Dictionary

All Word

79001 ललित वि. ५. लावण्यमय।
79002 ललित वि. ना. ६. प्रस्तुत कार्य वा घटनालाई प्रत्यक्षरूपमा वर्णन नगरेर त्यस्तै अरू कुनै कार्य वा घटनाको उल्लेख गर्दा पर्ने एक काव्यालङ्कार।
79003 ललितकला ना. मनका सूक्ष्म भाव सुकुमार तथा सौन्दर्यपूर्ण रूपमा अभिव्यञ्जित हुने कला अर्थात् वास्तु, मूर्ति, सङ्गीत, चित्र आदि कला (फाइन आर्ट्स)।
79004 ललितपत्तन ना. ललितपुर।
79005 ललितपुर ना. १. काठमाडौँ उपत्यकाभित्रको एक जिल्ला।
79006 ललितपुर ना. २. पाटन सहर।
79007 ललितविस्तार ना. बुद्धको चरित्रको वर्णन गरिएको एक प्रसिद्ध बौद्ध ग्रन्।
79008 ललिते वि. १. रूप र सिपको अभिनय गर्ने।
79009 ललिते वि. २. मिठो कुरा गरेर प्रभाव पार्ने।
79010 ललिते वि. ३. चिप्ला कुरा गरेर अरूलाई मोहित तुल्याउने; बेसारे।
79011 ललित्याइँ ना. ललिते छाँट वा चाल।
79012 ललौरा ना. व्यर्थको गन्थन वा गनगन; ललौरी।
79013 ललौरी ना. १. ललना; ललौरा।
79014 ललौरी ना. २. ललौराको स्त्री रूप।
79015 ललौरीफकौरी ना. ललौरी गाउँदै फकाउने काम।
79016 ललौरीबिलौरी ना. ललौरी गाउँदै बिलौना गर्ने काम; गनगन र बिलौना।
79017 ललौरे वि. ललौरा गाउने; व्यर्थको गन्थन गर्ने।
79018 लल्याकलुलुक क्रि.वि. १. शारीरिक दुर्बलताका कारणले गलेर; क्लान्त हुने गरी।
79019 लल्याकलुलुक क्रि.वि. २. फितलो; लुलो वा लचिलो भएर जता लग्यो उतै हल्लने गरी; थामिन नसक्ने चालसित; लल्याङलुलुङ।
79020 लल्याङलुलुङ क्रि.वि. हे. लल्याकलुलुक।
79021 लव ना. १. सानो भाग खण्ड; टुक्रो।
79022 लव ना. २. थोरै परिमाण; अल्पमात्रा।
79023 लव ना. ३. समयको सूक्ष्म विभाग; छत्तीस निमेषको समय।
79024 लव ना. ४. हानि; नोक्सानी।
79025 लव ना. ५. क्रीडा।
79026 लव ना. ६. ऊनी; पस्मिना।
79027 लव ना. ७. रामका एक छोराको नाम।
79028 लवङ्ग ना. ल्वाङको लहरो वा त्यसैको फूल; ल्वाङ।
79029 लवण ना. १. नुन।
79030 लवण असुर ना. १.शत्रुघ्नद्वारा मारिएको, मधु राक्षसको एक छोरो।
79031 लवण असुर ना. २. एक नरकको नाम।
79032 लवण समुद्र ना. क्षारसमुद्र।
79033 लवणाकर ना. नुनको खानी; समुद्र; जलाशय।
79034 लवणोत्तम ना. सिँधेनुन; यवक्षार।
79035 लवलेश ना. ज्यादै थोरै परिमाण; स्वल्प मात्रा।
79036 लवसुम्लो ना. बारीमा बार बार्न प्रयोग गरिने ठुलो घोचो वा लाठो; गजबार।
79037 लवाइ ना. १. लाउने भाव, क्रिया वा प्रक्रिया; लाउने ढङ्ग।
79038 लवाइ ना. २. पहिरन।
79039 लसकन्डे वि. हलचल गर्न नचाहने; बसेको बस्यै गर्ने।
79040 लसकमसक/लसकलसक क्रि.वि. हात्ती आदि हिँडे झैँ गरी; लस्काइका चालमा।
79041 लसक्क क्रि.वि. लस्कने चालसि।
79042 लसपस १. संसर्ग छातछूत; छुवाछू।
79043 लसपस २. स्त्री र पुरुषका बिचको अनैतिक गुप्त सम्पर्क; व्यभिचार।
79044 लसपसिनु अ.क्रि. लसपस हुनु; संसर्ग हुनु; आसक्त हुनु; लहसिनु; रतिनु; फस्नु।
79045 लसपसे वि. लसपस गर्ने।
79046 लसपस्याइ ना. लसपसिने वा लसपस्याउने क्रियाप्रक्रिया।
79047 लसपस्याउनु प्रे.क्रि. लसपसमा पार्नु।
79048 लसपस्याहट ना. लसपसिने काम, किसिम वा स्थिति।
79049 लसुन ना. सुगन्धराजका जस्ता लामालामा हरिया पात हुने र पोटीका रूपमा कन्द हुने, मसाला तथा औषधीका रूपमा प्रयोग हुने, प्याज वा छ्यापीका जातको बोट वा त्यसको कन्द; लशुन; लहसुन।
79050 लसुने वि. १. लसुन खाने।