Dictionary

All Word

79051 लसुने वि. २. लसुनको जस्तो गन्ध आउने।
79052 लसुने वि. ना. ३. रिट्ठाका जस्ता हरिया र चिल्ला पात हुने, रङ्गीबिरङ्गी फूल फुल्ने एक वृक्षविशेष।
79053 लस्कनु अ.क्रि. हात्ती वा त्यस्तै कुनै मोटो प्राणी हिँड्नु; लम्कनु; हात्ती हिँडे झैँ गरी हिँड्नु।
79054 लस्कर ना. मानिस वा अन्य जीवको लामो ताँती; लर्को; लाम; पङ्क्ति।
79055 लस्करी ना. आइमाईहरूले कानका डिलमा लगाउने मुन्द्री; लस्करीमुन्द्रा।
79056 लस्करी उखु ना. एक जातको ठुलो र मोटो उखु।
79057 लस्करी मुन्द्रा / मुन्द्री ना. नारीले कानका डिलमा लगाउने मुन्द्री; लसकरी।
79058 लस्काइ ना. लस्कने भाव, क्रिया वा प्रक्रिया।
79059 लस्काइनु क.क्रि. लस्कन लाइनु; लस्कने पारिनु।
79060 लस्काउनु प्रे.क्रि. लस्कन लाउनु; लस्कने पार्नु।
79061 लस्किनु अ.क्रि. लसकलसक हिँड्नु; लस्कनु।
79062 लस्को ना. १. लामो फड्को वा पाइलो; लस्काइ।
79063 लस्को ना. २. हत्केलामा लिँदा एकपल्ट घस्न पुग्ने तेल वा सो तेलको घसाइ (जस्तो- एक लस्को तेल )।
79064 लस्को ना. ३. पस्कँदाखेरि पन्युमा एक पटकमा आएको थोरै ढिँडो।
79065 लस्क्याइ ना. लस्किने भाव, क्रिया वा प्रक्रिया।
79066 लस्क्याहट ना. लस्कने काम, किसिम वा ढाँचा; लस्काइ।
79067 लस्टिनु स.क्रि. धेरै बिग्रनु।
79068 लस्त वि. १. रोग, थकाइ आदिका कारणले शिथिल भएको; थकित; लखतरान; क्लान्।
79069 लस्त वि. २. टाँसिएको; आलिङ्गि।
79070 लस्सा ना. गुँद, माड, खोटो आदिमा हुने टाँसिने तत्त्व; लेसाइलोपन; च्याटच्याट लाग्ने गुण।
79071 लस्सादार वि. लस्सा भएको; लेसाइलो।
79072 लस्सालु वि. लस्सादार।
79073 लस्सी ना. दहीबाट तयार पारिएको एक प्रकारको स्वादिलो सर्बत वा पेय वस्तु।
79074 लहँगा ना. १. आइमाईहरूले कमरमा इँजारले बाँधी फरियाको सट्टा लगाउने एक अधोवस्त्र।
79075 लहँगा ना. २. लोकनाचमा मारुनीले लगाउने एक प्रकारको लामो वस्त्र।
79076 लहटे ना. लाहासम्बन्धी काम गर्ने एक वर्ग वा जाति।
79077 लहड ना. १. तरङ्ग; तर्कना; विचार।
79078 लहड ना. २. इच्छा; आकाङ्क्षा।
79079 लहड ना. ३. आमोद; विलास।
79080 लहडबाजी ना. लहड।
79081 लहडी वि. लहड गर्ने स्वभावको; तरङ्गी; मनमोजी; रसिक।
79082 लहनतहन ना. १. पैसाको कारोबार; लेनदेन; लगानी; लहना।
79083 लहनतहन ना. २. व्यवहार।
79084 लहना ना. १. वाणिज्यव्यवसाय, सापट आदिमा ब्याज, मुनाफा आउने गरी रुपियाँपैसा लगाउने काम; लगानी।
79085 लहना ना. २. लेनदेनको व्यवहार।
79086 लहना ना. ३. भाग्यभोग।
79087 लहना ना. ४. कौटुम्बिक सम्बन्ध।
79088 लहर ना. १. पानीमा हावा लाग्दा उठ्ने छाल; तरङ्ग; लहरी।
79089 लहर ना. २. ध्वनि, प्रकाश, विद्युत् आदिको तरङ्ग।
79090 लहर ना. ३. पङ्क्ति; कालम; ताँती।
79091 लहर ना. ४. जोस; उमङ्ग।
79092 लहर ना. ५. मोजमज्जा; लहड।
79093 लहरी १ ना. मालवाहक ठुलो गाडी; लरी।
79094 लहरी २ ना. प्रवाह।
79095 लहरी साहित्य ना. प्रेम, लडाइँ आदि रोचक रोमाञ्चक विषय वा घटनाविशेषको सवाईजस्तो लोकछन्दमा रचिएको गीत वा गीतिकाव्य।
79096 लहरे वि. १. लहर मिलेको; पङ्क्तिबद्ध।
79097 लहरे वि. २. लहरा भएको; लहराका रूपको।
79098 लहरे वि. ३. रुखका हाँगाबाट लहरो झैँ निस्की झुन्डिएको।
79099 लहरे आँप ना. लहरामा फल्ने टमाटरका आकारका एक जातको आँप।
79100 लहरे खोकी ना. विशेष गरेर बालकहरूलाई एकोहोरै किसिमले लाग्ने खोकी (हुपिङ कफ)।