Dictionary

All Word

79201 लाग्नु अ.क्रि. १. कुनै काममा तनमन दिएर लागिपर्नु; प्रवृत्त हुनु; कामकुरामा तल्लीन हुनु।
79202 लाग्नु अ.क्रि. २. कामकुरो गर्न सुरु गर्नु; प्रारम्भ गर्नु; थाल्नु।
79203 लाग्नु अ.क्रि. ३. कुनै काम हुन खोज्नु; आँट्नु।
79204 लाग्नु अ.क्रि. ४. लेसाइलो पदार्थ टाँसिनु; जोडिनु।
79205 लाग्नु अ.क्रि. ५. हातलागी हुनु; मिल्नु; पाउनु (जस्तो- हात लाग्नु)।
79206 लाग्नु अ.क्रि. ६. ठोकिनु; बज्नु।
79207 लाग्नु अ.क्रि. ७. सार गर्नु।
79208 लाग्नु अ.क्रि. ८. बन्द हुनु; थुनिनु।
79209 लाग्नु अ.क्रि. ८. पोतिनु; लिपिनु।
79210 लाग्नु अ.क्रि. १०. रङ्गरोगन वा पालिस बस्नु।
79211 लाग्नु अ.क्रि. ११. भूतप्रेत आदिले पक्रनु; लगानमा पर्नु।
79212 लाग्नु अ.क्रि. १२. नाता पर्नु; साइनो पर्नु।
79213 लाग्नु अ.क्रि. १३. अनुभव हुनु; मनमा हो भन्ने पर्नु।
79214 लाग्नु अ.क्रि. १४. लट्ठ पर्नु; लट्ठिनु।
79215 लाग्नु अ.क्रि. १५. अर्थबोध हुनु; माने वा मतलब खुल्नु।
79216 लाग्नु अ.क्रि. १६. दोष, बात आदि आइपर्नु; आरोप लाग्नु (जस्तो बात लाग्नु)।
79217 लाग्नु अ.क्रि. १७. गणितमा ठिकठिकसँग भाग जानु।
79218 लाग्नु अ.क्रि. १८. अडकल, जुक्ति, बुद्धि आदि मिल्नु।
79219 लाग्नु अ.क्रि. १९. लत, बानी आदि बस्नु।
79220 लाग्नु अ.क्रि. २०. पालुवा, फूल, फल आदि पैदा हुनु; उम्रनु।
79221 लाग्नु अ.क्रि. २१. खर्च, भाडा आदि पर्नु।
79222 लाग्नु अ.क्रि. २२. पक्ष लिनु; ओड गर्नु।
79223 लाग्नु अ.क्रि. २३. खेल, जूवा आदिमा बारम्बार उही दाउ आउनु।
79224 लाग्नु अ.क्रि. २४. खेदो गर्नु; पछ्याउनु।
79225 लाग्नु अ.क्रि. २५. दृष्टिदोष हुनु; कुदृष्टि पर्नु।
79226 लाग्नु अ.क्रि. २६. उपयोग वा व्यवहारमा आउनु; काममा प्रयुक्त हुनु।
79227 लाग ना. १. टुना, मन्त्र आदिको प्रभाव; भूतप्रेत आदिको छाया।
79228 लाग ना. २. हकदावी; दैया; सम्बन्ध।
79229 लाग ना. ३. प्रभाव; असर।
79230 लाग ना. ४. पहाड।
79231 लागछाड ना. १. घाम वा पानीले बोटबिरुवाको विकासको अनुकूल भएर ठिक्क बेलामा लाग्ने र ठिक्क बेलामा छाड्ने क्रियाप्रक्रिया; बिरुवामा घाम वा पानीको उपस्थिति वा अनुपस्थिति।
79232 लागछाड ना. २. रोग, भूत, प्रेत आदिको असर बढ्ने र घट्ने क्रम; लाग्दैछाड्दै गर्ने व्यथा।
79233 लागछोड ना. लागछाड।
79234 लागमाल ना. १. पहाड र मधेस।
79235 लागमाल ना. २. व्यवसायका लागि मधेसबाट पहाड वा पहाडबाट मधेस जाने कार्य (तुल. गाउँबेँसी)।
79236 लागत ना. १. कुनै वस्तु तयार गर्न वा किन्न लाग्ने खर्च; उत्पादनव्यय; परल खर्च।
79237 लागत ना. वि. २. लाग्नेजति ; चाहिनेजति।
79238 लागनास्ति ना. कुनै व्यक्ति, वस्तु वा कुरामा अधिकार वा अन्य किसिमको सम्बन्ध नहुने स्थिति।
79239 लागनास्ति ना. (उदा.- तिमीले पाउने कुरामा मेरो दाबी छैन, लागनास्ति गरिदिएको छु)।
79240 लागभाग ना. भूत, प्रेत आदिको प्रभाव; लागोभागो; लागलगान।
79241 लागलगान ना. भूतप्रेत आदिको बाधा वा असर।
79242 लागलगानी ना. १. लेनदेनको रुपियाँ; ऐँचोपैंचो वा रिन लिएको तिर्नुपर्ने धन।
79243 लागलगानी ना. २. थालेको काम।
79244 लागलगेस्रो ना. कम्ती वा थोरै लागलगानी।
79245 लागवादी ना. १. कुनै मुद्दामा कानुनबमोजिम वादी हुने अधिकार भएको व्यक्ति।
79246 लागवादी ना. २. प्रतिवादी वादी र वादी प्रतिवादी भएको अवस्था।
79247 लागि ना.यो. निमित्त; निम्ति; खातिर; हेतु; प्रयोजन।
79248 लागिनु अ.क्रि. काममा संलग्न होइनु; लागिपरिनु।
79249 लागिपर्नु अ.क्रि. काममा तन्मय भएर लाग्नु; तल्लीन हुनु; एकाग्र हुनु।
79250 लागिपराइ ना. लागिपर्ने भाव, क्रिया वा अवस्था।