Dictionary

All Word

79101 लहरे चित्र ना. लहरै क्रम मिलाइएको फिल्मी चित्र।
79102 लहरे च्याउ ना. रुखमा उम्रने सेतो रङ्गको फूलजस्तो खान हुने लहरादार च्याउ।
79103 लहरे जाई ना. ओलियसी समूहको एकथरी सेतो फूल।
79104 लहरे तिथि ना. सोह्र श्राद्ध।
79105 लहरे दही ना. जमेको बाक्लो दही।
79106 लहरेदार वि. लहरा भएको।
79107 लहरे दुबो ना. केही साना पात, छोटा आँख्ला र लामो लहरा हुने दुबो विशेष।
79108 लहरे धोती ना. मलमल आदि सेतो कपडाको भुइँ हरियो रँगाई चौडाइको भागमा रुखको लहराजस्तो बाङ्गोबाङ्गो धर्सो पर्ने गरी लाम्चो बुट्टा पारिएको जनाना धोती।
79109 लहरे पिपल ना. हाँगाबाट लहरो निस्कने एक जातको पीपल।
79110 लहरे बढाइँ ना. लगातारको बढाइँ।
79111 लहरो ना. थाँक्रो, रुख आदिमा बेह्रिएर चढ्ने वा जमिनमा फैलने लामो बोट, बेलो; लता; झाल; बल्ली।
79112 लहलह क्रि.वि. १. हरिया अन्नका बोट, साग, घाँस आदि भयाम्म भई सप्रने चालसित; हरियोभरिलो हुने गरी।
79113 लहलह क्रि.वि. वि. २. हरिलोभरिलो; लहलहाउँदो।
79114 लहलहाइ ना. लहलहाउने भाव, क्रिया वा प्रक्रिया।
79115 लहलहाइनु अ.क्रि. लहलह होइनु।
79116 लहलहाउँदो वि. लहलह भएको; हरिलोभरिलो।
79117 लहलहाउनु अ.क्रि. लहलह हुनु; हरिलोभरिलो हुनु।
79118 लहस ना. प्रसन्नता; खुसी; आनन्द।
79119 लहसतहस ना. १. लसपस; छूतछात; संसर्ग।
79120 लहसतहस ना. २. गुप्त काम - कुरो ; खासखुस।
79121 लहसाइ ना. लहसाउने भाव, क्रिया वा प्रक्रिया; लहस्याइ।
79122 लहसाइनु अ.क्रि. लहसिने होइनु।
79123 लहसाउनु अ.क्रि. लहसिनु।
79124 लहसिनु अ.क्रि. १. आसक्त हुनु; रत्तिनु; फस्नु।
79125 लहसिनु अ.क्रि. २. इच्छा हुनु; झुक्नु।
79126 लहस्याइ ना. लहसिने वा लहस्याउने क्रियाप्रक्रिया।
79127 लहस्याइनु क.क्रि. प्रेममा अल्झाइनु; आसक्त पारिनु।
79128 लहस्याउनु स.क्रि. आसक्त पार्नु; रत्त्याउनु; झुकाउनु।
79129 लहसुन ना. हे. लसुन।
79130 लहस्याहट ना. लहसिने काम, किसिम वा अवस्था; लहस्याइ।
79131 लहुरी ना. सानो लौरो; लौरी।
79132 लहुरीपिञ्जर वि. साह्रै दुब्लो; सिकुटे; फुकीढल; लौरीपिञ्जर।
79133 लहुरो ना. लौरो; लाठो; लट्ठी; सोट्ठा; दण्डा।
79134 लहै वि.बो. कसैलाई कुनै काममा सतर्क गराउन वा कुनै कुराको जानकारी दिन प्रयोग गरिने शब्द; लौ है।
79135 लहैलहै ना. अर्काको बहकाउ; उल्का; होहल्ला; हाहा।
79136 ला वि.बो. पछुतो, अचम्म, सम्झना आदि व्यक्त गर्दा भनिने शब्द।
79137 ला वि.बो. (उदा.- ला, खसिहाल्यो नि ! ला, मैले त भन्नै पो बिर्सेछु)।
79138 लानु स.क्रि. १. लैजानु; लिएर जानु; लग्नु; ओसार्नु।
79139 लानु स.क्रि. २. उडाउनु; चम्पट पार्नु।
79140 लाँकुरी ना. खरीका छाँटको मसिना लाम्चा पात हुने हाँगाबिँगा हाल्ने रुखविशेष।
79141 लाँक्रो ना. एक बोट उखुको सिङ्गो डाँठ; ढाँक।
79142 लाँडो ना. पुरुष वा नरजातिको मूत्रेन्द्रिय; शिश्न; लिङ्ग।
79143 लाँपु ना. लमी।
79144 लाइट ना. १. टर्च लाइट।
79145 लाइट ना. २. बत्ती।
79146 लाइटर ना. चुरोट आदि सल्काउन पेट्रोल, ग्याँस आदि हालिएको, थिचेर रगडी बालिने विभिन्न आकारप्रकारको हुने एक उपकरण।
79147 लाइन ना. १. पङ्क्ति; जाम; ताँती; हार।
79148 लाइन ना. २. धर्को; रेखा।
79149 लाइन ना. ३. बिजुलीको खम्बामा लगाइएको तार; बिजुलीको करेन्ट।
79150 लाइन ना. ४.।