Dictionary

All Word

80201 लेच्याउनु अ.क्रि. प्रे.क्रि. २. लेचिने पार्नु; लच्काउनु।
80202 लेट्नु अ.क्रि. आरामसाथ सुत्नु; पल्टनु वा ढल्कनु।
80203 लेट वि. १. विलम्बको; ढिलो।
80204 लेट वि. क्रि.वि. २. बियाँलो; अबेर।
80205 लेटन ना. छोड्दै नछोडी एकनासले धर्ना दिने काम; लम्पट।
80206 लेट म्याटर ना. छापिसकेपछि पनि फेरि उपयोग हुने सम्भावनाले नबिगारी राखिएको टाइप सामग्री।
80207 लेटर ना. १. चिठी; पत्र।
80208 लेटर ना. २. अक्षर।
80209 लेटर प्याड ना. पत्र लेख्नका निम्ति बनाइएको नाम, ठेगाना आदि भएको वा सादाखाले कागतका पत्रको समूह।
80210 लेटर बक्स ना. पत्रमञ्जूषा; चिठीबाकस।
80211 लेटाइ ना. लेट्ने क्रिया वा प्रक्रिया।
80212 लेटाइनु क.क्रि. लेट्न लाइनु; पल्टाइनु।
80213 लेटाउनु प्रे. क्रि. लेट्न वा पल्टन लाउनु; सुताउनु।
80214 लेटिनु अ.क्रि. पल्टिनु; ढल्किनु।
80215 लेठन ना. अड्डी लिने काम; धर्ना; लेटन।
80216 लेठो ना. झमेला; झन्झट।
80217 लेठोबेठो ना. १. झैझमेला।
80218 लेठोबेठो ना. २. नगरी नहुने काम।
80219 लेड ना. १. कम्पोज गरिएका टाइपहरू सोझो पार्न लहरका बिचबिचमा हालिने सिसा वा काठको सिन्को।
80220 लेड ना. २. सिसा।
80221 लेथ्नु/लेनो वि. १. थकाइ, पिटाइ आदिले चल्नचटपटाउन नसक्ने भएको; थिलथिलो।
80222 लेथ्नु/लेनो वि. २. दुर्बल वा शिथिल भएको; जीर्ण।
80223 लेथ्नु/लेनो वि. ३. बिग्रेको; ध्वस्।
80224 लेथ्रो ना. उभार; थिग्रेनी; थिग्रो।
80225 लेदो ना. १. बाक्लो तरल पदार्थ; लदरो वस्तु।
80226 लेदो ना. वि. २. बाक्लो पन्यालो; दबदबे।
80227 लेध्रो ना. उभार; थिग्रो।
80228 लेनदेन ना. १. कुनै वस्तु लिने र दिने काम; आदानप्रदान।
80229 लेनदेन ना. २. परस्परमा ऋण लिनेदिने काम; सरसापट; कारबार।
80230 लेना ना. अरूलाई तिर्नुपर्ने धन वा नगदी वस्तु।
80231 लेनादेना ना. लेनदेन।
80232 लेनिन ना. विश्वप्रसिद्ध एक साम्यवादी नेता।
80233 लेनिनवाद ना. लेनिनले चलाएको र स्वीकार गरेको किसान, मजदुर र सर्वहारा वर्गद्वारा क्रान्ति गरी देशको शासनसत्ता जनताका हातमा ल्याउने र राष्ट्रिय पुँजी तथा उत्पादनमा समान हक र उपभोग कायम गर्ने राजनीतिक सिद्धान्।
80234 लेनिनवादी वि. लेनिनको सिद्धान्तमा विश्वास राख्ने; लेनिनवादको अनुयायी।
80235 लेन्स ना. १. एकै ठाउँमा किरण सोहोर्ने वा प्रकाश, दृश्य आदिलाई ठुलोसानो देखाउने, माझमा उठेको वा दबेको दूरबीन, क्यामरा आदिमा जडिने काँचको चक्का वा ऐना।
80236 लेन्स ना. २. बाहिरी पदार्थको छाया ग्रहण गर्ने आँखाभित्रको पारदर्शी सानो भाग; नानी।
80237 लेप्नु स.क्रि. लेपन गर्नु; लिप्नु।
80238 लेप ना. १. लिप्ने, पोल्ने वा चुप्रने वस्तु; लेपन; चन्दन।
80239 लेप ना. २. सुनिएमर्केका ठाउँमा लाउने लेदो ओखती; मलम।
80240 लेपन ना. १. लेप लगाउने काम; चन्दन, मलम आदि लाउने काम।
80241 लेपन ना. २. लिपपोत; लिपाइ।
80242 लेपनीय वि. लेपन गर्न सुहाउँदो, लिप्न वा घस्न लायक।
80243 लेपित वि. लेप लगाइएको; लेपन गरिएको।
80244 लेपाइ ना. लेप्ने क्रिया वा प्रक्रिया।
80245 लेपाइनु क.क्रि. लेप्ने काम गराइनु।
80246 लेपाउनु प्रे.क्रि. लेपन गराउनु; लेप्न लाउनु।
80247 लेप्रो ना. १. उपेक्षा, अश्लीलता आदि प्रकट गरिँदा आउने शब्द।
80248 लेप्रो ना. २. टाँसिएको मैला; दाग।
80249 लेप्य्राइ ना. लेप्रो हुने वा लेप्य्राउने क्रियाप्रक्रिया।
80250 लेप्य्राइनु क.क्रि. लेप्य्राउने काम गरिनु।