Dictionary

All Word

79601 लिइनु क.क्रि. लिने काम गरिनु; ग्रहण गरिनु।
79602 लिउँचिउँ क्रि.वि. जसोतसो; जसरीतसरी; येनकेन।
79603 लिउ ना. १. एक प्रकारको ऊनी सतरन्जा वा दरी।
79604 लिउ ना. २. चौँरी गाईको रौँबाट बनाइएको राडी।
79605 लिउन ना. गोबर, भुस आदिको अनुपात मिलाई घरको भित्तामा लेपिने पदार्।
79606 लिक ना. १. रेलगाडी गुड्नका लागि फलामको पातो बिछ्याएको बाटो।
79607 लिक ना. २. बयलगाडी आदिका पाङ्ग्रा गुड्दा बनेको डुँडजस्तो डोब वा धर्सो; गोरेटो।
79608 लिक्कोमङ ना. बिफर, दादुरा आदिले गाउँमा प्रवेश नगरोस् भन्नाका निम्ति गरिने, राईलिम्बुमा प्रचलित एक किसिमको पूजा।
79609 लिक्ष ना. वास्तु तथा मूर्तिकलामा प्रयुक्त हुने आठ रौँको टुप्पो बराबरको नापो।
79610 लिखत ना. १. कानुनी दृष्टिबाट रुपियाँपैसाको लेनदेन, जग्गाजमिनको सुक्रीबिक्री आदि कारोबार गर्दा लेखिएको रीतपूर्वकको कागत ( तमसुक, राजीनामा, बकसपत्र आदि)।
79611 लिखत ना. २. अक्षर, अङ्क, चिह्न आदिद्वारा अभिलेख गरिएका र मुद्दामामिलामा प्रमाणस्वरूप पेस गर्न सकिने वा प्रमाणका निम्ति लाग्ने कागजपत्र।
79612 लिखत ना. ३. दुई पक्षका बिचमा कुनै कामकुराबारे परस्पर सम्झौताका सर्तहरू लेखिएको पत्र।
79613 लिखत पत्र ना. लिखतको कागज।
79614 लिखत पास ना. जग्गाजमिन आदिको बेचबिखन, रुपियाँपैसाको लेनदेनसम्बन्धी कागजपत्र ऐनकानुनबमोजिम सम्बन्धित अड्डामा पास गराउने काम।
79615 लिखत बदर ना. सम्बद्ध प्रयोजनका निम्ति तयार पारिएको कागजपत्र कच्चा भएका कारणले सदर नहुने काम वा अवस्था; फैसला आदि हुँदा कानुनअनुसार लिखतमा भएका कुराको टुटाइ वा उल्टाइ।
79616 लिखा ना. जुम्रा, उडुस आदिको फुल।
79617 लिखा टिपाइ ना. १. चानचुने फाइदा वा लाभ।
79618 लिखा टिपाइ ना. २. धेरैतिरबाट बटुल्ने काम।
79619 लिखा टिपाइ ना. ३. झर्कोलाग्दो काम।
79620 लिखा टिपुवा वि. १. लिखा टिपिरहने।
79621 लिखा टिपुवा वि. २. रोगले खाएको वा सताएको; साह्रै दुब्लो।
79622 लिखा टिपुवा वि. स्त्री. लिखाटिपुवी।
79623 लिखित वि. १. लेखिएको; रचिएको।
79624 लिखित वि. २. रङ भरिएको।
79625 लिखित वि. ३. कनै उद्देश्यले कसैलाई लेखेर दिइएको वा आज्ञा, आग्रह गरिएको (लिखित अनुरोध, लिखित आदेश, लिखित बहस आदि)।
79626 लिखित वि. ना. ४. लेखोट; लिखि।
79627 लिखित परीक्षा ना. प्रश्नको उत्तर लिखित रूपमा दिनुपर्ने प्रकारको परीक्षा।
79628 लिखितम् ना. १. लिखित लेखोट।
79629 लिखितम् ना. २. तमसुकका सुरुको बेहोरामा आफू लिखित रूपले सम्बद्ध रहेको देखाउन प्रयोग हुने शब्द।
79630 लिखु ना. १. नेपालको कोसी अञ्चलअन्तर्गत सप्तकोसीक्षेत्रमा बग्ने एक खोलो, लिखु खोलो;।
79631 लिखु ना. वि. २. सानो खालको वा डाँठ झिनो भएको उखु।
79632 लिखुटे वि. हे. लिखुरे।
79633 लिखुरी ना. १. लिखुरोको पोथी रूप।
79634 लिखुरी ना. २. धान, गहुँ आदि बत्ताउँदा हावाका निम्ति हम्कने उपकरण।
79635 लिखुरी ना. ३. धान आदि बत्ताउन धारो हाल्दा बतास बोलाउने शब्द।
79636 लिखुरे वि. साहै दुब्लो; सिकुटे; लिखुरे; फुकीढल; लिखुरो; लिखुर्के; लिखुटे।
79637 लिखुरो वि. साह्रै सानो र दुब्लोपातलो; मरन्च्याँसे; हल्लनटाट (प्रायः भेडा, बाख्रा आदिको पाठो )।
79638 लिखेटो ना. कपाल कोर्ने काइँयाको माझमाझमा मसिना सिन्का हालेर फट्टाउँदा अरू दाँत अझ बाक्ला पारेको र कोर्दा लिखा ल्याउने साधन; लिखौटो।
79639 लिखो ना. जुम्रा, उडुस आदिको फुल।
79640 लिखौटो ना. हे. लिखेटो।
79641 लिग ना. १. सङ्घ; संस्था, जमात (जस्तो- गोर्खा लिग, मुस्लिम लिग आदि)।
79642 लिग ना. २. सम्झौता; सन्धि।
79643 लिग ना. ३. साँध; सीमा।
79644 लिगलगा ना. साँध-सिमाना; हाता।
79645 लिगलिगे ना. घाँटीभित्र कण्ठनिर झुन्डिएको पातलो सानो अवयव; किलकिले।
79646 लिगेसन ना. १. राजदूत वा कूटनैतिक प्रतिनिधिहरूको मण्डली।
79647 लिगेसन ना. २. राजदूत बस्ने घर; राजदूतावास।
79648 लिङ्ग ना. पुरुषको जननेन्द्रिय; शिश्न।
79649 लिङ्ग ना. २. स्त्री र पुरुष छुट्ट्याउने प्राणीका शरीरको चिह्न।
79650 लिङ्ग ना. ३. मूर्ति वा प्रतिमाका रूपमा पूजित हुने शिवलिङ्ग।