Dictionary

All Word

81601 वाजिब वि. चित्तबुझ्दो मुनासिब; वाजबी।
81602 वाजिबी वि. वाजिब।
81603 वाजी ना. बाज चरो।
81604 वाजी ना. २. घोड़ा।
81605 वाजी ना. ३. शुक्लयजुर्वेदी।
81606 वाजीकर वि. शक्ति बढाउने; वीर्य वा शक्तिवर्द्धक।
81607 वाजीकर वि. २. कामोद्दीपक।
81608 वाजीकरण ना. औषधीद्वारा मानिसको शक्ति तथा वीर्य बढाउने काम वा त्यस्तो आयुर्वेदीय प्रयोग।
81609 वाञ्छक वि. वाञ्छा वा इच्छा गर्ने; इच्छुक।
81610 वाञ्छन / वाञ्छना ना. इच्छा गर्ने काम; अभिलाषा; वाञ्छा।
81611 वाञ्छनीय वि. अभिलाषालायकको; इच्छा गर्न योग्य।
81612 वाञ्छनीय वि. २. चाहिने खालको; आवश्यक; जरुरी।
81613 वाञ्छनीय योग्यता ना. कुनै पद वा कामका निम्ति चाहिने योग्यता ( शिक्षा, कार्यकुशलता आदि )।
81614 वाञ्छा ना. कुनै आवश्यक कुराका निम्ति गरिने चाहना;इच्छा; अभिलाषा।
81615 वाञ्छित वि. इच्छा गरिएको; चिताइएको; चाहिने।
81616 वाट ना. बाटो; मार्ग।
81617 वाट ना. २. बाग; बगैँचा।
81618 वाट ना. 3. घेरो।
81619 वाट ना. बिजुलीबाट शक्ति पैदा हुने परिमाणको अंश वा एकाइ।
81620 वाटर ना. पानी; जल।
81621 वाटर प्रुफ वि. भित्र पानी नछिर्ने वा पानीले असर नपार्ने (घडी आदि)।
81622 वाटर मार्क ना. उज्यालो तर्फ फर्काएर हेर्दा देखिने नोट; कागत आदिमा लागेको सेतो छाप वा चिह्न।
81623 वाटिका ना. उद्यान; बगैँचा (जस्तो- अशोकवाटिका, पुष्पवाटिका इ.)।
81624 वाटिका ना. २. ससानो फलफूलबारी।
81625 वाड ना. पाइक र जनसङ्ख्या वा घरधुरीका आधारमा छुट्ट्याइएको गाउँ वा सहरको कुनै निश्चित क्षेत्र; वडा; वार्ड।
81626 वाण ना. हे. बाण।
81627 वाण ना. २. वास्तु वा मूर्तिमा प्रयोग हुने पाँच अमल बराबरको नाप; पाँच अङ्गुल।
81628 वाण ना. ३. मात्राको पाँचगुना बराबरको नाप।
81629 वाण ना. ४. तल, रुद्रानन, इन्द्रिय वा भूत बराबरको नाप।
81630 वाणिज्य ना. मालसामानको खरिदबिक्री वा लेनदेन व्यापार; बेपार।
81631 वाणिज्यदूत ना. आफ्नो देशको व्यापारिक संरक्षण तथा संवर्द्धनका निम्ति अर्को देशमा पठाइएको वा राखिएको कुनै राष्ट्रको दू।
81632 वाणिज्य बैक ना. वाणिज्य वा व्यापारसम्बन्धी काम गर्ने गराउने तथा व्यापारव्यवसायमा सहायता गर्ने गरी स्थापित वा सङ्गठित बैङ्क।
81633 वाणिज्यालय ना. व्यापारको मुख्य स्थान, ठुलो दोकान वा पसल।
81634 वाणी ना. मुखबाट निस्कने सार्थक शब्दसमूह वा वाक्य; बोली; भाषा।
81635 वाणी ना. २. आदर्श वचन, ध्वनि वा आवाज।
81636 वाणी ना. (जस्तो- अमरवाणी, महावाणी, भविष्यवाणी, आकाशवाणी इ.)।
81637 वाणी ना. ३. बोल्ने सामर्थ्य; वाक्शक्ति।
81638 वाणी ना. ४. विद्याकी देवी सरस्वती।
81639 वात ना. वायुप्रकोप भई शरीरका सन्धिस्थानहरूमा पीडा हुने एक रोग; बाथ २. शरीरमा रहने वायु।
81640 वात ना. ३. हावा; वायु।
81641 वातगुल्म ना. शरीरमा विषाक्त वायुका कारणले उत्पन्न हुने एक रोग; बा।
81642 वातज्वर ना. शरीरमा वायुप्रकोप हुँदा आउने जरो।
81643 वातरोग ना. वातको बिमारी।
81644 वाता ना. हे. बाता।
81645 वातानुकूलन ना. हावा सफा गर्ने वा प्राणवायुको मात्रा बढाउने काम वा त्यस्तो वैज्ञानिक प्रक्रिया।
81646 वातानुकूलित वि. चिसो र तातोलाई आफ्नो अनुकूल वा सकिने र चाहिंदो सुहाउँदो पारिएको।
81647 वातायन ना. घरभित्र हावा र उज्यालो पठाउन राखिएको झ्याल वा छानामा कोपुले आधा ढाक्ने गरी बनाइएको प्वाल।
81648 वातायन ना. २. भयाल।
81649 वातायन ना. ३. बार्दली।
81650 वातायन ना. ४. छाना; छत; पाली।