Dictionary

All Word

79151 लाइन म्यान ना. टेलिफोन, बिजुली आदिमा बाहिरको काम गर्ने कर्मचारी; फुटबल खेलमा झन्डा लिएर छेउछाउमा कुदी सङ्केत दिने व्यक्ति।
79152 लाइनु क.क्रि. लगाइनु।
79153 लाइनो टाइप ना. मुद्रणकलमा एकएक लाइन वा हरफको एक ढिको हुने विकसित अवस्थाका टाइपको एक रूप; हरफमुद्र।
79154 लाइब्रेरियन ना. पुस्तकालयाध्यक्ष; ग्रन्थपाल।
79155 लाइब्रेरी ना. पुस्तकालय; ग्रन्थागार।
79156 लाइसार ना. लाउने कुरालाई महत्त्व दिने काम (खाइसार कि लाइसार मरेपछि लम्पसार - उखान)।
79157 लाइसेन्स ना. १. तोकिएको माल, वस्तु निकासी वा पैठारी गर्न नियमबमोजिम दिइएको अनुमतिपत्र।
79158 लाइसेन्स ना. २. निजी वा भाडावाल सबारीचालकलाई सबारीसाधन चलाउन ऐनबमोजिम सरकारबाट दिइने अनुमतिपत्र।
79159 लाइसेन्स ना. ३. रेडियो आदि प्रयोग गर्न सरकारबाट दिइने अनुमतिपत्र।
79160 लाई १ ना. सागपातमा लाग्ने अति मसिना खालका कालाकाला किरा; रुखमा लाहा पैदा गर्ने एक प्रकारको किरा।
79161 लाई किरा ना. सागपातमा लाग्ने मसिना किरा; लाई।
79162 लाई २ प्रत्य. व्याकरणमा कर्म र सम्प्रदान कारकको विभक्तिका रूपमा रहने र द्वितीयामा लोप भएर पनि प्रयोग हुने रूपसाधक प्रत्यय (जस्तो- भाइलाई बोलाऊ, म हरिलाई पुस्तक दिन्छु)।
79163 लाउनु स.क्रि. १. लगाउनु।
79164 लाउनु स.क्रि. २. बन्द गर्नु; थुन्नु (उदा.- ढोका लाउन नबिर्स)।
79165 लाउनु स.क्रि. ३. कुनै शब्दका पछाडि प्रयुक्त भएर गर्नका निम्ति प्रेरणा दिने अर्थ बुझाउने क्रियापद (जस्तो- गोता लाउनु; भन्न लाउनु इ.)।
79166 लाउके वि. १. अर्काले अह्राएको काम मात्र गर्ने; खटनपटनको काम मात्र गर्ने।
79167 लाउके वि. २. बेसरोकारको काममा अघि सर्ने; लाफ्रे; लाभ्रे।
79168 लाउड स्पिकर ना. स्वरलाई विस्तारित रूप दिने एक यान्त्रिक उपकरण; ध्वनिप्रसारक यन्त्र।
79169 लाउनी काठ / लाउने काठ ना. ढिकी चलाउँदा ओखलमा धान आदि चलाउन प्रयोग गरिने टुप्पामा कपडा बेरिएको लामो काठ; काठ; लुँडी।
79170 लाक ना. मनको भित्री अभिप्राय; मनपेट; आँ।
79171 लाकपाक ना. १. आपसी कुटपिट; कुटाकुट; हातहालाहाल; लाप्पा।
79172 लाकपाक ना. २. परस्परको जुधाइ; कुस्ती।
79173 लाकेट ना. शोभाका निम्ति माला वा हारमा झुन्ड्याइने जन्त्रजस्तो सानो वस्तु; लकेट।
79174 लाक्षणिक वि. १. सङ्केतक।
79175 लाक्षणिक वि. २. लक्षणसम्बन्धी; लक्षणबाट ब्यक्तिने वा लक्षणाशक्तिद्वारा अर्थबोध गराउने (शब्द, वाक्य आदि)।
79176 लाक्षणिक वि. ३. पारिभाषिक; लक्षण गर्नुपर्ने।
79177 लाक्षणिक वि. ४. गौण।
79178 लाक्षा ना. लाहा।
79179 लाक्षा रस ना. सधवा स्त्रीहरूले गोडामा लगाउने रातो रङ्ग; माहुर।
79180 लाख ना. १. सय हजारको सङ्ख्या; लक्ष।
79181 लाख ना. वि. २. शतसहस्र; सय हजार।
79182 लाख ना. ३. झट्ट गनेर नसकिने; अनगन्ती; अति धेरै।
79183 लाखन् वि. १. अनेक लाख; अनगन्ती।
79184 लाखन् वि. २. अनेकौं।
79185 लाखन् बिसी ना. प्राचीन समयमा एक देशले अर्को देशलाई सैनिक सहायता दिन नसकेमा दिइने एक लाख बिस रुपियाँको रकम वा सो चलनअनुसार दिइने कुनै रकम।
79186 लाखन् रुपियाँको जिउ पदा. बहुमूल्य शरीर।
79187 लाखन् रुपियाँको वचन पदा. बहुमूल्य बोली।
79188 लाखाँ वि. अनेक लाख; अनगन्ती।
79189 लाखा ना. १. नेवार जातिमा दुलहातर्फबाट दुलहीतर्फलाई दिइने दस्तुर वा रोटीमिठाई।
79190 लाखा ना. २. पागमा डुबाएर बनाइएको एक प्रकारको ठुलो रोटी; लाखामरी।
79191 लाखापाखा वि. १. छिन्नभिन्न भएर यताउति लागेको; यत्रतत्र छरिएको।
79192 लाखापाखा वि. २. बिल्लीबाठ परेको; ठाउँठहर हराएको।
79193 लाखा फर्काइ ना. नेवारजातिमा विवाहको करार भङ्ग गर्न वा वैवाहिक सम्बन्धविच्छेद गर्न दुलहीका तर्फबाट गरिने कामकारबाही वा फर्काइने वस्तु।
79194 लाखु ना. एक जातको भद्दा बाँदर।
79195 लाखे ना. १. राक्षस; राकस।
79196 लाखे ना. २. मकुन्डो लगाएर साउनभदौतिर सांस्कृतिक रिवाजअनुसार नचाइने राक्षसरूपधारी व्यक्ति।
79197 लाखे नाच ना. मकुन्डो लगाएर नाचिने परम्परागत सांस्कृतिक नाच।
79198 लाखेस् वि.बो. कसैलाई बदलाको भावनाले डरत्रास देखाउनका निम्ति प्रयोग हुने शब्द; पखेस्।
79199 लाखौँ वि. १. अनेक लाख; लाखन्।
79200 लाखौँ वि. २. अनगन्ती; असङ्ख्य; धेरै; प्रशस्।