Dictionary

All Word

78951 लऱ्याङतऱ्याङ/लऱ्याङबऱ्याङ/ लऱ्याङमऱ्याङ/ लऱ्याङलुरुङ क्रि.वि. १. जसोतसो गरी काममा सुस्ती ल्याउने चालसित; अल्याङमल्याङ।
78952 लऱ्याङतऱ्याङ/लऱ्याङबऱ्याङ/ लऱ्याङमऱ्याङ/ लऱ्याङलुरुङ क्रि.वि. २. रोग वा कमजोरीका कारणले सुस्तरी काम गर्ने वा हिँड्ने गरी।
78953 लऱ्याङतऱ्याङ/लऱ्याङबऱ्याङ/ लऱ्याङमऱ्याङ/ लऱ्याङलुरुङ क्रि.वि. ३. लापरबाही वा उपेक्षापूर्वक कामकुरो गर्ने गरेर।
78954 लल निपा. १. अरूको कुरा स्वीकार वा मन्जुर गर्दा भनिने शब्द।
78955 लल निपा. २. प्रेरणा, प्रोत्साहन वा उत्तेजना दिनका निम्ति प्रयोग गरिने शब्द; लौलौ।
78956 लल निपा. वि.बो. ३. कुनै खतरा, बिगार वा आपत् आइपर्दा आत्तिएर बोलिने शब्द।
78957 ललकार्नु स.क्रि. लडाइँ, झगडा आदिका निम्ति आह्वान गर्नु; युद्धका लागि हाँक दिनु; ललकार गर्नु।
78958 ललकार ना. १. लडाइँ, झगडा आदिका निम्ति गरिने आह्वान; हाँक; चुनौती।
78959 ललकार ना. २. हप्काइ; दप्की।
78960 ललकाराइ ना. लडाइँ आदिमा हाँक वा चुनौती दिने काम; ललकार्ने भाव, क्रिया वा प्रक्रिया।
78961 ललकारिनु क.क्रि. हाँक दिइनु।
78962 ललचाइ ना. ललचाउने भाव, क्रिया वा प्रक्रिया।
78963 ललचाइनु क.क्रि. / अ.क्रि. १. लोभ्याइनु।
78964 ललचाइनु क.क्रि. / अ.क्रि. २. लोभिनु।
78965 ललचाउनु स.क्रि. १. अरूको मनमा लालच जगाउनु; लोभ्याउनु।
78966 ललचाउनु स.क्रि. अ.क्रि. २. लालचमा पर्नु; लोभिनु।
78967 ललचिनु अ.क्रि. लालचमा पर्नु; लोभिनु; लोभमा पर्नु; लुब्ध हुनु।
78968 ललच्याइ ना. ललचिने वा ललच्याउने क्रियाप्रक्रिया।
78969 ललच्याइनु क.क्रि. ललचाइनु।
78970 ललच्याउनु स.क्रि. ललचाउनु।
78971 ललच्याहट ना. ललचिने भाव, स्थिति वा क्रियाप्रक्रिया; ललच्याइ।
78972 ललन ना. १. खेलबाड; क्रीडा; आमोदप्रमोद।
78973 ललन ना. २. जिब्रो बाहिर निकाल्दै ल्यापल्याप गर्ने काम।
78974 ललन ना. ३. केटाकेटी; भुराभुरी।
78975 ललना ना. १. कामिनी।
78976 ललना ना. २. सुन्दरी स्त्री।
78977 ललना ना. ३. जिब्रो।
78978 ललना ना. ४. बिलौना; ललौरी।
78979 ललनिका ना. ललना; स्त्री।
78980 ललनी / ललहनी ना. हे. ललहरी।
78981 ललहरी ना. आफ्ना दुःख, पिर आदि अरूसित पोख्ने काम; दुःखबेसाइ; बिलौना।
78982 ललाइ मिठा कुराले फकाउने काम; ललाउने क्रिया वा प्रक्रिया।
78983 ललाइफकाइ ना. ललाउने र फकाउने काम।
78984 ललाइनु क.क्रि. ललाउने काम गरिनु; फकाइनु।
78985 ललाइनु फकाइनु क.क्रि. ललाइफकाइ गरिनु।
78986 ललाउनु स.क्रि. मिठा कुरा गरेर मनाउनु वा भुलाउनु; फकाउनु; फुल्याउनु।
78987 ललाउनु फकाउनु स.क्रि. मिठामिठा कुरामा भुलाएर आफूले भनेको मान्ने गराउनु; ललाइफकाइमा पार्नु।
78988 ललाट ना. १. मस्तक; माथ; निधार।
78989 ललाट ना. २. पुर्पुरो; चाँदो।
78990 ललाट ना. ३. भाग्य; प्रारब्ध।
78991 ललाम वि. १. राम्रो; मनोहर।
78992 ललाम वि. २. प्रिय।
78993 ललाम वि. ३. श्रेष्ठ; उत्तम।
78994 ललाम वि. ना. ४. गहना; अलङ्कार; आभूषण।
78995 ललाम वि. ५. रत्न।
78996 ललाम वि. ६. झन्डा; पताका।
78997 ललित वि. १. चित्त प्रसन्न पार्ने; मनपर्दो; प्यारो; प्रिय।
78998 ललित वि. २. सुन्दर; मनोहर; रमणीय।
78999 ललित वि. ३. कोमल; नरम; मृदु।
79000 ललित वि. ४. अभिलषित; अभीष्ट।