Dictionary

All Word

79301 लाञ्छना ना. २. अपवाद; निन्दा।
79302 लाञ्छित वि. लाञ्छना लगाइएको; दोषी तुल्याइएको; कलङ्कि।
79303 लाटलुट १ ना. जुठो चिज छरिएर बिटुलिने काम; लसपस; छातछू।
79304 लाटलुट २ ना. जबर्जस्ती खोस्ने र लुट्ने काम; खोसमोस; लुटपिट।
79305 लाटा ना. १. मकै पाक्ने बेलामा बोटमा बस्ने पहेँलो किरो; मकैकिरो।
79306 लाटा ना. २. बालकहरूको खेलमा प्रयोग हुने एक शब्द।
79307 लाटा ना. वि. ३. लाटो; लट्ठक।
79308 लाटागाँडा वि. लठेप्रो; लाटो; ग्वाँजे; लाटोगाँडो।
79309 लाटानुप्रास ना. अनुप्रास शब्दालङ्कारको एक भेद; समानार्थक शब्दको आवृत्ति हुने तर अन्वय गर्दा भेद प्रतीत हुने एक शब्दालङ्कार।
79310 लाटिनु अ.क्रि. १. लाटो हुनु; लठ्याङ्ग्रिनु।
79311 लाटिनु अ.क्रि. २. रोगले मुख बिग्रेर जिभ्राले स्वाद थाहा नपाउने हुनु।
79312 लाटिनु अ.क्रि. ३. शरीरका अङ्गमा अचेतन वा जडता पैदा हुनु; बोधो हुनु।
79313 लाटी १ ना. काव्यशास्त्रअनुसार वैदर्भी र पाञ्चाली रीतिका बिचको एक रीति।
79314 लाटी २ वि. १. बोल्न नसक्ने; मुखबाट शब्द उच्चारण गर्न नसक्ने (स्त्री)।
79315 लाटी २ वि. २. लठ्यौरी।
79316 लाटी २ वि. ३ सोझो नियतकी; सुधी।
79317 लाटी २ वि. ४. मूर्ख; बद्धिहीन (स्त्री)।
79318 लाटीकाठ ना. लाम्चो आकारको पात हुने एक जातको रुख।
79319 लाटीको साल ना. अलपत्रे चाला।
79320 लाटी बुड्यानी ना. १. धामीविद्याअनुसार बुड्यानीका तीन बहिनीमध्ये एउटी; पूतना।
79321 लाटी बुड्यानी ना. २. रोगको एक भेद; मधौरुलाई विचेत पार्ने व्यथा।
79322 लाटो वि. १. बोल्न नजान्ने; बेला पुगेर पनि बोली नफुटेको; अबोला।
79323 लाटो वि. २. लठ्यौरो; ग्वाँगे; लठेप्रो।
79324 लाटो वि. ३. मूर्ख; जड।
79325 लाटो वि. ४. सुधो; साधु।
79326 लाटो वि. ५. निमुखा।
79327 लाटो वि. ६. नुन, पिरो, चिनी आदि नपुगेको; चखिलो नभएको; बेस्वादिलो (तरकारी, अचार आदि)।
79328 लाटोकोसेरो ना. राती मात्र आँखा देख्ने, दिउँसो अन्धो हुने एक जातको चरो; भूल्को; उल्लु; उल्लूक।
79329 लाटोगाँडो वि. १. नबोल्ने र गाँड उम्रेको; लाटो र गाँडो।
79330 लाटोगाँडो वि. २. अबुझ; बुद्धिहीन।
79331 लाटोगाँडो वि. ३. सहारा नभएको; निस्सहाय।
79332 लाटोघाँस ना. चिसो ठाउँमा हुने एक प्रकारको घाँसे रुख।
79333 लाटोरिस ना. हतपती नउठ्ने, उठेपछि शान्त नहुने र केही गरिछाड्ने रिस वा झोक।
79334 लाटो सुधो वि. १. लाटो र सुधो।
79335 लाटो सुधो वि. २. सिधासाधा; साधारण खालको।
79336 लाठ १ ना. राणाकालमा कमान्डरइनचीफभन्दा मुनिको प्रमुख सैनिक दर्जा; प्रधान सेनापति; जङ्गीलाठ।
79337 लाठ २ वि. १. घस्टिएर पुरानोजस्तो भएको; बिसम्भार भएर धुस्निएको; लास्ट ( लुगाफाटो आदि)।
79338 लाठ २ वि. २. बिग्रेको; बरबाद।
79339 लाठ ३ ना. १. साइकलको पाउदान वा चक्का अड्याउने बिचको किलो; धुरा; धुर।
79340 लाठ ३ ना. २. कलपुर्जाको एक अवयव।
79341 लाठी ना. लट्ठी।
79342 लाठी चार्ज ना. जुलुस आदि भिड हटाउन गरिने लाठीको प्रहार; लाठीमुङ्ग्री।
79343 लाठीप्रहार ना. लाठीचार्ज।
79344 लाठीमुङ्ग्री ना. जे पायो त्यसैले अरूलाई प्रहार गर्ने काम; परस्परमा लाठो र मुङ्ग्रोले कुट्ने काम; पिटापिट।
79345 लाठे वि. १. जवान; लायक; समर्थ; तन्दुरुस्त; लक्का जवान।
79346 लाठे वि. ना. २. रोपाइँमा कोदालीको काम गर्ने पुरुष खेतालो।
79347 लाठो ना. लौरोभन्दा ठुलो र लामो कुट्ने साधन।
79348 लाड ना. केटाकेटीलाई गरिने पुलपुल्याहट र माया।
79349 लाडिनु अ.क्रि. १. लाडे हुनु; पुलपुलिनु; प्यारो बन्न खोज्नु।
79350 लाडिनु अ.क्रि. २. बालकजस्तो बन्नु; केटाकेटीको जस्तो बानी गर्नु।