Dictionary

All Word

66201 बोकुवा वि. बोक्ने बानी भएको; बोकिने; बोक्ने।
66202 बोके वि. १. बोकाका ढाँचाको बोकोजस्तो।
66203 बोके वि. २. पुड्को ग्याँचे।
66204 बोके वि. ना ३. बोको।
66205 बोके वि. ४. लाम्चा पात तथा पाँचवटा लामा र घुमेका केस्रा हुने; खैरा फूल फुल्ने; लाम्चा फल फल्ने र गनाउने खालको लहरो वा त्यसैको फल।
66206 बोके जिरा ना. सेतो खालको ठुलो जातको जिरा।
66207 बोके टिमुर/टिम्मुर ना. बाटुला ठुला दाना हुने एक जातको टिमुर।
66208 बोके टिमुर/टिम्मुर ना. बोके दाह्री ना. बोको जस्तो चिउँडोमन्तिर मात्रै हुने झुस्स परेको दाह्री।
66209 बोके लहरो ना. एक जातको लहरोविशेष; बोके।
66210 बोको ना. बाख्रीको भाले; नसुमरेको पाठो बोके।
66211 बोकोर ना. थकाली जातिमा पाँचदेखि बाह वर्षभित्रका केटाहरूको बिजोर वर्ष पारेर गरिने; ब्राह्मणजातिको चूडाकर्म जस्तै एक कर्म।
66212 बोक्वो ना. सूचीकारको सिउने मालमत्ता राख्ने थैली; सुजेरो; बुक्ची।
66213 बोक्रो ना. तन्त्रमन्त्रद्वारा गरिने उच्चाटन; वशीकरण।
66214 बोक्रिनु अ.क्रि. १. गुदी फेला नपर्नु; फोस्रो हुनु।
66215 बोक्रिनु अ.क्रि. २. इच्छा गरेको चिज नपाउनु; हिस्सिनु; ठगिनु।
66216 बोक्रिनु अ.क्रि. ३. निराश हुनु।
66217 बोक्रे वि. १. गुदी वा सार नभएको निस्सार।
66218 बोक्रे वि. २. आडम्बर मात्र देखाउने; ढाँचावाल; देखौवा।
66219 बोक्रे वि. ३. बोक्रा मात्र भएको बोक्राको।
66220 बोक्रे धाक ना. देखावा धाक; फोसो ढाँचा; आडम्बर।
66221 बोक्रे निम्तो ना. देखावटी रूपमा गरिएको निम्तो; देखीनिम्तो।
66222 बोक्रेपन ना. देखावटी चाल; देखौवापन।
66223 बोक्रे मिजास ना. हृदयैदेखि नभएर बाहिरी रूपमा मात्र गरिने मिजास; मुखको मात्र बोलचाल वा लोलोपोतो।
66224 बोक्रो ना. १. बोटबिरुवाको बाहिरी तह; रुखको छाला।
66225 बोक्रो ना. २. फलको गुदीभन्दा बाहिरको भाग।
66226 बोक्साबोक्सी ना. बोक्सो र बोक्सीको समूह।
66227 बोक्सी ना. १. बोक्सेरो जान्ने वा टुनामुना गर्ने स्त्री डकिनी; डाइनी।
66228 बोक्सी ना. २. दुष्टा स्त्री।
66229 बोक्सीकाँडो ना. तिखो एक किसिमको काँडो।
66230 बोक्सीको सास ना. (रिसको बोलीमा) हुरी वा बतास।
66231 बोक्सी घाँस ना. लज्जावती झारका जस्ता मसिना पात हुने; गुलाफी सेता फूल फुल्ने; टाटे खालका फल लाग्ने एक जातको काँडे भार।
66232 बोक्सी बुढी ना. बोक्से बुढाको स्त्री रूप।
66233 बोक्सी मन्त्र ना. बोक्सीको मन्त्र।
66234 बोक्सी रुख ना. वरिपरिका रुखहरूलाई बाधा पार्ने गरी बढेको रुख।
66235 बोक्सी सितारा ना. पत्रे ढुङ्गामा झलल्ल झल्किने सिताराजस्ता अभ्रक कणको समूह।
66236 बोक्से वि. बोक्सेरो जान्ने; बोक्साबोक्सीसम्बन्धी।
66237 बोक्से बुढो ना. नजाती र खराब आचारविचार भएको बुढो मान्छेलाई भनिने शब्द त्यस्तो शब्दमा गरिने गाली।
66238 बोक्से भिर ना. ठुलो डरलाग्दो भिर; मानिस लडेर मर्ने भिर।
66239 बोक्सेरो ना. बोक्सीको मन्त्र - प्रयोगसम्बन्धी विद्या बोक्सीविद्या; टुनामुना वा व्यभिचारसम्बन्धी काम।
66240 बोक्सो ना. १. बोक्सेरो वा टुनामुना जान्ने व्यक्ति; टुन्याहा।
66241 बोक्सो ना. २. सार्कीले जुत्ता सिउँदा प्रयोग गर्ने साधनविशेष।
66242 बोज ना. हे. बोझो।
66243 बोझ ना. १. बोकिएको वा बोकिने गहौं वस्तु भार; बोझा।
66244 बोझ ना. २. कार्यभार जिम्मेदारी।
66245 बोदायी वि. बोझिलो; विशेष गहुगो।
66246 बोझा ना. बोझ।
66247 बोझिल वि. बोझिलो।
66248 बोझिलो वि. बोझ भएको; गहौं।
66249 बोझे ना. अरूको बोझ सघाउने काम पर्म।
66250 बोझे ना. भारी;।