Dictionary

All Word

79751 लिफा ना. १. वादीप्रतिवादी, उजुर, बिन्तीपत्र आदि लेख्ने दस्तुरसहितको फारम।
79752 लिफा ना. २. दायाँबायाँ औँठाछाप र सहीछाप गरी राखिएको वा कसैलाई दिइएको खाली कागज।
79753 लिफाफा ना. चिठीपत्र हालेर बन्द गर्ने कागजको खोल; लिफा; खाम।
79754 लिफ्ट ना. १. अग्ला भवनमा मानिस आदि तल वा माथि पुऱ्याउन जडिएको विद्युत्द्वारा सञ्चालित भऱ्याङ; उत्तोलक यन्त्र।
79755 लिफ्ट ना. २. अर्काको सबारी साधन चढ्न दिने मौका।
79756 लिबलिब क्रि.वि. १. जिब्रो चलाउने वा चाट्ने गरी; लपलप; ल्यापल्याप।
79757 लिबलिब क्रि.वि. २. खानामा ज्यादै लोभिने चालले।
79758 लिबलिबती / लिबलिबी क्रि.वि. अझै लिबलिब हुने गरी।
79759 लिब्री ना. १. किलकिले; लिगलिगे।
79760 लिब्री ना. २. सानो जिभ्री।
79761 लिमिटेड ना. परिमित; सीमि।
79762 लिमिटेड कम्पनी ना. सेयरवालाहरूको दायित्व उठाउन निजहरूले कबुलियत गरेको सेयरको अधिकतम परिमाणसम्म मात्र कारोबार सीमित हुने गरी कम्पनी कानुनबमोजिम दर्ता गरिएको व्यापारी संस्था।
79763 लिम्बु ना. हे. लिम्बू।
79764 लिम्बू ना. लिम्बूवानक्षेत्रमा बस्ने एक किराँत जाति।
79765 लिम्बूवान ना. दीर्घकालदेखि लिम्बू जातिको स्थायी बसोबासो भएको कोसी र मेची अञ्चलका पहाडी क्षेत्र।
79766 लिरबिर क्रि.वि. १. लरबरिने गरी।
79767 लिरबिर क्रि.वि. २. बिस्तारै चलमलाएर।
79768 लिरा ना. इटाली देशको राष्ट्रिय मुद्रा।
79769 लिरिङबिरिङ ना. १. बिस्तारै छुवाएर चलाउने काम; लुलो चालले हल्लाउने काम।
79770 लिरिङबिरिङ ना. क्रि.वि. २. त्यसरी चलाउने वा हल्लाउने गरी।
79771 लिलाम ना. कुनै डाँक बोलेर सबभन्दा बढी मोल दिने वा हद मोल बोल्नेवालालाई माल बिक्री गर्ने काम; डाँक।
79772 लिलाम घर ना. लिलाम गर्ने निर्दिष्ट स्थान।
79773 लिलाम बिक्री ना. लिलाम।
79774 लिलामी वि. १. लिलाममा खरिद वा बिक्री गरिएको।
79775 लिलामी वि. २. लिलामसम्बन्धी; लिलामको।
79776 लिवाइ ना. लिने भाव, क्रिया वा प्रक्रिया।
79777 लिसिङपिसिङ क्रि.वि. १. जसोतसो; येनकेन।
79778 लिसिङपिसिङ क्रि.वि. ना. २. सानोतिनो कामधन्दा; लिसीपिसी।
79779 लिसीपिसी क्रि.वि. १. मन नदिई सुस्तीका सा।
79780 लिसीपिसी क्रि.वि. ना. २. सानोतिनो वा नगण्य कामधन्दा; लिसिङपिसिङ।
79781 लिसे वि. लिसोजस्तो टाँसिने; पिछा लाग्ने।
79782 लिसे टाँगो लिप-लिसे ना. १. लिसो टाँसेको टाँगो।
79783 लिसे टाँगो २. तुच्छ उद्योग।
79784 लिसे टाँगो ३. दीर्घसूत्री चाल।
79785 लिसो ना. १. खोटो, तेल आदि मिलाई सूर्यपाक गरेर तयार पारिएको च्याटच्याटे पदार्।
79786 लिसो ना. २. रुखबाट निस्कने लेसाइलो चोप; गुँद; खोटो।
79787 लिसो ना. ३. रुखमा मजबुतीसाथ टाँसिएर रहने एक लहरो।
79788 लिसो ना. ४. मन नपरीकन पनि धेरै समयसम्म बसिरहने मानिस वा वस्तु।
79789 लिस्टे / लिस्टो वि. १. कन्जुस; मक्खीचुस; लोभी; लिस्टे।
79790 लिस्टे / लिस्टो वि. ना. २. एक जातको चरो।
79791 लिस्ती ना. १. झ्यालढोका आदिमा काँच, फल्याक आदि जड्नका लागि चारैतिर जडिने काठ आदिको पातलो फ्रेम वा साधन।
79792 लिस्ती ना. २. घरभित्र बिजुलीको तार सुरक्षितसँग जड्न भित्तामा ठोकिएको मोटाइचौडाइ कम भएको लामो काठ।
79793 लिस्नु ना. १. एउटै खाँबो बिचबिचमा कपेर खुड्किलो पारिएको भऱ्याङ; एकखुट्टे भऱ्याङ; अखटो।
79794 लिस्नु ना. २. भञ्ज्याङ।
79795 लिस्नु ना. ३. खुड्किलो; सिँढी।
79796 लिस्याइलो वि. १. मसिनो र टाँसिएलाजस्तो।
79797 लिस्याइलो वि. २. च्याटच्याट लाग्ने; टाँसिने।
79798 लिहल वि. कानुनी रूपमा लिएको, प्राप्त गरेको (तमसुक आदिमा मात्र प्रयुक्त हुने शब्द)।
79799 लिहल गत कानुनी रूपमा तमसुक लेखेर सापट लिइएको (रुपियाँपैसा)।
79800 लिहिली ना. कौकामीहरूले भाँडाबर्तनहरू बनाउँदा तल राख्ने फलामको अचानु; ली।