 बालामृत ना. बालहितकारी ओखती।
64606 बालिका ना. १. कलिलो उमेरकी स्त्री; सानी केटी ; बच्ची।
64607 बालिका ना. २. कुमारी; कन्या; पुत्री; छोरी।
64608 बालिग वि. १. बाल्यावस्था पार गरेको; उमेरदार; जवान।
64609 बालिग वि. २. संविधानले दिने मताधिकारका निम्ति उमेर पुगेको; वयस्क।
64610 बालिनु क.क्रि. बाल्ने काम गरिनु; सल्काइनु।
64611 बालिम ना. पहेँलो रङ्गको एक जातको बाम माछो।
64612 बालिस्ट ना. अडेसा लाग्न बनाइएको ठुलो तकिया।
64613 बालिस्टर ना. माथिल्लो तहमा बहस गर्ने अधिकारप्राप्त वकिल; अधिवक्ता।
64614 बाली ना. १. खेतबारीमा उब्जेको अन्न; कृषिउपज; खेती।
64615 बाली ना. २. मोहीले तल्सिङ वा सरकारलाई बुझाउने तिरो; कुत; पो।
64616 बाली ना. ३. पहिलेको चलनमा एक किसिमको जग्गा कर।
64617 बाली ना. ४. ठेक्कामा कमाउने; सिउने; कामी; दमाई आदिलाई दिनुपर्ने वर्षभरिको अन्नको भाग।
64618 बाली जानु टु. काम गरेको वा कमाइको वर्ष बित्नु।
64619 बाली जानु टु. (जस्तो- कलुवा गोरु चार बाली गयो; काले गोरु दुई बाली मात्र गएको छ)।
64620 बाली रोक्का पुर्जी ना. झगडा परेको जग्गाको बाली मुद्दा छिनिएसम्म रोक्का गर्नका निम्ति अड्डाले लेख्ने काग।
64621 बालीनाली ना. खेतबारीमा लगाइएको बाली; धान; मकै आदिको खेती बाली बिरुवा।
64622 बाली भर्ना ना. राणाशासनमा पल्टनिया उच्च दर्जाका केही जवानहरूलाई तलबका रूपमा आयस्ता खान पाउने गरी दिइएको जग्गा।
64623 बाली बिरुवा ना. खेतबारीमा लगाइएको बाली; बालीनाली।
64624 बालीविज्ञान ना. बालीनालीका विषयमा वैज्ञानिक किसिमले गरिने विशेष अध्ययन वा अन्वेषणको विद्या।
64625 बाली हुनु टु. पशुहरूको गर्भ रहनु।
64626 बालुका ना. बालुवा; पत्थरको चूर्ण।
64627 बालुका यन्त्र ना. पारो; सुवर्ण आदि भस्म बनाउँदा वा पारोको शुद्धीकरण गर्दा प्रयोगमा ल्याइने यन्त्र।
64628 बालुका स्तूप ना. मरुभूमिमा वायुले थुपारेको बालुवाको ढिस्को।
64629 बालुचरी ना. एक जातको असल गाँजा।
64630 बालुन ना. हे. बालन।
64631 बालुबुर्ज ना. खोलाले छाडेका ठाउँको बलौटे जग्गा वा बगर; खोलाले बगाएर ल्याएको बालुवा; पाँगो आदि थुप्रिएको जग्गा।
64632 बालुवा ना. विशेषतः समुद्र वा नदीका छेउछाउमा र मरुभूमिहुँदो हुने माटोविनाका ढुङ्गाका मिहीन कणको समूह; बालुका; रे।
64633 बालुवाको घर ना. नटिक्ने वा कच्चा काम।
64634 बालसाही ना. घिउमा पकाएर पागमा डुबाई तयार पारिने; मैदाको एक किसिमको मिठाई।
64635 बालो- ना. धान; गहुँ आदिको फल- गुच्छ।
64636 बालो- ना. २. सन्तान; बालक; बच्चो।
64637 बाल्टिन / बाल्टी ना. समात्ने ठुलो कडा लागेको; सोलीका ढाँचाको टिन; जस्ता; पित्तल आदिको भाँडो; बालटिन।
64638 बाल्ली शाखा ना. भारोपेली भाषा- परिवारका बाल्तस्लाभेली वा लेहोस्लाभेली शाखाका दुई वर्गमध्ये एक।
64639 बाल्य ना. १. बालकको भाव; बालकमा रहने गुण तथा पन केटौली लड़कपन।
64640 बाल्य ना. २. अज्ञान।
64641 बाल्य ना. वि. ३. बालकसम्बन्धी; बालककालको; बालकको जस्तो ( बाल्यअवस्था; बाल्यकाल;वाल्यस्वभाव इ.)।
64642 बाल्यावस्था ना. सोह्र वर्ष नपुगेसम्मको अवस्था; बालककाल।
64643 बाल्यावस्था ना. २. बालकपन।
64644 बाष्प ना. १. बाफ।
64645 बाष्प ना. २. आँसु।
64646 बास्नु अ.क्रि. कुखुरो; तित्रा आदि चरा हर-हर कराउनु वा बोल्नु।
64647 बास ना. बस्ने ठाउँ वा घर; निवास वास।
64648 बासक ना. धुर्सुलको जस्तो आकार भएको; चिल्ला पात हुने; गुलियो रस भएको; सेता फूल फुल्ने र आयुर्वेदी अवलेह - औषधीहरू बनाइने एक बोट असुरो।
64649 बासट्ठिऔँ / बासट्ठियाँ वि. बासट्ठी सङ्ख्याको; गणनाका क्रममा बासट्ठी सङ्ख्यामा पर्ने।
64650 बासट्ठी ना. साठी र दुईको योगले बन्ने सङ्ख्या बसट्टी।