Dictionary

All Word

64701 बाहुनदाजु ना. फुपूको आफूभन्दा जेठो छोरो (पुरोहित हुने हुँदा रहेको नाम)।
64702 बाहुनबाजे ना. . बाहुनलाई बोलाइने शब्द।
64703 बाहुभाइ ना. फुपूको आफूभन्दा कान्छो छोरो।
64704 बाहुनबाजे ना. बाहुनलाई बोलाइने शब्द।
64705 बाहुभाइ ना. फुपूको आफूभन्दा कान्छो छोरो।
64706 बाहुनी ना. १. बाहुनको स्त्रीलिङ्गी शब्द; बाहुन जातकी\ आइमाई; बाहुनकी स्वास्नी।
64707 बाहुनी ना. वि. २. पवित्र; राम्रो निरीह।
64708 बाहुन काठ ना. बाहुनीलहरोको काठ।
64709 बाहुनीचरो ना. बाहुनचरी।
64710 बाहुनीचरो ना. प्रायः खोलाको किनारमा बस्ने; पखेटामा कालो र सेतो मिसिएको गौंथलीजत्रो एक जातको चरो।
64711 बाहुनीबज्यै ना. बाहुनीलाई सम्बोधन गरिने शब्द; बाहुनबाजेको ढण्ड स्त्रीरूप।
64712 बाहुनीलहरो ना. एक पात अर्को पातसँग जेलिने; लाम्चिला फूल र फल लाग्ने; आयुर्वेदका अनुसार जरा आन्द्रे रोगमा प्रयोग गरिने एक जातको लहरो।
64713 बाहुबल ना. १. पाखुरा चलाउने शक्ति; शारीरिक बल।
64714 बाहुबल ना. २. पुरुषार्थ; पराक्रम।
64715 बाहुयुद्ध ना. १. अस्त्रशस्त्रविना लडिने लडाइँ; हातहातैको जुधाइ।
64716 बाहुयुद्ध ना. २. परस्परमा हुने कुस्ती वा पहलमानी; मल्लयुद्ध।
64717 बाहुली ना. १. दरबारिया सम्मानको बोलीमा पाखुरो वा हा।
64718 बाहुली ना. २. ताता भाँडा समाउने एक किसिमको सनासो।
64719 बाहुली निसान ना. बाहुलीको चिह्न; बाहुलीको छाप हस्ताक्षर।
64720 बाहुल ना. दौरा; चोलो; कोट आदि आङका पहिरनको हात पसाउने खोलजस्तो भाग।
64721 बाहुल्य ना. धेरै हुनाको भाव वा अवस्था अधिकता; आधिक्य।
64722 बाहेक ना. यो. १. कुनै वस्तु; चिज; ठाउँ आदिबाट अलग; विना; सिवाय।
64723 बाहेक ना. यो. वि. २. अरूलाई छुट्ट्याइएको; अतिरिक्त भिन्न।
64724 बाहेक ना. यो. क्रि.वि. ३. अलग गरेर छाडेर।
64725 बाह्य वि. १. कुनै पनि वस्तु वा कुराभन्दा बाहिर पर्ने; बाहिरपट्टिका भागको बाहिरी।
64726 बाह्य वि. २. उपरिया; पृथक्।
64727 बाह्यतन्तु ना. प्राणीका शरीरको बाहिरी भागका छालामा रहेको तन्तु।
64728 बाह्यपरीक्षा ना. खास शिक्षण संस्थाको रोहबरमा नभई स्वतन्त्र रूपमा सञ्चालित एवं नियन्त्रित हुने र उत्तरपुस्तिका जाँच्ने तथा परीक्षाफल प्रकाशित गर्ने काम पनि गर्ने परीक्षा।
64729 बाह्यवृत्ति ना. बाहिरी कुरो वा भौतिक विषयमा लागेको मनको स्थिति; जीवन चलाउन गरिने बाहिरी काम वा पेसा।
64730 बाह्यसेवा ना. बाहिरी देशतिर गरिने हवाई उडान आदिसम्बन्धी कामको सेवा।
64731 बाह्येन्द्रिय ना. बाहिरी विषयहरू भोग्ने वा तिनको अनुभव गर्ने आँखा; कान; नाक; जिभ्रो र छाला - यी इन्द्रिय।
64732 बाह्योन्मुखी वि. केन्द्रबाट छुट्टिएर बाहिरतिर जान खोज्ने; बाहिरपट्टि फर्केको।
64733 बि पूस. शब्दको अगाडि जोरिएर विपरीतता; भिन्नता; प्रतिकूलता; अधिकता; क्रम; परिवर्तन; निषेध आदि अर्थ बुझाउने पूर्वसर्ग (बचे; बिजोग; बिछोड इ.)।
64734 बिंगठिनु अ.क्रि. कुनै कामकुरामा टेढो हुनु; बाउँटिनु; बिभिन्डिनु बिमठिनु।
64735 बिंगठे वि. बिंगठो।
64736 बिंगो वि. बेमेलको कुरा गर्ने; बाउँटो; बिंगठ्‌याहा; बिमठो।
64737 बिंगठ्याइ ना. बिंगठिने क्रिया वा प्रक्रिया; खोते; निहुँ; बिमठ्याइ।
64738 बिगठ्याहट ना. बिंगठिने भाव; स्थिति वा क्रियाप्रक्रिया।
64739 बिंगठ्याहा वि. . बिंगठिने स्वभावको; बेमेलको बाउँटो।
64740 बिंगो ना. १. हाँगाबाट निस्केको अर्को सानो हाँगो; झिँजो।
64741 बिंगो ना. २. बाधा वा अड्को; छेको; बिगो।
64742 बिंगो ना. ३. निहुँ खोते।
64743 बिंड ना. खुकुरी; तरवार आदि हतियारको समाउन सजिलो हुने गरी फेदमा हालिएको काठ; सिङ आदि वस्तु हतियारको समात्ने ठाउँ वा मूठ।
64744 बिंड ना. (उदा. बिंड तातेर के गर्नु; ताप्के ताते पो हुन्छ। उखान)।
64745 बिंडा ना. बस्न हुने गरी बुनिएको पराल आदिको चकटी।
64746 बंडा वि. बिंड भएको बिंड हालिएको।
64747 बिंडी ना. धुवाँ खान पातमा सुर्ती लपेटेर बनाइएको; फेदतिर सानु भएको खिल्ली बिडी।
64748 बिंडो ना. १. पिता पुर्खाको इज्जत वा प्रतिष्ठा।
64749 बिंडो ना. २. चाँदतोडाविनाको पगरी।
64750 बिंडो ना. 3. पदवी; मान।