Dictionary

All Word

79351 लाडे वि. १. लाडिने स्वभावको; पुलपुलिएको; लाडिएको; लालि।
79352 लाडे वि. २. केटाकेटीका स्वभावको बनेर बोल्ने वा व्यवहार गर्ने।
79353 लात ना. १. खुट्टा; पाउ; पाद।
79354 लात ना. २. खुट्टाको हनाइ; पाउको प्रहार; लात्ती।
79355 लात्तालात्ती ना. एकले अर्कालाई लात्तीको प्रहार गर्ने काम।
79356 लात्तिनु अ.क्रि. लात्ती लाग्नु; लत्तिनु।
79357 लात्ती ना. पादप्रहार; ला।
79358 लात्तीकुत्ती वि. प्रशस्त; धेरै; छेलोखेलो; मनग्य।
79359 लात्ते वि. लात्तीको; लात्तीले गरिने।
79360 लात्तेकुत्ते वि. लात्तीकुत्ती।
79361 लात्तेभकुन्डो ना. फुटबल।
79362 लाथ्रो ना. कलिलो वा नछिपिएको रुख वा त्यसको हाँगो।
79363 लाद्नु स.क्रि. १. लदाउनु; भारी बोकाउनु।
79364 लाद्नु स.क्रि. २. भारी बोक्नु।
79365 लाद्नु स.क्रि. ३. भारी हाल्नु।
79366 लादिनु क.क्रि. १. लदाइनु; भारी बोकाइनु।
79367 लादिनु क.क्रि. २. भारी बोकिनु।
79368 लादी ना. १. भुँडीभित्र रहेको मल; आन्द्रामा रहेको विष्ठा।
79369 लादी ना. २. हात्ती, घोडा आदिको बिष्ठा; लिदी।
79370 लादी भुँडी ना. मल र भुँडी दुवै।
79371 लादे वि. १. ठुलो भुँडी भएको भुँडे; भुँडीवाल।
79372 लादे वि. २. धेरै खाने; खन्चुवा; घिचुवा; घिच्चू ( निन्दार्थमा )।
79373 लादो ना. हे. लाद्रो।
79374 लाद्रे वि. १. ठुलो भुँडी भएको; पेटुवा।
79375 लाद्रे वि. २. धेरै खाने; घिच्चू ( निन्दार्थमा)।
79376 लाद्रो ना. लादी रहने भुँडी; पेट; लादो।
79377 लापरलोपर वि. मेलोमेसो नभएको; ढङ्ग नमिलेको।
79378 लापरवाह/लापर्बाह वि. १. कुनै कामकुराको पर्बाह वा वास्ता नगर्ने; असावधान।
79379 लापरवाह/लापर्बाह वि. २. सामान्य विवेकको; होसियारी नभएको; बेहोस।
79380 लापर्बाही ना. पर्बाह नहुनाको भाव वा अवस्था; मुनासिबमाफिकको होसियारी वा विवेक नभएको अवस्था।
79381 लापलाप क्रि.वि. जिभ्रो लपलपाएर; जिभ्रोले चाटे झैँ गरी; लपलप।
79382 लापलाप लिपलिप क्रि.वि. १. धेरै खानेकुराहरू चाटे झैँ गरी; लालिप।
79383 लापलाप लिपलिप क्रि.वि. २. जति खाए पनि नअघाएजस्तो हुने गरी; बढी लोभी भएर।
79384 लापलिप क्रि.वि. १. सपासप वा खपाखप चाँडो खाने चालसँग।
79385 लापलिप क्रि.वि. २. थोरै वा नपुग खानेकुरो खाएर; चाटीचुटी।
79386 लापलिप क्रि.वि. ३. लिपपो।
79387 लापलिपे वि. लापलिप गर्ने।
79388 लापलिपे वि. २. खानेकुरो चाख्ने बानी बसेको; चखुवा।
79389 लापा ना. उडेको चङ्गा घोप्टो परेर तल झर्ने चाल।
79390 लाप्चे ना. १. नेपालको मेची अञ्चलको इलाम तथा नेपालबाहिरका दार्जिलिङ, सिक्किम र पश्चिमी भुटानमा बसोबास गर्ने लेप्चा - जाति।
79391 लाप्चे ना. २. उक्त लेप्चा जातिको भाषा; रोङ भाषा।
79392 लाप्चे काउलो ना. एक जातको काउलो वा त्यसको फल; लाप्चेफल; करमर्द।
79393 लाप्चे फल ना. लाप्चेकाउलो।
79394 लाप्पा ना. दुई जनाले परस्पर अँगालो हाले झैँ गरी समातेर एकले अर्कालाई पछार्न चाहने काम; त्यस्तो लडन्त; द्वन्द्वयुद्ध, जुधाजुध; कुस्ती।
79395 लाप्सो ना. १. सुन, चाँदी आदिको लामो टुक्रो; लुम्को; साँप्लो।
79396 लाप्सो ना. २. फाली।
79397 लाफे वि. १. लाफो लगाएको वा गाँसेको।
79398 लाफे वि. २. लाफोजस्तो।
79399 लाफो ना. १. मुख्य घरसँग जोरेर बनाइएको एकतले सानो खण्ड; पालीखण्ड; लाहास; लाफ्रो।
79400 लाफो ना. २. पात गाँसेर चित्रामा नहाली बनाएको ओडो।