Dictionary

All Word

65351 बिस्मात ना. कुनै दुःखपूर्ण कुरा वा घटनाबाट पछि हुने शोक वा सन्ताप; अफसोच; खेद।
65352 बिस्याहार ना. बेस्याहार।
65353 बिस्वाद वि. बेस्वाद; स्वाद नभएको।
65354 बिहक क्रि.वि. बिनसित्ति; सित्तैं अनाहक।
65355 बिहा ना. बिहे; विवाह।
65356 बिहाइता वि. विवाहिता; बिहाइते।
65357 बिहाइते वि. बिहे गरेर ल्याइएकी; ब्याइते; विवाहिता।
65358 बिहान ना. दिनको पहिलो प्रहर; पूर्व फाट्ने बेलादेखि घाम नछिपिउन्जेलको समय प्रातःकाल।
65359 बिहान ना. क्रि.वि. २. प्रातःकालमा सबेरै।
65360 बिहानी वि. १. बिहानसम्बन्धी; बिहानको।
65361 बिहानी वि. २. बिहान।
65362 बिहानी पख क्रि.वि. बिहानको समय बिहानतिर।
65363 बिहाबारी ना. विवाहको दोहरो सम्बन्ध बिहे हुने काम; विवाह।
65364 बिहाल ना. बेहाल।
65365 बिहाली ना. बिहान ब्याली।
65366 बिहिलिनु अ.क्रि. १. कुनै बगालमा मिसिएर थाहा नपाइने हुनु।
65367 बिहिलिनु अ.क्रि. २. कुकुर्नीले कुकुर खोज्दै हिँड्नु।
65368 बिहिल्याइ ना. बिहिलिने क्रिया वा प्रक्रिया।
65369 बिहिल्याइनु क.क्रि. कुनै बगालमा मिसाएर बेपत्ता पारिनु।
65370 बिहिल्याउनु प्रे. क्रि. कुनै बगालमा मिसाएर बेपत्ता पार्नु।
65371 बिहीं ना. काँडादार पात हुने; निला वा सेता फूल फुल्ने; तिता स्वादका ससाना रातासेता फल फल्ने एक जातको बोट वा त्यसैको फल।
65372 बिहीबार ना. साताको पाचौँ बार वा दिन; बृहस्पतिवार।
65373 बिहे ना. विवाह; बिहा।
65374 बिहे बटुलो ना. बिहेको उत्सव वा त्यस अवसरमा हुने मानिसहरूको भेला।
65375 बीउ ना. हे. बिउ।
65376 बीज ना. १. बिउ बिजन।
65377 बीज ना. २. अव्यक्त सङ्ख्यासूचक सङ्केत (बीजगणित )।
65378 बीज ना. ३. देवता आदिलाई प्रसन्न पार्न जपिने मन्त्रको मुख्य अंश।
65379 बीज ना. ४. नाटक आदिको अन्तिम फलको मुख्य कारण।
65380 बीज ना. ५. व्याकरण; विज्ञान; दर्शन आदिका नियमलाई छोटकरीमा बुझाउन प्रयोग गरिने ध्वनि; शब्द आदिको सङ्केत; सूत्र; फर्मुला।
65381 बीजक ना. बीज; बिउ।
65382 बीजक ना. २ पठाइएका मालमत्ताको विवरण लेखिएको कागत वा पुर्जा।
65383 बीजकोष ना. १. भ्रूणको प्राथमिक चरणको सन्तानोत्पादन गर्ने कोष।
65384 बीजकोष ना. २. बीज रहने फूलको अवयव।
65385 बीजगणित ना. अक्षर; अङ्क आदिको प्रतीकात्मक उपयोगद्वारा कुनै अज्ञात राशि पत्ता लगाउने गणितीय शाखा (अलजेब्रा )।
65386 बीज पेशिका ना. अण्डकोश।
65387 बीज फेज ना. अर्को रुखमाथि उम्रने; खैरो; कालो भावको; घिसने जरा भएको; हरिया पात र पातको मुनि बीजको थैला हुने; कहिल्यै नफल्ने र नफुल्ने लहरोविशेष।
65388 बीज मन्त्र ना. मन्त्रको पहिलो अक्षर।
65389 बीजाङ्कुर ना. बीजबाट टुसाउने अङ्कुर वा बिरुवा।
65390 बीजाङ्कुरण ना. बीज टुसाउने काम; बीजाङ्कुर हुने प्रक्रिया।
65391 बीजाङ्कुरन्याय ना. बीजबाट अङ्कुर बन्यो कि अङ्कुरबाट बीज भन्ने परम्परामा अडेको क्रम जस्तै संसारको अनादित्व सिद्ध गर्ने न्याय वा तर्कसिद्धान्।
65392 बीजाणु ना. १. एककोषीय जीव; जीवाणु।
65393 बीजाणु ना. २. वनस्पतिको सन्तान उत्पादन गर्ने कोष।
65394 बीजारोपण ना. १. बीज रोप्ने काम।
65395 बीजारोपण ना. २. कुनै काम कुराको सूक्ष्म प्रारम्भ।
65396 बीजोत्पादन ना. बीज पैदा गर्ने काम वा प्रक्रिया।
65397 बिडा ना. अभिभारा।
65398 बीथि ना. १. रूपकको एक भेद।
65399 बीथि ना. २. पङ्क्ति; लहर।
65400 बीथि ना. ३. बाटो; सडक।