Dictionary

All Word

80151 लेखाउनी/लेखौनी ना. लेख्नेलाई दिइने ज्याला वा दस्तुर; लेखाइखर्च।
80152 लेखाउनु प्रे.क्रि. लेख्न लाउनु।
80153 लेखाकर्म ना. लेखा वा हिसाबकिताब राख्ने काम; तहबिलदारी (एकाउन्टेन्सी)।
80154 लेखाचित्र ना. कुनै व्यापार, कामकुरो वा घटनामा भइरहने घटबढ; फेरबदल वा अन्य तथ्यहरूको पारस्परिक सम्बन्ध सूचित गर्ने विभिन्न रेखा भएको चारकुने अङ्कनपत्र; ग्राफ।
80155 लेखाजोखा ना. लेखोजोखो।
80156 लेखाधिकृत ना. हिसाबकिताब जाँच्ने वा हेर्ने अधिकारी।
80157 लेखाध्यक्ष ना. सरकारी कार्यालय वा सङ्घसंस्था आदिको आयव्ययको हिसाब राख्ने अधिकारी; लेखापाल।
80158 लेखान्त ना. प्रारब्ध; भाग्य ( उदा.- गाउँघरकी सोझी सुभद्रा लेखान्तमा विश्वास गर्थिन् - गु. प्र. मैनाली)।
80159 लेखान्तर ना. १. लेखान्त; भाग्य; प्रारब्ध।
80160 लेखान्तर ना. २. एक प्रकारको लेखबाट अर्को प्रकारको लेखमा परिणत गर्ने काम।
80161 लेखापढी ना. १. लेख्ने र पढ्ने काम; लेखपढ।
80162 लेखापढी ना. २. चिठीपत्र, पुर्जी आदि लेख्ने काम; पत्रव्यवहार।
80163 लेखापढी ना. ३. लेनदेनसम्बन्धी व्यवहारमा सबुतप्रमाणका लागि गरिने लिखत; लेखोट।
80164 लेखा परीक्षक ना. सरकारी कार्यालय वा सङ्घसंस्था आदिको हरहिसाब जाँच गर्ने अधिकारप्राप्त व्यक्ति; अडिटर।
80165 लेखा परीक्षण ना. आर्थिक कारोबार हुने सरकारी निकाय र सङ्घसंस्था आदिका व्यावसायिक सङ्गठनहरूको खाता तथा अभिलेख नियमबद्ध रूपले जाँच, रुजु आदि गरी हरहिसाब हेर्ने र वास्तविक आर्थिक स्थितिका सम्बन्धमा प्रतिवेदन दिने काम; अधिकृत संस्था वा व्यक्तिद्वारा गरिने त्यस्तो हरहिसाबको नियमपूर्वकको जाँचबुझ; अडिट।
80166 लेखा परीक्षा ना. लेखापरीक्षण।
80167 लेखापाल ना. आम्दानी खर्चको हिसाब वा लेखा राख्ने, लेख्ने र जिम्मेवारी लिने कर्मचारी; एकाउन्टेन्ट।
80168 लेखालेख ना. पालैसित लेख्ने काम; दोहरो पत्राचार।
80169 लेखि क्रि.वि. दृष्टिकोणमा; विचारमा; लेखा; निम्ति।
80170 लेखि क्रि.वि. (उदा.- तिम्रा लेखि उनी मरेबराबरै भए त ? )।
80171 लेखिका ना. १. कुनै लेख, ग्रन्थ आदि लेख्ने स्त्री।
80172 लेखिका ना. २. लेखनदासको काम गर्ने स्वास्नीमानिस।
80173 लेखिनु क.क्रि. लेख्ने काम गरिनु।
80174 लेखिम ना. लेखनमा कुनै भाषाको प्रतिनिधित्व गर्ने लघुतम, पृथक् लिपिचिह्न; ग्राफिम।
80175 लेखुवा वि. लेखिएको (पुर्जी, बेहोरा आदि); लेख्ने वा लेखिटोपल्ने।
80176 लेखुवा वि. (तिमीसँग लेखुवा बयान नै लियो कि मौखिक सोधनी मात्र गर्यो? कामधाम नगरी लेखुवा भएर मात्रै कहाँ खान पाइन्छ र!)।
80177 लेखो ना. १. सम्झनाका निम्ति गरिने आयव्ययको गणना; हिसाब; सङ्ख्या।
80178 लेखो ना. २. विश्वास गरिने कुरो।
80179 लेखोजोखो ना. हिसाबकिताब वा नापतौलको गणना वा फाँटवारी।
80180 लेखोट ना. सानो टिप्पणी लेखिएको कागत वा चिठीपत्र; लिख।
80181 लेखोट ना. (उदा.- घरसारमै भए पनि एउटा लेखोट त गर्नैपर्छ)।
80182 लेखोट पत्र ना. लेखिएको कागतपत्र; लिख।
80183 लेखोट पुर्जी ना. १. कुनै कामकुराको निकास, फर्योट, तामेली आदि गर्ने सिलसिलामा र अरूसँग सोधनी गरी जवाफ लिनुपर्दा, मानिस झिकाउनुपर्दा वा सरजमिन बुझ्दा समेत लेखिने काग।
80184 लेखोट पुर्जी ना. २. कुनै कामको बेहोरा लेखिएको काग।
80185 लेखो न जोखो ना. मात्रा वा सङ्ख्या बताउन नसकिने स्थिति।
80186 लेखौट ना. लेखोट।
80187 लेख्य वि. लेख्न लायक; लेख्नुपर्ने; लेखनीय।
80188 लेख्यदान ना. राजाले जग्गा दिँदा वा जग्गासम्बन्धी आयस्ताको नियम बनाउँदा तथा जनताले जग्गा किनबेच गर्दा भूस्वामित्वका लागि दिइने निस्सापत्र।
80189 लेग्रो १ ना. १. अलिकति बाँकी रहेको काम; कामको शेष।
80190 लेग्रो १ ना. २. बचेखुचेको वा थिग्रिएको थोरै वस्तु; निथार; निथ्रेनी।
80191 लेग्रो १ ना. ३. कपडा आदिमा टाँसिएको मयल; दाग।
80192 लेग्रो २ ना. १. घाँटीको भित्रपट्टिको एक अवयव; घिच्रो।
80193 लेग्रो २ ना. २. लामो र ठुलो स्वर; लेघ्रो।
80194 लेग्रो २ ना. ३. जिह्वाग्र, जिब्राको अघिल्लो भाग।
80195 लेघ्रो ना. हे. लेग्रो।
80196 लेचिनु अ.क्रि. १. हिँड्दा खुट्टा खोचिनु; लच्कनु।
80197 लेचिनु अ.क्रि. २. बोल्दा कुरो चपाउनु वा लरबरिनु।
80198 लेचिनु अ.क्रि. लेच्याइ- ना. लेचिने वा लेच्याउने काम।
80199 लेच्याइनु अ.क्रि. लेचिने होइनु।
80200 लेच्याउनु अ.क्रि. १. लडखडाउनु; खोच्याउनु।