Dictionary

All Word

79951 लुटान ना. १. लुट्ने वा लुटिने काम।
79952 लुटान ना. २. सामूहिक रूपमा भएको लुट।
79953 लुटान ना. ३. लुटेको वस्तु।
79954 लुटालुट ना. १. परस्परमा एकले अर्कालाई लुट्ने काम; एकैसाथ धमाधम भएको लुटाइ।
79955 लुटालुट ना. २. लुटालुट।
79956 लुटाहा वि. लुटको काम गर्ने; लुट्ने स्वभावको; लुटेरो; लुटाहार।
79957 लुटाहार वि. लुटाहा; लुटेरो।
79958 लुटिनु १ अ.क्रि. १. तिल वा मासका पातहरू खुम्रिने रोग लाग्नु।
79959 लुटिनु १ अ.क्रि. २. बोटबिरुवा आदि बटारिएर बढ्न नसक्नु।
79960 लुटिनु १ अ.क्रि. ३. कान छोटो हुनु।
79961 लुटिनु २ क.क्रि. १. लुटामार गरिनु; धनमाल खोसिनु।
79962 लुटिनु २ क.क्रि. २. लुटमा पर्नु।
79963 लुटिनु २ क.क्रि. ३. सर्वस्व हरिनु।
79964 लुटुपुटु क्रि.वि. लुटपुट।
79965 लुटे वि. १. निमोठिएर बढ्न नसकेको (बोटबिरुवा आदि)।
79966 लुटे वि. २. साह्रै सानो कान भएको (मानिस, पशु आदि)।
79967 लुटेरो वि. लुट्ने; लुटाहा; लुटाहार।
79968 लुठी ना. व्यभिचारिणी स्त्री; वेश्या।
79969 लुठो ना. जार; नाठो; उपपति।
79970 लुडबुडिनु अ.क्रि. १. लडीबुडी गर्नु।
79971 लुडबुडिनु अ.क्रि. २. गुड्नु; पल्टनबाजी खानु।
79972 लुडबुड्याइ ना. लुडबुडिने वा लुडबुड्याउने क्रियाप्रक्रिया।
79973 लुडबुड्याइनु क.क्रि. लडीबुडी पारिनु।
79974 लुडबुड्याउनु स.क्रि. १. लडीबडी पार्नु; लोटपोट पार्नु।
79975 लुडबुड्याउनु स.क्रि. २. गुडाउनु; पल्टनबाजी खुवाउनु।
79976 लुडो ना. केटाकेटीहरूले खेल्ने एक प्रकारको खेल।
79977 लुण्ठन ना. १. बलजफ्तीसँग अर्काको धनमाल लिने काम; लुट चोरी।
79978 लुण्ठन ना. २. लोट्ने वा पछारिने काम।
79979 लुण्ठन ना. ३. गुड्ने काम; लडीबुडी गर्ने काम।
79980 लुण्ठित वि. १. लुटबाट ल्याइएको; चोरिएको।
79981 लुण्ठित वि. २. पछारिएको; लडेको।
79982 लुण्ठित वि. ३. गुडेको।
79983 लुतुक्क क्रि.वि. १. ओइलाएर लत्रिने गरी।
79984 लुतुक्क क्रि.वि. २. ज्यादा पाकेर गल्ने चालले।
79985 लुतुरे / लुतुरो ना. १. लुगाफाटोको ससानो धरो; लुन्द्रो।
79986 लुतुरे / लुतुरो ना. वि. २. निर्धो; दुब्लो; लुखुरो; लुतुरे।
79987 लुते वि. १. लुतो आएको वा लुतो भएको; लुताको रोगी।
79988 लुते वि. २. बल नभएको; दुब्लो; फितलो; लुरे।
79989 लुतेङ्ग्रो वि. १. लुतुरो; लुत्याङ्ग्रो।
79990 लुतेङ्ग्रो वि. २. रोगी; पिलन्धरे; रोगाहा।
79991 लुतो ना. ज्यादै चिलाउने र बाक्ला बिमिरा उठेर पाक्ने खटिराविशेष।
79992 लुतो न कन्याइ ना. काम पनि नहुने नाम पनि नहुने अथवा हर्षविस्मात केही नभएको अवस्था (उदा. - हामीलाई पो व्यवहार चलाउन गाह्रो पर्यो, तिम्रा त कोही छैनन् - लुतो न कन्याइ)।
79993 लुत्त क्रि.वि. १. लेदो पदार्थ ज्यादा पाकेर खस्ने गरी; लत्।
79994 लुत्त क्रि.वि. २. झट्ट पस्ने वा निस्कने चालले; ल्वात्त; सुत्।
79995 लुत्त क्रि.वि. सात. लुतुतुतु।
79996 लुत्तिनु अ.क्रि. १. इज्जत, प्रतिष्ठा, पद वा ओहदा आदिबाट च्युत हुनु; खुत्तिनु; निकालिनु।
79997 लुत्तिनु अ.क्रि. २. नष्ट हुनु; बिग्रनु।
79998 लुत्तिनु अ.क्रि. ३. भत्कनु; पहिरो जानु।
79999 लुत्त्याइ ना. लुत्तिने भाव वा क्रिया प्रक्रिया।
80000 लुत्त्याइनु क.क्रि. खुत्त्याइनु।