Dictionary

All Word

65151 बिरक्त्याइ ना. बिरक्तिने क्रिया वा प्रक्रिया।
65152 बिरक्त्याइनु क.क्रि. विरक्त पारिनु; खिन्न तुल्याइनु।
65153 बिरक्त्याउनु प्रे. क्रि. विरक्त पार्नु; खिन्न तुल्याउनु।
65154 बिरङ्ग वि. १. अनेक रङ्गको विभिन्न रङ्गको ; रङ्गीचङ्गी।
65155 बिरङ्ग वि. २. बजरङ्ग; कुरङ्ग।
65156 बिरल्नु स.क्रि. हे. बिरोल्नु।
65157 बिरला वि. सबैतिर नपाइने वा थोरै मात्र पाइने; छुट्टाछुट्टै रहेको।
65158 बिरलाइ ना. बिरल्ने क्रिया वा प्रक्रिया।
65159 बिरलाइनु क.क्रि. बिरल्न लाइनु।
65160 बिरलाउनु प्रे. क्रि. बिरल्न लाउनु।
65161 बिरलाकोटी वि. १. कोटीमा एउटा; कहीं-कहीं वा फाट्टफुट्ट पाइने; अति दुर्लभ।
65162 बिरलाकोटी वि. क्रि.वि. २. फाट्टफुट्ट कतैकतै।
65163 बिरसिक्का ना. १. अरूलाई छकाउने वा झुक्क्याउने चलाखी काम।
65164 बिरसिक्का ना. २. वीर; पराक्रमी; निडर बनाउने शिक्षा।
65165 बिरसिक्का ना. ३. पुरानो खालको एक प्रसिद्ध आख्यान।
65166 बिरसिक्का गर्नु स.क्रि. विस्मयपूर्ण कार्य गर्नु।
65167 बिरसिलो वि. १. रस नभएको; नीरस; रुखो।
65168 बिरसिलो वि. २. मन पर्दो ठर्रो।
65169 बिरहिनी ना. मारुनी नाचमा गाइने एक किसिमको गी।
65170 बिरा ना. खयर; चुन; मसला आदि हालेर बेरी खान वा दिन तयार पारिने पानको पात; पानको खिली; बिडा।
65171 बिराइ ना. १. जग्गा बिराउने काम वा किसिम।
65172 बिराइ ना. २. नयाँ आबाद गरिएको जग्गा; बिरौटो (दिव्य.)।
65173 बिराइ ना. ३. बिराम गर्ने क्रिया वा प्रक्रिया; बिगार।
65174 बिराइनु क.क्रि. १. जग्गा बिराउने काम गरिनु।
65175 बिराइनु क.क्रि. २. बिराम गरिनु।
65176 बिराउनु स.क्रि. वन- बुटो; झाङ आदि फाँडेर; भिरालो जमिनमा ढुङ्गा आदि हटाई गरा लगाएर; नदी आदिबाट उकास भएको जग्गा मिलाएर विभिन्न रूपले जग्गा आबाद गर्नु; नयाँ जग्गामा खेती गर्नु।
65177 बिराउनु स.क्रि. कुनै काम-कुरामा भुलेर वा चुकेर अर्कै थोक भन्नु वा गर्नु; बिराम गर्नु; कसुर गर्नु; अपराध गर्नु।
65178 बिराउनु स.क्रि. २. लेख्ता अक्षर आदि टुटाउनु वा छुटाउनु।
65179 बिराज्नु अ.क्रि. विराजमान हुनु; सम्मानसाथ बस्नु।
65180 बिराजिनु अ.क्रि. विराजमान होइन; सम्मानसाथ बसिनु।
65181 बिराजी / बिराजु वि. राजी नभएको; नमान्ने; मजुर; बेखुस।
65182 बिरानो वि. १. पहिले नदेखेको; नचिनेको वा थाहा नपाएको; अनजानको।
65183 बिरानो वि. २. परचक्री; पराई; अर्को।
65184 बिराम ना. १. भन्नुगर्नुपर्ने कामकुरामा हुने कसुर; दोष वा अपराध; भुलचुक।
65185 बिराम ना. २. काममा बाधा।
65186 बिराम वि. आराम नभएको; बिसन्चो।
65187 बिरामी वि. सन्चो नभएको; अस्वस्थ; रोगी; मधौरु।
65188 बिरामी बिदा ना. कर्मचारीले बिरामी हुँदा पाउने निश्चित बिदा (कर्मचारीले नखर्चेको अवस्थामा उक्त दिन बराबरको तलब प्राप्त ; गर्न सक्ने व्यवस्था भएको विदा। )।
65189 बिराल गानु ना. लेकतिर पाइने र औषधीमा प्रयोग हुने एक प्रकारको कन्द।
65190 बिराली ना. १. धेरै आगो ताप्ता शरीरमा प्रायः गोडाका छालामा पर्ने टाटो।
65191 बिराली ना. २. बिरालाको स्नेहसूचक रूप वा पोथी रूप।
65192 बिराले ना. थैलो बनाउनाका निम्ति एकापट्टि चुन्याई पारेको गाँठो; त्यस्तो गाँठो पारी बनाएको थैलो।
65193 बिराले ना. लाम्चा ठुला पात हुने; प्याजी रङ्गका फूल फुल्ने; तरबारे सिमीजस्ता कोसा र ठुला खैरा गाना हुने एक जातको लता वा त्यसैको गानु।
65194 बिरालो ना. चितुवाका जातको मुसा मार्ने र खाने तथा दुध खुबै मन पराउने घरपालुवा जन्तु।
65195 बिरालोको काट्टो ना. अति निकृष्ट वस्तु।
65196 बिरिम ना. बाँसका चोयाले बुनेको; बिर्को लाउने सन्दुक।
65197 बिरिम फुल ना. साधारण मालाकार पात र वरिपरि कालोकालो रङ्ग हुने; डल्लो खालको र बास्ना आउने एक जातको धान वा त्यसैको चामल।
65198 बिरी ना. दाँतका जोर्नीमा कालो पालिस लाउन प्रयोग गरिने; ठुलठुला पात; हरियासेता फूल र जामुनुजस्ता फल हुने एक जातको लता; प्रसारणी।
65199 बिरुँडा ना. १. दार्चुला जिल्लातिर प्रचलित विशेष चाडपर्वमा देव- देवीलाई चढाइने र खाइने कलउँ; गुराँस; गहत; मास र गहुँ मिसाएर बनाइने भोजनको एक परिकार।
65200 बिरुँडा ना. २. दुर्गाष्टमी - पूजामा देवीलाई चढाइने नैवेद्य।