Dictionary

All Word

79651 लिङ्ग ना. ४. कुनै कुराको पहिचान हुने चिह्न वा निसान; लक्षण ५. व्याकरणमा पुरुष, स्त्री र नपुंसक छुट्ट्याउने शब्दका रूप (पुलिङ्ग, स्त्रीलिङ्ग र नपुंसक लिङ्ग ) ६. साङ्ख्यशास्त्रका अनुसार सम्पूर्ण विकृति फेरि लीन हुने मूल प्रकृति।
79652 लिङ्ग ना. ७. मीमांसाका निर्णयका आधारमा छ लक्षण (उपक्रम, उपसंहार, अभ्यास, अपूर्वता, अर्थवाद र उपपत्ति)।
79653 लिङ्गधारी वि. खालि चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी।
79654 लिङ्गपुराण ना. अठार महापुराणमध्ये एक।
79655 लिङ्गवृत्ति ना. १. भेष बदलेर जीविका चलाउने व्यक्ति; नक्कली साधु।
79656 लिङ्गवृत्ति ना. वि. २. आडम्बर गर्ने; ढोँगी।
79657 लिङ्गशरीर ना. हिन्दुशास्त्रअनुसार मृत्युपछि शुभअशुभ फल भोग्ने भनी मानिएको सूक्ष्म शरीर।
79658 लिङ्गी वि. १. लिङ्ग वा चिह्न धारण गर्ने; भेषधारी; बिल्लाधारी।
79659 लिङ्गी वि. २. लिङ्गसम्बन्धी।
79660 लिङ्गी वि. ३. लिङ्ग भएको।
79661 लिङ्गे वि. १. लिङ्गसम्बन्धी।
79662 लिङ्गे वि. २. लिङ्ग भएको; लिङ्गी।
79663 लिङ्गे वि. ना ३. देवस्थलहरूका यात्रामा झन्डा बोकेर वा त्यसै बाटो देखाउने अगुवा।
79664 लिङ्गेपिङ ना. चारवटा बाँसका लिङ्गा चारतिर गाडेर दुईदुईवटा बाँसका टुप्पा जोडी मास्तिर तेर्स्याइएको बलोमा लठारो टाँगेर बनाइएको मच्चाएर खेलिने ( प्राय: दसैंतिहारमा ) पिङ।
79665 लिङ्गो ना. १. इन्द्रजात्रा, बिस्केटको जात्रा आदिमा परम्पराअनुसार ठड्याइने काठको लामो स्तम्भ; ध्वजा।
79666 लिङ्गो ना. २. आकाशबत्ती बाल्न कार्तिक महिनामा ठड्याइने बाँस वा लामो काठ।
79667 लिङ्गो ना. ३. ठड्याइएको स्तम्भका आकारको कुनै वस्तु।
79668 लिङ्ग्वल ना. कुलो, धारा, पानी र यातायातका साथै वाणिज्यसम्बन्धी काम गर्ने लिच्छविकालीन एक अड्डा।
79669 लिची ना. लाम्चा पात र खस्रो बोक्रो हुने, मसिनामसिना फूल फुल्ने र रसदार गुलियो काँडादार फल हुने एक जातको रुख वा त्यसैको फल; लिच्ची।
79670 लिच्चड वि. १. जुकाजस्तो टाँसिएर अरूलाई बाधा दिने; पछिपछि लागेर दिक्क पार्ने; धिङ्न्याहा।
79671 लिच्चड वि. २. मक्खीचुस; चुइयाँ; लोभी; कन्जुस।
79672 लिच्चड वि. ३. अल्छी; लोसो; बोधो।
79673 लिच्चड वि. ४. लेसाइलो; लेसिलो।
79674 लिच्छवि ना. प्राचीन नेपाल, मगध र कोशल देशको एक प्राचीन प्रसिद्ध शासकवंश।
79675 लिटर ना. तरल पदार्थको एक किलो बराबरको परिमाण वा नापो।
79676 लिटो ना. १. भात नखुवाएका दुधमुखे बालकलाई खुवाउन भुटेका चामलको पिठो घिउचिनीमा पकाएर बनाइएको खानेकुरो; बालकलाई खुवाइने मनभोगका छाँटको खानेकुरो।
79677 लिटो ना. २. पाकेर सिता जोडिएको र पस्कँदा पन्युमा टाँसिने लचेप्रो भएको गिलो भा।
79678 लिड्डुको ना. हे. लिँडुल्को।
79679 लितिक्क क्रि.वि. गिलो पदार्थ थिचिँदा वा निचोरिँदा एक छेउबाट पिच्च निस्किएजस्तो गरी; लित्त; पितिक्क; लितिक्क।
79680 लितिलिति गिलो पदार्थ निचोरिएर रोकिई- रोकिई निस्कने गरी; लित्तलित्।
79681 लित्त क्रि.वि. हे. लितिक्क।
79682 लित्तलित्त क्रि.वि. लगातारको लित्।
79683 लित्तलित्त क्रि.वि. सात. लितितिति।
79684 लित्ती ना. नछोडी लाग्ने काम; धर्ना; पछेटा।
79685 लित्ती कसाइ ना. १. साह्रै कडा परिश्रम; पसिना काढिन्जेलको बलगराइ।
79686 लित्ती कसाइ ना. २. छोड्दै नछोडी धर्ना कस्ने काम।
79687 लिथो ना. लिथोग्राफ।
79688 लिथोग्राफ ना. १. धातुको पाता वा ढुङ्गामा अक्षर, चित्र आदि खोपेर वा खिचेर कागतमा छापिने छापा; शिलामुद्रण।
79689 लिथोग्राफ ना. २. स्टेन्सिलमा सुक्खा अक्षर टाइप गरी लियोमेसिनमा घुमाएर धेरै प्रति निकालिने प्रक्रिया।
79690 लिथोग्राफी ना. लिथोग्राफ छाप्ने कला वा सिप; शिलामुद्रणविद्या।
79691 लिथो मुद्रण ना. लिथोमेसिनद्वारा गरिएको वा हुने मुद्रण।
79692 लियो मेसिन ना. बिजुलीद्वारा मुद्राक्षर ढाल्ने आधुनिक यन्त्र।
79693 लिदी ना. हात्ती, घोडा आदिको विष्ठा; लादी।
79694 लिदीबिदी ना. १. फोहर।
79695 लिदीबिदी ना. क्रि.वि. २. पाकेर गल्ने गरी।
79696 लिनदिन ना. १. लिने र दिने काम; लिने वा दिने व्यवहार; लेनदेन।
79697 लिनदिन ना. २. ऋण वा कुनै वस्तु लिने र दिने काम; सरसापट।
79698 लिन्डो वि. १. लिँडो।
79699 लिन्डो वि. ना. २. लिँड।
79700 लिप्नु स.क्रि. १. गोबर, माटो आदिको लेदो पदार्थ मुछेर घर, आँगन, खलो आदिमा पातलो गरी लाउनु; घरका भित्ताहरूमा गोबरमाटो मिलाएर घस्नु वा टाल्नु; पोतर्नु; पोत्नु।