Dictionary

All Word

79501 लालनपालन ना. स्नेहका साथ खानलाउन दिने काम; पालनपोषण।
79502 लालना ना. स्नेहका साथ बालकलाई पाल्ने काम; स्नेह; माया।
79503 लालपाते ना. टुप्पामा रातो फूल फुल्ने, भाँच्दा दुध झैँ सेतो तरल पदार्थ निस्कने, नर्कट झैँ एउटै डाँठ हुने एक थरी बोट वा त्यसैको रातो पात; लालुपाते।
79504 लालपुर्जा ना. जग्गाधनीलाई प्रमाणका निम्ति दिइने मोठ, कित्ता जग्गाको परिमाण आदि लेखिएको रातो छापचिह्न लागेको कागत; जग्गाधनी दर्ता प्रमाणपुर्जा।
79505 लाल फित्ताशाही वि. नियमको बहुलता भएको प्रशासनिक प्रणाली; फित्ताशाही (रेडटेपिज्म)।
79506 लालबुझक्कड वि. ठिक कुरो थाहा नपाईकन अन्दाजको भरमा निराधार बुद्धि लडाउने; डेढअक्कली।
79507 लालबैजनी ना. रातो र बैजनी मिश्रित एक प्रकारको रङ।
79508 लालबैजनी ना. राष्ट्राध्यक्षले विधेयक आदि स्वीकृत गर्दा लगाइने छाप, राजमुद्रा।
79509 लालमोहन ना. खुवा, पिठो आदिको डल्लो रातो हुन्जेल घिउमा पकाई चास्नीमा डुबाएर बनाइएको मिठाई।
79510 लालमोहर ना. १. राजाको शासनमा रातो रङ्गबाट लगाइने गरेको राजाको छाप।
79511 लालमोहर ना. २. त्यस्तो छाप लागेको कागजा।
79512 लालमोहरिया वि. लालमोहर भएको वा पाएको; लालमोहरसम्बन्धी।
79513 लालस/लालसा ना. १. लालच।
79514 लालस/लालसा ना. २. गर्भवतीको रुचि।
79515 लालसागर ना. दक्षिणी अरब र उत्तरपूर्वी अफ्रिकाका बिचको समुद्रको नाम।
79516 लाला ना. बालक; बच्चो; बालो।
79517 लालाबाला ना. बालबच्चा; केटाकेटी।
79518 लालायित वि. १. ज्यादै लुब्ध; अति लोभी।
79519 लालायित वि. २. राल चुहाउने; रालो।
79520 लालित वि. १. लालना गरिएको; माया गरिएको।
79521 लालित वि. २. पुलपुल्याइएको।
79522 लालित्य ना. १. ललित हुनाको भाव वा अवस्था; सौन्दर्य; लावण्य।
79523 लालित्य ना. २. प्रेमसूचक हाउभाउ।
79524 लालिमा ना. रातोपना; लाली।
79525 लाली ना. १. लालिमा; रातोपन।
79526 लाली ना. २. ओठ, गाला आदिमा सौन्दर्यका निम्ति लगाइने राम्रो रङ्गको शृङ्गारसाधन।
79527 लालीगुराँस ना. हरिया खसा पात हुने, गुलाफी रङको झुप्पा फूल फुल्ने (इरिकेसी समूहको ) एक वृक्ष वा त्यसैको फूल; नेपालको राष्ट्रिय फूल।
79528 लालुपाते ना. हे. लालपाते।
79529 लाल्चा ना. लालच।
79530 लाल्चा ना. (उदा.- मयो ताल्चा लाल्वाउपर परनिन्दा पर सो- लेखनाथ )।
79531 लाल्ची वि. लाल्चा गर्ने; लालची।
79532 लावण्य ना. १. लवणको भाव वा गुण; नुनिलोपन।
79533 लावण्य ना. २. राम्रो हुनाको भाव वा अवस्था सौन्दर्य; माधुर्य।
79534 लावण्य ना. 3. असल शीलस्वभाव हुनाको गुण वा स्थिति; सुशीलता।
79535 लावा १ ना. ज्वालामुखी पहाडबाट निस्कने पत्थर, धातु आदिको द्रव पदार्।
79536 लावा २ ना. धान भुटेर तयार पारिने पूजा र मङ्गलकार्यमा समेत प्रयोग गरिने सेतो, हलुको खाद्य पदार्थ; लाजा।
79537 लावाधान ना. बाहिर झुसले ढाकेको, भुट्दा लावा निस्कने लाम्चो खालको धान।
79538 लावाबाजा ना. चारदेखि आठ फिटसम्म लामो हुने, विशेष गरेर सेर्पाजातिमा प्रचलित फुकेर बजाइने एक प्रकारको बाजा।
79539 लावालस्कर ना. १. हातहतियारसहितको फौज वा सेना।
79540 लावालस्कर ना. २. सेना र त्यसको सरसामान।
79541 लावालस्कर ना. ३. मानिसको ताँती।
79542 लास ना. मृत शरीर; मुर्दा; शव।
79543 लासजाँच ना. कर्तव्य, आत्महत्या वा अरू कुनै कारणबाट मानिस मर्दा मरेको वास्तविक कारण पत्ता लगाउनका निम्ति गरिने लासको जाँच; शवपरीक्षण (पोस्टमार्टम )।
79544 लासजाँच मुचुल्का ना. लासजाँच गरी मृत्युको कारण र अन्य विवरणसमेत लेखिएको काग।
79545 लास परीक्षण ना. लासजाँच।
79546 लास्ट वि. घस्टिएको; लाठ।
79547 लास्य ना. १. नाच; नृत्य।
79548 लास्य ना. २. प्रेमभावनालाई विभिन्न हाउभाउका साथै अङ्गविन्यासद्वारा प्रकट गरिने विशेष प्रकारको नृत्य।
79549 लास्य ना. ३. गानबजानसहितको नाच।
79550 लाहाँचे ना. कालो लामो चुच्चो, रातो टाउको, निला खुट्टा र हरियो शरीर हुने, रुख कपेर गुँड लगाउने एक जातको चरो।