Dictionary

All Word

81651 वातायन ना. ५. घोडा।
81652 वातावरण ना. पृथ्वीको चारैतिर फिँजिएको हावा।
81653 वातावरण ना. २. प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पार्ने आसपासको अवस्था,परिस्थिति।
81654 वातावरण जन्य वि. वातावरणको प्रभावले पैदा हुने।
81655 वातावरण विज्ञान ना. जीवित वस्तुहरूको वातावरणसितको सम्बन्धमा अध्ययन गर्ने विज्ञान।
81656 वातावरणीय वि. वातावरणसित सम्बन्धित वातावरणको प्रभाव; स्वास्थ्य; अध्ययन आदि)।
81657 वातुल वि. हावादार।
81658 वातुल वि. २. बाथरोग लागेको; वातरोगले ग्रस्।
81659 वातुल वि. ३. छँटाएको; बौलाहा पागल ना. ४. आँधी।
81660 वातुलालय ना. पागलखाना।
81661 वात्सल्य ना. बाबुआमाको सन्तानका प्रति हुने स्नेह वा ममता।
81662 वात्सल्य भाजन ना. छोराछोरी जस्तै प्रिय व्यक्ति; स्नेहपात्र।
81663 वात्सल्य रस ना. साहित्यमा नवरसपछि पनि दसौं रसका रूपमा मानिएको; स्थायी भाव;वात्सल्य हुने एक रस।
81664 वात्स्यायान ना. कामसूत्र' नामक ग्रन्थका प्रणेता एक प्रसिद्ध ऋषि।
81665 वात्स्यायान ना. २ न्यायसूत्रका भाष्यकार।
81666 वाद ना. तत्त्वदर्शीहरूले निश्चित गरेको कुनै विशिष्ट कुराको मत वा सिद्धान्त (जस्तै- प्रगतिवाद, भौतिकवाद, समाजवाद इ.)।
81667 वाद ना. २. सार कुरो पत्ता लगाउनका निम्ति गरिने तर्क शास्त्रार्थ विचार बहस, विवाद।
81668 वाद ना. ३. कथन, वर्णन।
81669 वाद ना. ४. अदालतमा उपस्थित गरिएको अभियोग।
81670 वाद ना. ५. निरूपण।
81671 वादक वि. वादविवाद गर्ने।
81672 वादक वि. २. बाजा बजाउने।
81673 वादक मण्डली ना. वादकहरूको समूह वा डफ्फा।
81674 वादग्रस्त वि. निरूपण वा निश्चय भइनसकेको; विवादास्पद।
81675 वादन ना. बाजा बजाउने काम; बजाइ।
81676 वादन ना. २. वाद्ययन्त्र बाजा।
81677 वादप्रतिवाद ना. कुनै विषयमा परस्परको बहस, वादविवाद, शास्त्रार्।
81678 वादविवाद ना. कुनै कुरा वा विषयको तत्त्वनिरूपणका निम्ति आफ्ना बुँदाको समर्थन र विपक्षीका बुँदाको खण्डनसाथ गरिने छलफल, तर्कवितर्क, विचारविमर्श खण्डनमण्डन, वाक्प्रतियोगिता।
81679 वादविवाद ना. २ भनाभन; बाझाबाझ।
81680 वादविवाद प्रतियोगिता ना. नियमअनुसार पक्षविपक्ष दुई समूहमा विभाजित भई कुनै विषयमा तर्कयुक्त रूपमा बोल्ने र बाजी जित्ने काम।
81681 वादव्यय ना. देवानी मुद्दामा वादीले फिरादपत्रसाथ अदालतमा दाखिल गर्नुपर्ने सवालअनुसारको दस्तुर, कोर्टकी।
81682 वादा ना. सरसापटी लिएको नगदी वा जिन्सी फर्काउने अवधि; म्याद।
81683 वादा ना. २. कुनै कुरा पूरा गर्ने कबुल, प्रतिज्ञा, करार।
81684 वादानुवाद ना. कुनै विषयको उक्ति र उत्तर; दोषारोपण तथा त्यसको बचाउका निम्ति दिइने उत्तर।
81685 वादानुवाद ना. २. वादविवाद; शास्त्रार्।
81686 वादित्र ना. बाजा; वाद्य।
81687 वादी ना. कसैका विरुद्ध अदालतमा मुद्दा दायर गर्ने व्यक्ति,उजुरवाला व्यक्ति।
81688 वादी ना. २. फिरादपत्र नालिस ३. रागमा मुख्य रूपले प्रयुक्त हुने स्वर।
81689 वादी ना. ४.बाजा बजाउने व्यक्ति, वाद्यवादक।
81690 वादी ना. वि. ५. कुनै वादमा लाग्ने वा सिद्धान्तविशेषको अनुयायी (जस्तै- अध्यात्मवादी, भौतिकवादी, समाजवादी इ.)।
81691 वादी ना. ६. कुनै कुरा बोल्ने, भन्ने।
81692 वादी ना. ७. कलह वा झगडा गर्ने।
81693 वादी ना. ८. न्याय माग्न जाने।
81694 वादी ना. स्त्री. वादिनी।
81695 वादी वि. सर्दी गर्ने; वायुकारक।
81696 वाद्य ना. रेटेर, फुकेर वा ठोकेर बजाइने सङ्गीतको सरस तथा मनोरञ्जक स्वर, ताल आदि निकालिने सामग्री; बाजा।
81697 वाद्य ना. २. कथन; भाषण।
81698 वाद्यगोष्ठी ना. सङ्गीतका सुरिला स्वर निकाल्ने र मधुर ताल दिने नानाथरी बाजा वा ती बाजाहरूको वादनसम्बन्धी कार्यक्रमको भेला।
81699 वाद्यवादन ना. बाजा बजाउने काम; बाजाबजाइ।
81700 वाद्यसङ्गीत ना. बाजाहरूबाट उत्पन्न हुने स्वरयुक्त सङ्गी।