Dictionary

All Word

79451 लामिडाँडा ना. २. धादिङ जिल्लादेखि नुवाकोट जिल्लासम्म फिँजारिएको डाँडो।
79452 लामिडाँडे वि. लामिडाँडामा हुने वा बस्ने।
79453 लामो वि. १. धेरै परसम्म पुगेको; लमाइ बढ्ता भएको; दीर्घ; लम्बे।
79454 लामो वि. २. पछिसम्म रहने।
79455 लामो हात ना. चोर्ने काम वा आदत; चोरी।
79456 लाम्काने वि. लामा कान भएको; लम्कन्ना।
79457 लाम्कीरो ना. हे. लामकिरो।
79458 लाम्खुट्टे ना. हे. लामखुट्टे।
79459 लाम्चिनु अ.क्रि. लाम्चो हुनु; लम्बिनु।
79460 लाम्चिलो वि. लाम्चोलाम्चो खालको; लम्स्याइलो।
79461 लाम्टाङे वि. लामघारे।
79462 लाम्टो ना. १. शरीरको दुध आउने अवयव; स्तन; थुन।
79463 लाम्टो ना. २. झोलिएको थुन; शिथिल स्तन।
79464 लाम्टो ना. ३. दुधको मुन्टो।
79465 लाम्टो ना. ४. मासुको लूँदो।
79466 लाम्पाटो ना. मूल पाटोभन्दा मुनिको बारीको लाम्चो पाटो।
79467 लाम्पाते ना. १. सुर्तीविशेष।
79468 लाम्पाते ना. २. लसुनको पा।
79469 लाम्पाते ना. ३. साह्रो काठ हुने एक जातको रुख।
79470 लाम्पाते ना. वि. ४. लामो पात भएको।
79471 लाम्पुछ्रे ना. हे. लामपुच्छ्रे।
79472 लायक वि. १. असल गुण भएको; योग्य।
79473 लायक वि. २. सुहाउँदो; उपयुक्त; मनासिब।
79474 लायक वि. ३. तन्दुरुस्त; स्वस्थ; समर्।
79475 लायक वि. ४. ठिक; उचि।
79476 लायक वि. ५. माफिक; मुताबिक।
79477 लायक वि. ६. मिल्दो; अनुकूल; दुरुस्।
79478 लायक वि. ७. सत्य; यथार्।
79479 लायकिलो वि. लायक भएको।
79480 लायकिलो वि. लायकी - ना. लायक हुनाको भाव वा अवस्था; योग्यता।
79481 लार ना. धानको बाला काटिसकेपछि खेतमा बाँकी रहेको छोटो भेट्नु।
79482 लारी ना. डन्डीबियोको एक खेल।
79483 लार्के ना. १. नेपालको पश्चिमाञ्चल विकास - क्षेत्रअन्तर्गत गण्डकी अञ्चलमा पर्ने एक हिमाल वा त्यहाँको घाटी।
79484 लार्के ना. (हिउँ पग्लेको बेला यहाँबाट भोटतर्फ आवतजावत गर्ने गरिन्छ)।
79485 लार्के ना. २. भाले ढुकुर।
79486 लार्के ना. ३. कुनै काममा गौण रूपले संलग्न हुने मानिस; मतियार।
79487 लार्के ना. वि. ४. पुच्छर लागेर हिँड्ने वा एक ठाउँको कुरो अर्को ठाउँमा पुऱ्याएर फाटो पार्ने।
79488 लार्भा ना. फुलबाट निस्कने, जीवजन्तुको प्रारम्भिक रूप।
79489 लाल १ ना. १. बालक; बच्चो; लाला।
79490 लाल १ ना. २. छोरो; पुत्र।
79491 लाल २ वि. रातो।
79492 लाल २ वि. ना. २. रातो गेडी; लालगेडी।
79493 लाल २ वि. ३. एक मासाको दसौँ भाग वा एक तोलाको सयौँ भाग; रत्ती।
79494 लालक वि. दयामाया वा लालनपालन गर्ने; भरणपोषण गर्ने।
79495 लालच/लालचा ना. १. कुनै वस्तु पाउने तीव्र इच्छा; लालसा; तिर्सना।
79496 लालच/लालचा ना. २. अति लोभ; अनुचित इच्छा।
79497 लालची वि. लालच गर्ने; लोभी।
79498 लालटिन / लालटिनी/ लालटेन ना. मटीतेल हालेर बालिने, चिम र उझन्डो भएको एक प्रकारको बत्ती।
79499 लालढड्डा ना. पल्टनिया जवानका खान्कीको दर्ताबही।
79500 लालन ना. स्नेहको व्यवहार; लाडप्यार; पुलपुल्याहट।