Dictionary

All Word

79851 लँड्याइनु क.क्रि. लुँड्याउने काम गरिनु; लुँडो पारिनु।
79852 लुँड्याउनु स.क्रि. / प्रे. क्रि. १. लुँडोजस्तो बनाउनु; लुँडी पार्नु।
79853 लुँड्याउनु स.क्रि. / प्रे. क्रि. २. गुजुल्ट्याउनु।
79854 लुँड्याउनु स.क्रि. / प्रे. क्रि. ३. बटार्नु; बाट्नु।
79855 लुँड्याउनु स.क्रि. / प्रे. क्रि. ४. गाईबस्तुले सागपात आदि जथाभाबीसँग खानु।
79856 लुँड्याउनु स.क्रि. / प्रे. क्रि. ५. मान्छेले सागपात आदि मनपरीसित टिप्नु।
79857 लुँड्याउनु स.क्रि. / प्रे. क्रि. ६. जेजस्तो पायो सबै लैजानु।
79858 लुँड्याउनु स.क्रि. / प्रे. क्रि. ७. पाएजति सबै खानु; हसुर्नु।
79859 लुँदरी वि. मोटोघाटो शरीर देखिएर पनि दह्रो भएर काम गर्न नसक्ने; साह्रै असमर्।
79860 लँदो लँदो पोस लागेर, बुढ्याइँले वा रोगले शरीरमा झोलिएको मासुको लोलो; जिउमा लट्किएको छाला।
79861 लुइँचे ना. वनजङ्गलमा हुने कुखुरो; जङ्गली कुखुरो।
79862 लुइँलुइँ क्रि.वि. एकोहोरिएर सरासर तीव्र वेगसाथ हिँड्दै; लमकलमक; लसलस; लसकलसक; फटाफट।
79863 लुक्नु अ.क्रि. १. नदेखिने गरी कुनै ठाउँमा बस्नु; छिप्नु; दबिनु।
79864 लुक्नु अ.क्रि. २. अदृश्य हुनु; अलप हुनु; छेकिनु; अल्पिनु।
79865 लुक ना. उत्तरी भेगमा पाइने एक जातको भेडा।
79866 लुकाइ ना. लुक्ने भाव, क्रिया वा प्रक्रिया।
79867 लुकाइनु क.क्रि. लुक्न लाइनु; छिपाइनु।
79868 लुकाउनु स.क्रि. अरूले नदेख्ने गरी राख्नु; दबाउनु; छिपाउनु।
79869 लुकाट ना. खस्रा पात हुने, भुवादार रातो रङ्गका लाम्चाबाटुला र गुलिया फल फल्ने एक जातको बोट वा त्यसैको फल।
79870 लुकामारी ना. १. परस्परमा लुक्ने र फेला पार्ने गरी खेलिने प्रसिद्ध बालखेल; कुक्कु।
79871 लुकामारी ना. २. परस्परमा लुक्ने काम; लुकालुक।
79872 लुकाल ना. जाकनामा लादिने वा बोकाइने छाला मोडेको दुईमुखे थैली।
79873 लुकालुक ना. १. आपसमा लुक्ने काम।
79874 लुकालुक ना. २. लुकामारी।
79875 लुकाहा वि. लुक्ने स्वभावको; लुकुवा।
79876 लुकिनु अ.क्रि. नदेखिने हुनु; छिपिनु।
79877 लुकीचोरी क्रि.वि. १. थाहै नदिईकन; गोप्य तवरले।
79878 लुकीचोरी क्रि.वि. २. लुकीछिपी।
79879 लुकीछिपी क्रि.वि. गोप्य तवरले; लुकीचोरी।
79880 लुकुनी ना. मिहीन राडीबाट सिएर तयार गरिएको जिउमा लगाउने एक प्रकारको न्यानो कपडा।
79881 लुकुवा वि. लुक्ने स्वभावको; लुकाहा।
79882 लुकुवा बाटो ना. चोरबाटो।
79883 लुकुवा मासु ना. लुगा लाएको बेला छरितो देखिने र फुकाल्दा मोटो देखिने जिउडाल।
79884 लुखुरलुखुर क्रि.वि. १. कसैलाई पछ्याएर वा कसैको आज्ञा मानेर हिँड्ने चालले; लुरुलुरु।
79885 लुखुरलुखुर क्रि.वि. २. झल्लिएर भौँतारिने गरी।
79886 लुखुरलुखुर क्रि.वि. ३. विवश भएर हिँड्दै।
79887 लुखुरे वि. लिखुरे।
79888 लुखुरो वि. लिखुरे।
79889 लुगलुग क्रि.वि. चर्को जाडो, भय, त्रास वा रोग आदिका कारणले शरीरमा कम्प आउने गरी; लगलग; थरथर; थुरथुर।
79890 लुगलुगती/ लुगलुगी क्रि.वि. अझै लुगलुग भएर।
79891 लुगलुगती/ लुगलुगी क्रि.वि. लुगलुगे - वि. लुगलुग कँपाउने; थुरथुर पार्ने (जाडो)।
79892 लुगा ना. १. जिउमा लगाउने कपडा; पोसाक।
79893 लुगा ना. २. ओढ्नेओछ्‌याउने; सिरकडसना आदि।
79894 लुगा ना. ३. कपडा; वस्त्र।
79895 लुगाफाटो ना. वस्त्रहरूको समूह; लत्ताकपडा।
79896 लुगा भत्ता ना. स्थायी सेवामा रहेका पदाधिकारी वा उच्च ओहदाका व्यक्तिलाई विदेशभ्रमण गर्दा नियमानुसार लुगा किन्न दिइने निश्चित रकम।
79897 लुग्दी ना. कागत बनाउन रुखका बोक्राबाट बनाइएको लेदो; कागतको लेदो (पल्प)।
79898 लुच्चो वि. १. झुटो कुरा गरेर वा छकाएर अरूको रुपियाँपैसा ठग्ने; लुछेर लिने; धुतार; ठग।
79899 लुच्चो वि. २. ढँटुवा; चेपारे।
79900 लुच्चो वि. ३. धूर्त; फटाहा।