Dictionary

All Word

65551 बुड्यानी ना. मानिसको शरीरमा प्रवेश गरी रोग पैदा गर्ने तथाकथित एक डाइनी।
65552 बुढन्ती ना. बुढो अवस्थाको चिह्न; धार्मिक भावना चिन्तन।
65553 बुढा वि. बुढो' को आदरार्थी रूप।
65554 बुढाकाजी ना. विशेषतः श्री ५ रणबहादुर शाह र श्री ५ गीर्वाणयुद्धविक्रम शाहका राज्यकालमा पश्चिमी क्षेत्र विजय गर्न गएका प्रसिद्ध काजी अमरसिंह थापालाई बुझाउने आदरपद।
65555 बुढानीलकण्ठ ना. काठमाडौंको उत्तरी भागमा अवस्थित एक प्रसिद्ध नारायण।
65556 बुढाबा ना. बुढो मानिसलाई आदरपूर्वक सम्बोधन गरिने शब्द।
65557 बुढाबाजे १. बुढो व्यक्ति खास गरी बाहुनलाई सम्बोधन गरिने आदरवाचक शब्द।
65558 बुढाबाजे २. बुढा ससुरा।
65559 बुढाबाजे ३. बाजेका बाबु; बराज्यु।
65560 बुढाबाजे स्त्री. बुढीबज्यू।
65561 बुढाबुढी ना. १. वृद्ध नरनारी।
65562 बुढाबुढी ना. २. लोग्नेस्वास्नी पतिपत्नी।
65563 बुढामावली ना. बाबु वा आमाका मावली।
65564 बुढिया ना. १. वृद्धा स्त्री बुढी (श्रद्धाको अर्थमा )।
65565 बुढिया ना. २. घरकी माउ; घरवाली; पत्नीं।
65566 बुढी ना. अदुवा; हलेदो आदि रोपेर उम्रिएपछि बोटबाट झिकिने त्यही बिउ पुरानो गानु।
65567 बुढी वि. १. उमेर पूरा भएकी (साधारणतः पचास नाघेकी); वृद्धा; पाकी।
65568 बुढी वि. ना. २. त्यस्ती स्वास्नीमानिस।
65569 बुढी वि. ३. स्वास्नी; पत्नी।
65570 बुढीओखती ना. पाखनभेद।
65571 बुढीऔंलो ना. हात वा गोडाको सबैभन्दा छोटोमोटो र जेठो औँलो।
65572 बुढीकमिलो ना. पुच्छरपट्टि कुप्रिएको र अलि ठुलो हुने; फुस्रो खालको कमिलो।
65573 बुढीगण्डकी ना. गोरखा जिल्लामा पर्ने लार्के र ग्याला भन्ज्याङक्षेत्रबाट प्रारम्भ भई धादिङ जिल्लाको बेनीघाटमा पुगी त्रिशूलीमा मिल्ने एक प्रसिद्ध नदी।
65574 बुढीगाँठो ना. हातगोडाका बुढी औँलामा हुने गाँठो।
65575 बुढीजाडो ना. अल्छी मान्दा भनिने शब्द।
65576 बुढीबजू ना. १. बुढीबज्यै; वृद्धा नारी।
65577 बुढीबजू ना. २. धामीका एक देउता; बोक्सी।
65578 बुढीबज्यै ना. १. बज्यैकी आमा वा सासू।
65579 बुढीबज्यै ना. २. वृद्धा ब्राह्मणीलाई बोलाइने आदरको शब्द।
65580 बुढीमाउ ना. १. घरकी सबभन्दा बुढी वा नाइके स्त्री।
65581 बुढीमाउ ना. २. घरगृहस्थीको सबै कामको सञ्चालन गर्ने पाकी आइमाई।
65582 बुढीमार्सी ना. लामा; खसा मालाकार पात तथा लामालामा जुँघा वा झुस हुने; रातो रङको एक जातको धान वा त्यसैको चामल; सुँघेमार्सी।
65583 बुढीरूढि ना. शास्त्रमा लेखिएको नभए तापनि अघिदेखि चलिआएको भनी मानिने रीतिरिवाज; पुखदिखिको चालचलन।
65584 बुढीसासू ना. सासूकी सासू।
65585 बुढेउली ना. बुढयौली; वृद्धावस्था।
65586 बुढेत्रो ना. टाटे सिमीजस्तो कोसा फल्ने जङ्गली लहरो वा त्यसैको फलविशेष।
65587 बुढेसकाल ना. बुढो उमेर; वृद्धावस्था।
65588 बुढो वि. १. धेरै उमेर पुगेको; आधा आयु खाएको वा पचास नाघेको; वृद्ध।
65589 बुढो वि. ना. २. पति; लोग्ने।
65590 बुढोखाडो वि. धेरै वृद्ध र जीर्ण।
65591 बुढोपाको वि. धेरै दिन खाएर अनुभव पाएको; वृद्ध र परिपक्व।
65592 बुढोपाको वि. स्त्री. बुढीपाकी।
65593 बुढौती ना. वृद्ध अवस्था; बुढ्यौली।
65594 बुढ्याईं ना. वृद्ध अवस्था; वार्धक्य; बुढयौली।
65595 बुढ्यौली ना. १. बुढो अवस्था; बुढेसकाल।
65596 बुढ्यौली ना. २. अघिका अनुभवपूर्ण उपदेशात्मक वचन।
65597 बुता ना. कुनै काम गर्ने वा पार लाउने खुबी; सामर्थ्य; शक्ति; बुत्ता (उदा.- आफ्ना बुताले भेटेसम्म म यो काम अवश्य गर्नेछु)।
65598 बुताइ ना. बुताउने क्रिया वा प्रक्रिया; बुत्याइ।
65599 बुताइनु क.क्रि. खाई सकिनु।
65600 बुताउनु अ.क्रि. गाईबस्तु बगालिनु; लघारिनु।