Dictionary

All Word

79251 लागिपरिनु अ.क्रि. लागिपर्ने काम गरिनु; तन्मयतासाथ लागिनु।
79252 लागिमेली क्रि.वि. लाग्ने र जुट्ने किसिमले; सघाउने रूपमा।
79253 लागु ना. १. मादक वस्तु वा नशादार पदार्थ (रक्सी, गाँजा, भाङ, जाँड इ.)।
79254 लागु ना. २. लागभाग; लागो।
79255 लागु ना. ३. ऐन, नियम, आदेश आदिलाई प्रभावशाली तुल्याउने वा व्यवहारमा ल्याउने काम।
79256 लागु ना. ४. प्रमाणित हुने काम; ठिक ठहर।
79257 लागु ना. वि. ५. तल्लीन भई काममा लागेको; लग्गु; आसक्।
79258 लागु ना. ६. पल्केको; अनुरक्।
79259 लागुभागु ना. १. लागभाग।
79260 लागुभागु ना. २. मादक पदार्।
79261 लागु वस्तु ना. मादक पदार्थ (गाँजा, भाङ, चरेस, अफिम, रक्सी इ.); लागु।
79262 लागू ना. हे. लागु।
79263 लागूभागू ना. हे. लागुभागु।
79264 लागो ना. १. भूतप्रेतको छाया वा बाधा; लागभाग।
79265 लागो ना. २. डाइनी, बोक्सी, धामीहरूको खेल।
79266 लाग्दो वि. १. हुँदो; भेट्दो ( जस्तो लाग्दो साँझ, छोड्दो दिन)।
79267 लाग्दो वि. २. लाग्नेजति; चाहिँदो; जरुरत परेजति।
79268 लाग्दो वि. ३. अरू शब्दका पछाडि गाँसिएर लाग्ने; अनुभव हुने अर्थ जनाउने शब्द (जस्तो- मायालाग्दो, उराठलाग्दो, डरलाग्दो इ.)।
79269 लाग्ने वि. १. तिखो धार भएको; धारिलो (खुकुरी, छुरा आदि)।
79270 लाग्ने वि. २. छुच्चो; मुखाले।
79271 लाग्ने वि. (उदा.- उसको मुख असाध्य लाग्ने भएर आएको छ)।
79272 लाघव ना. १. लघु हुनाको भाव वा अवस्था; लघुता।
79273 लाघव ना. २. अल्पता; न्यूनता; क्षुद्रता; कमी।
79274 लाङ ल्होसार (लोसार) ना. महायानबौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष।
79275 लाचार वि. १. कुनै उपाय गर्न नसक्ने अवस्थाको; विवश; बाध्य।
79276 लाचार वि. २. असमर्थ; अशक्।
79277 लाचार वि. ३. साबित; कायल; हैरान।
79278 लाचारी ना. लाचार हुनाको भाव; विवशता।
79279 लाछ्नु स.क्रि. बोक्रा लछार्नु; तोड्नु; चुँड्नु।
79280 लाछ्लुछ ना. १. लाछ्ने र लुछ्ने काम; लुछाचुँडी; लुछलाछ।
79281 लाछ्लुछ ना. २. खोसाखोस; लुटलाट।
79282 लाछा ना. १. आइमाईहरूले चुल्ठामा गाँसेर लगाउने रौँको लच्छा।
79283 लाछा ना. २. एक सेरको सनपाटको मुठो।
79284 लाछाडोरी ना. चुल्ठो समात्न र लामो पार्न आइमाईले लाउने तीन लुर्का भएको धागाको गुच्छो।
79285 लाछिनु क.क्रि. बोक्रा लछारिनु; लोडिनु; चुँडिनु।
79286 लाछी वि. १. साहस वा ह्याउ नभएको; निर्धो; काँथर; नामर्द।
79287 लाछी वि. २. धक वा लाजले अरूको अगाडि बोल्न नसक्ने।
79288 लाछी वि. ३. ना. भेट्नुसमेत टिपिएको भोर्लाका पातको मुठो।
79289 लाछी वि. ४. पहाडतिरका घरको सामुन्ने भागको बरन्डा।
79290 लाछी वि. ५. घरका पाखामा गाँसेको छानु।
79291 लाज ना. मान्य जनका सम्मुख पर्दा वा अनुचित कामकुरा, व्यवहार आदि भएको अनुभव गर्दा हुने धक वा सङ्कोच; लज्जा; सङ्कोच।
79292 लाजगाल ना. १. जसरीतसरी; जसोतसो।
79293 लाजगाल ना. २. इज्जत; प्रतिष्ठा; लोकलज्जा।
79294 लाजभाँड ना. सभा, समाज वा मान्य जनका सामुन्ने बोल्न नहुने कुरो; अश्लील वचन; लाज लाग्ने कुरो।
79295 लाजमर्दो वि. ज्यादै लाजलाग्दो; लाजले भुतुक्क पार्ने।
79296 लाजा ना. १. धान भुट्दा उठ्ने फूल; भुटेको धान; लावा।
79297 लाञ्छन ना. १. दाग; धब्बा; टाटो।
79298 लाञ्छन ना. २. कलङ्क; दोष; बात; आरोप।
79299 लाञ्छन ना. 3. चिह्न; निसान; निसानी।
79300 लाञ्छना ना. १. कलङ्क; अभियोग; दोष; लाञ्छन।