Dictionary

All Word

81451 वा विकल्पबोधक शब्द अथवा या (उदा.- बजारमा गएपछि दुध वा दही जे खोजेपनि पाइन्छ)।
81452 वा २. कि (उदा.- तिमी घर जान्छौ वा यहीं बस्छौ ?)।
81453 वाई ना. भैंसी वा पाडो कराएको शब्द, आईं।
81454 वाई ना. रुवाइ फुट्ता निस्कने आवाज।
81455 वाईवाई ना. बारबार वाइँ गर्ने चाल।
81456 वाईवाई ना. क्रि.वि. २. लगातार वाई शब्दका साथमा।
81457 वाइपर ना. विशेषतः चालकले सवारी हाँक्न सुविधा हुने गरी गाडीको अगाडिपट्टि रहेको ऐनाको धुलो वा पानी पुछ्ने, यन्त्रचालित सुइरोजस्तो बुरुसे साधन।
81458 वाइबा वि. स्पष्ट उच्चारण गर्न नसक्ने वा बोली राम्ररी नफुटेको, वायवाय गर्ने लठ्यौरो, लठेब्रो।
81459 वाइबा वि. २. तामाङ जातिको एक थर।
81460 वाक् ना. लबज; शब्द।
81461 वाक् ना. २. वचन; बोली।
81462 वाक् ना. ३. भाषा; वाणी।
81463 वाक् ना. ४. सरस्वती।
81464 वाक्नु अ.क्रि. बान्ता गर्न आँटेर वाक्कवाक्क हुनु; छाद्न खोज्नु।
81465 वाकवाक क्रि.वि. फोहोर, घिन, दिगमिग, रोग आदिले बान्ता हुन खोज्ने गरी, वाकवाकी।
81466 वाकवाक क्रि.वि. ना. २. बान्ता हुन खोज्ने स्थिति; वमन हुने चेष्टा।
81467 वाकवाकती क्रि.वि. अझ बेसी वाकवाक हुन खोजे झैं गरी।
81468 वाकवाकती क्रि.वि. ना. २. बान्ता हुन खोज्ने ढाँचा वा चेष्टा, वाकवाक।
81469 वाकवाकी क्रि.वि. वाकवाकती।
81470 वाकाइ ना. वाक्ने क्रिया वा प्रक्रिया।
81471 वाकिफ वि. कुनै कामकुरामा निपुण, जानिफकार, ज्ञाता।
81472 वाकिनु अ.क्रि. वाक्ने काम होइन।
81473 वाक्क क्रि.वि. वमन गर्न खोज्ने किसिमले।
81474 वाक्क क्रि.वि. ना. २. वमन; उल्टी।
81475 वाक्क क्रि.वि. ३. कुनै व्यक्ति, वस्तु वा कामबाट मन विरक्तिने स्थिति; बेमन; सिकसिको; घृणा।
81476 वाक्कब्याक्क ना. एकनासको वमन।
81477 वाक्कब्याक्क ना. वि. २. वाक्क भएको।
81478 वाक्कलह ना. मुख - मुखको झगडा, मुखामुख, बाझाबाझ, मनावैरी।
81479 वाक्केली ना. ख्यालठट्टा, हँसी - दिल्लगी।
81480 वाक्छल ना. अर्कालाई धोका दिन भ्रामक शब्दको प्रयोग गर्ने काम; दोहोरो अर्थ लाग्ने शब्द वा वाक्यको प्रयोग गरी आफ्नो मतलब सिद्ध गर्ने छट्याइँ।
81481 वाक्पटु वि. कुरा गर्न औधी सिपालु।
81482 वाक्पति ना. कुराकानी गर्न वा भाषण दिन सिपालु व्यक्ति।
81483 वाक्पति ना. २. वृहस्पति।
81484 वाक्पद्धति ना. विशिष्ट तथा लाक्षणिक अर्थमा प्रयुक्त हुने सूत्ररूपका पदावली वा वाक्यांश, वाग्धारा, टुक्का (जस्तै- मुख लाग्नु, बाटो तताउनु, आँखा जुधाउनु, नाक काट्नु इ.)।
81485 वाक्य ना. संरचनाका दृष्टिले ध्वनि, रूप, पद, पदावली र वाक्यांशयुक्त तथा प्रकार्यका दृष्टिले शब्द नै मुख्य भएको, पूर्ण अर्थ वा भाव प्रकट गर्ने, भाषाको आधारभूत एकाइ कुरा प्रस्ट पार्ने सार्थक शब्दहरूको समूह।
81486 वाक्य ना. २. आदेश, आज्ञा।
81487 वाक्यनिर्माण ना. क्रिया केन्द्रविन्दुका रूपमा रहने र सबै शब्दको परस्पर अर्थसम्बन्ध हुने भाषिक श्रेणीक्रम भएको भाषिका संरचनाको निर्माण, वाक्यको बनोट।
81488 वाक्यपद्धति ना. वाक्यको संरचना गर्ने नियम वा तरिका।
81489 वाक्यरचना ना. वाक्यनिर्माण।
81490 वाक्यविन्यास ना. शब्दहरू यथास्थानमा रहने गरी वाक्य बनाउने काम; वाक्यरचना।
81491 वाक्यविस्तार ना. हरेक वाक्यका उद्देश्य तथा विधेयमा अन्य उपयुक्त शब्दहरू थप्दै बढाउँदै वाक्य लम्ब्याउने काम; वाक्यको फैलावट।
81492 वाक्यसङ्कोच ना. अर्थमा कुनै परिवर्तन नगरीकनै वाक्यलाई छोट्याउने काम।
81493 वाक्यसङ्कोच ना. (उदा.- उनी जति सक्छन् त्यति काम गर्छन् > उनी सकेजति काम गर्छन्)।
81494 वाक्यसिद्धि ना. वाक्सिद्धि।
81495 वाक्यात्मक वि. वाक्यको रूप लिएको; वाक्यले युक्त; वाक्यको रूप बनेको।
81496 वाक्यांश ना. कुरा राम्ररी नटुङ्गिएको वा एक प्रकारको भाव मात्र प्रकट हुने पदहरूको समूह पूरा वाक्यको एक अंश वा सानो वाक्य; टुक्रे वाक्य; खण्डवाक्य।
81497 वाक्युद्ध ना. मुख - मुखको लडन्त वा झगड़ा; वाक्कलह; चर्काचर्की; बाझाबाझ; मनावैरी।
81498 वाक्युद्ध ना. २. वादविवाद; चर्को तर्क।
81499 वाक्सिद्धि ना. अज्ञात वा अदृश्य कुरा पनि भन्न सक्ने र जे बोल्यो त्यही कुरा पुग्ने शक्ति भनेको कुरा पुग्ने सिद्धि वा सामर्थ्य।
81500 वाक्स्वतन्त्रता ना. प्रचलित ऐन कानुन र संविधानअन्तर्गत रही कुनै कुरा बोल्ने वा विचार प्रकट गर्न पाउने अधिकार, भाषणस्वतन्त्रता।