Dictionary

All Word

80001 लुत्त्याउनु स.क्रि. १. इज्जत, प्रतिष्ठा, पद वा ओहदाबाट च्युत गर्नु; खुत्त्याउनु।
80002 लुत्त्याउनु स.क्रि. २. नष्ट गर्नु; बिगार्नु; भत्काउनु।
80003 लुत्याङग्रो वि. हे. लुतेङ्ग्रो।
80004 लुत्याहा वि. १. लुतो लागेको; लुते।
80005 लुत्याहा वि. २. कमजोर; दुर्बल; हुतीहारा; नामर्द।
80006 लुत्रनु अ.क्रि. १. जिद्दी नगरेर लुत्रुक्क पर्नु; लत्रनु; ठर्रो नहुनु; नुहुनु; दब्नु।
80007 लुत्रनु अ.क्रि. २. लाचार हुनु; विवश हुनु; बाध्य हुनु।
80008 लुत्रनु अ.क्रि. ३. विनयभाव देखाउनु; नम्र हुनु।
80009 लुत्राइ ना. लुत्रने भाव वा क्रियाप्रक्रिया।
80010 लुत्राइनु क.क्रि. लुत्रुक्क पारिनु।
80011 लुत्राउनु प्रे. क्रि. लुत्रुक्क पार्नु; लत्राउनु।
80012 लुत्रिनु अ.क्रि. लुत्रुक्क परिनु।
80013 लुत्रुक्क क्रि.वि. १. लुत्रने गरी।
80014 लुत्रुक्क क्रि.वि. २. विवश हुने ढङ्गले; लुतुक्क; लत्रक्क।
80015 लुत्रे वि. लुतुरे; लुतुरो।
80016 लुत्रेलाम्रे वि. चिथ्रा लुगा लाएको र दुब्लोपातलो; डुहुरे र ख्याउटे।
80017 लुत्रो वि. लुत्रुक्क परेको; लुतुरो।
80018 लुथुर्के ना. एक जातको पक्षी।
80019 लुन्डो वि. पुच्छर, पखेटा आदि काटिएको; लिँडुल्को; ठुटे।
80020 लुन्तुरे / लुन्तुरो ना. १. बालकहरूको मूत्रेन्द्रिय; तुन्तुरो; तुरी।
80021 लुन्तुरे / लुन्तुरो ना. २. धरो; धुर्को; लुन्द्रो।
80022 लुन्द्रे वि. लुतुरो; लुरे; ख्याउटे।
80023 लुन्द्रो ना. १. कपडाको सानो धर्सो।
80024 लुन्द्रो ना. २. त्यान्द्रो।
80025 लुप ना. स्त्रीहरूले योनिमा लगाउने गर्भनिरोधको साधन।
80026 लुपुक्क क्रि.वि. गिलो पदार्थ एकै खेपमा चाटेर खाने गरी; लपक्क; ल्याप्प; सुपुक्क।
80027 लुपुलुपु क्रि.वि. धमाधम चाटेर; लपलप।
80028 लुप्त वि. १. भाँचिएको; भग्न; क्षतिग्रस्।
80029 लुप्त वि. २. लोप भएको; लुकेको, छिपेको; हराएको।
80030 लुप्त वि. ३. लुटिएको; ठगिएको।
80031 लुप्त वि. ४. अप्रयुक्त; अप्रचलि।
80032 लुप्त वि. ५. अदृश्य; नदेखिएको।
80033 लुप्त वि. ६. उपेक्षित; हेला गरिएको।
80034 लुप्ताकार ना. लोप भएको ठाउँमा लेखिने आधा अकार वा आकारको चिह्न (S); खण्डाकार।
80035 लुप्तोपमा ना. उपमान, उपमेय, धर्म र वाचक चारमध्ये कुनै तीनवटा लोप हुँदा पर्ने उपमा अलङ्कारको एक भेद।
80036 लुप्तोपमा शृङ्खला ना. नृतत्त्वशास्त्रअनुसार मानव र वानरका बिच बसेर मानवका पूर्वजसँग सम्बन्धको शृङ्खला जोड्ने एउटा मानवजस्तो प्राणी; दक्षिणी नरवानर।
80037 लुब्ध वि. १. मन गढाएर कुनै कुरा लिन चाहने; लोभी; लालची; लोलुप।
80038 लुब्ध वि. २. इच्छुक; लालायि।
80039 लुब्ध वि. ३. लम्पट; आसक्।
80040 लुब्धक ना. १. लोभी मान्छे।
80041 लुब्धक ना. २. सिकारी।
80042 लुब्धक ना. ३. लम्पट मानिस।
80043 लुब्धक ना. ४. उत्तरी गोलार्धको एक तेजस्वी तारा।
80044 लुब्धिनु अ.क्रि. ज्यादै लोभी हुनु।
80045 लुब्धो ना. लोभी; लालची।
80046 लुम ना. लुगा बुन्ने घरेलु साधन वा यन्त्र; तान।
80047 लुमडी ना. स्यालका जातको एक जङ्गली जनावर; फ्याउरो।
80048 लुमुर वि. पुच्छरजस्तो हल्लिरहने।
80049 लुमुरकुटेरो ना. पुच्छर झैँ गरी थाङ्नाको फेर हल्लने पोको; थाङ्ने पोको।
80050 लुम्बिनी ना. १. नेपालको पश्चिमाञ्चलक्षेत्रको रुपन्देही जिल्लामा पर्ने एक प्राचीन वन; गौतम बुद्धको जन्मस्थल।