Dictionary

All Word

80051 लुम्बिनी ना. २. नेपालको यसै नामको अञ्चल।
80052 लुम्रुङलुम्रुङ क्रि.वि. तागत नभएको मानिस सुस्तसुस्त हिँड्ने चालले; ल्याम्राङल्याम्राङ।
80053 लुम्रे / लुम्रो ना. १. कपडाको लाम्चो धरो; लुन्द्रो।
80054 लुम्रे / लुम्रो ना. वि. २. लोसे; जुम्सो।
80055 लुम्रे / लुम्रो ना. ३. लुरे।
80056 लुम्सो वि. लोसे चालको; ढिलो वा सुस्त चालको; लुम्रो।
80057 लुर ना. शक्ति; पाइन।
80058 लुर ना. (उदा.- लुर भएको मान्छे भए पो उसबाट काम पार लाग्थ्यो)।
80059 लुरखुर क्रि.वि. १. झल्लिने वा हल्लिने चालले; लुखुरलुखुर।
80060 लुरखुर क्रि.वि. २. दुब्लापातला मानिसले बिस्तारै काम गर्ने गरी।
80061 लुरखुराइ ना. लुरखुराउने भाव, क्रिया वा प्रक्रिया।
80062 लुरखुराइनु अ.क्रि. लुरखुराउने होइनु।
80063 लुरखुराउनु अ.क्रि. लुरखुरिनु।
80064 लुरखुरिनु अ.क्रि. विनाकाम यताउति हिँडडुल गर्नु; लरखराउनु; झल्लिनु; लखरलखर हिँड्नु।
80065 लुरखुरे वि. विनाकाम यताउति लरखरिने; झल्ला।
80066 लुरखुऱ्याइ ना. लुरखुरिने भाव वा क्रियाप्रक्रिया।
80067 लुरखुऱ्याहट ना. लुरखुरिने काम; लुरखुऱ्याइ।
80068 लुरीखुरी क्रि.वि. निर्धो वा अशक्त मानिसले सकीनसकी काम गर्ने चालले; जेनतेन।
80069 लुरुलुरु क्रि.वि. लाचारी वा हैरानीका साथ हिँडेर; लुइँलुइँ; लुखुरलुखुर; खुरुखुरु।
80070 लुरे/लुरो वि. १. निर्धो; अशक्त; कमजोर; लुलो।
80071 लुरे/लुरो वि. २. सानो जिउडालको; दुब्लो र पातलो।
80072 लुरे/लुरो वि. ३. काँथर; निफर; हिक्मतहारा; हिम्मत नभएको।
80073 लुर्कन ना. १. लट्कने गरी कानका लोतीमा अड्याएर लाइने गहना।
80074 लुर्कन ना. २. झुन्डिएर रहेको वस्तु; लर्कन।
80075 लुर्कने ना. बाख्राका कानमनिको थुनजस्तो लुर्को।
80076 लुर्का ना. हे. लुर्को।
80077 लुर्के वि. लुर्को भएको।
80078 लुर्के भन्टा ना. पात र डाँठमा काँडा हुने, लामो झिनो र निलो रङ्गको फल फल्ने एक प्रकारको भन्टा; लुर्के भिँडा।
80079 लुर्के भिँडा ना. लुर्के भन्टा।
80080 लुर्को ना. १. स्त्रीजातिले कानको लोतीमा लट्कने गरी लगाउने एक प्रकारको गहना; लुर्कन; लुर्का।
80081 लुर्को ना. २. बाख्राका कानमनि झुन्डिएर रहेको मासुको लुर्कन।
80082 लुर्को ना. ३. लरी; लर्को।
80083 लुलिनु अ.क्रि. लुलो वा फितलो हुनु।
80084 लुलीलुली ना. केटाकेटीको हात लुलो पार्न लगाएर पाइ गराउन हल्लाइने एक बालखेल।
80085 लुली हात ना. केटाकेटीको हात लुलो पार्न लाएर आफूले हल्लाई उसका हातले उसैलाई लबट्याउने बालखेल।
80086 लुलु ना. हिमाली भेगमा हुने साह्रै सानो डालको चौँरी गाई।
80087 लुले / लुलो वि. १. दर्बिलो वा दो नभएको; फितलो; दुर्बल; शिथिल।
80088 लुले / लुलो वि. २. निश्चित सिद्धान्त वा धारणामा अडिग नभएको।
80089 लुलोलङ्गडो वि. अङ्गभङ्ग भएको।
80090 लुल्याइ ना. १. लुलिने भाव वा क्रियाप्रक्रिया।
80091 लुल्याइ ना. [लुल्याउ+आइ] २. लुल्याउने क्रियाप्रक्रिया।
80092 लुल्याइनु क.क्रि. लुलो पारिनु।
80093 लुल्याउनु स.क्रि. लुलो पार्नु वा गराउनु।
80094 लुसाकुटी ना. ढिकीले कुट्दा ओखलका धान, चिउरा आदि चलाउन मिल्ने, टुप्पामा प्रायः झुम्रो बेरेको लामो काठ; लाउने काठ; लुँडी।
80095 लुसिनु अ.क्रि. १. लुसो वा लोसे हुनु; फुर्तिलो वा जाँगरिलो नहुनु; जुम्सिनु; ढिलो हुनु।
80096 लुसिनु अ.क्रि. २. लुसो भएर पछि लाग्नु; कुनै कुराको आशा गरेर बस्नु।
80097 लुस्याइ ना. लुसिने भाव, क्रिया वा प्रक्रिया।
80098 लुस्याइनु क.क्रि. लोसो पारिनु।
80099 लुस्याउनु प्रे.क्रि. लोसो पार्नु।
80100 लुसी ना. १. चिउरा कुट्ने साँबी नलागेको काठको मुसल।