Dictionary

All Word

81701 वाधक वि. हे. बाधक।
81702 वाधा ना. हे. बाधा।
81703 वाधित वि. बाधि।
81704 वान् प.स. भएको; हुने आदि अर्थ जनाउने आबद्ध रूप (जस्तो- गुणवान्, मूल्यवान्, रूपवान् इ.)।
81705 वान ना. वनसम्बन्धी; वनको २. सुकाइएको।
81706 वान ना. ३. बगेको।
81707 वान ना. ना. ४. सुकाइएको वा सुकेको फल।
81708 वान प्रत्य. शब्दका पछाडि गाँसिएर जोगाउने, देखाउने, चलाउने, हाँक्ने आदि अर्थ जनाउने रूप (जस्तै- गाडावान, दरवान, मेहरवान इ.)।
81709 वानप्रस्थ ना. वैदिक आर्यहरूले निर्धारण गरेका आश्रममध्ये तेस्रो आश्रम।
81710 वानप्रस्थ ना. २. त्यस आश्रममा प्रवेश गरेको व्यक्ति।
81711 वानप्रस्थी वि. वानप्रस्थमा रहेको; वानप्रस्थसम्बन्धी।
81712 वानप्रस्थ्य ना. वानप्रस्थमा रहेको स्थिति वा अवस्था।
81713 वानर ना. मानव जस्तै देखिने, रुखमा विचरण गर्ने प्रसिद्ध स्तनपायी प्राणी, बाँदर, कपि मर्कट।
81714 वानर पुछ्रे ना. बाँदरपुछ्रे।
81715 वानर सदृशानुगण ना. वानरजस्ता प्राणीको समूह।
81716 वानर सदृशानुगण ना. २. अपुच्छख्यातचतुष्क र उत्थित नरवानर।
81717 वानर सदृशानुगण ना. ३. मानवगुणका दुई प्रवृत्तिमध्ये एक।
81718 वानरानुगण ना. नृतत्त्वको प्राथमिक वर्ग।
81719 वानरानुगण ना. २. निशाकपि अनुगण, कूर्चमर्कट अनुगण र नरवानरानुगणको समूह।
81720 वानरी वि. वानरसम्बन्धी; वानरको।
81721 वानरी वि. ना. २. पोथी वानर; बाँदर्नी।
81722 वानस्पत्य वि. वनस्पतिबाट तयार भएको; वनस्पति-सम्बन्धी ना. २. फूल फुलेपछि फल लाग्ने जातका बोट बिरुवा (आँप, दारिम, सुन्तला आदि)।
81723 वानस्पत्य वि. ३. वनस्पतिको तत्त्व तथा त्यसको वृद्धि गर्ने उपाय आदिको विवेचना भएको शास्त्र; वनस्पतिशास्त्र।
81724 वान्त वि. बान्ता गरेको; छादेको।
81725 वान्त वि. २. उकेलेको; थुकेको।
81726 वान्त वि. ना. ३. वमन; बान्ता; छाद।
81727 वापस वि. फर्केर आएको; फिर्ता भएको।
81728 वापसी वि. फिर्ता आएको वा पठाइएको।
81729 वापसी वि. ना. २. फिर्ता आउने काम; वापस हुने काम; प्रत्यावर्तन; फिर्ती।
81730 वापि ना. वापी।
81731 वापिका ना. सानो खालको वापी।
81732 वापिस ना. वापसे वापस; फिर्ता।
81733 वापी ना. ठुलो कुवा; पोखरी; तलाउ।
81734 वापी ना. २. भित्र पस्ने सिंढी भएको इनार; इनार।
81735 वाफवैरी ना. हे. बापवैरी।
81736 वाम वि. बायाँ; देब्रे।
81737 वाम वि. २. प्रतिकूल, विपरीत, उल्टो।
81738 वाम वि. ३. टेढो वक्र।
81739 वाम वि. ४. कठोर, निर्दय।
81740 वाम वि. ५. दुष्ट।
81741 वाम वि. ६. मनोहर, राम्रो।
81742 वाम वि. ना. ७ बायाँ हा।
81743 वाम वि. ८. बायाँपट्टिको अंश।
81744 वाम वि. कुच, स्तन।
81745 वाम वि. १०. कामदेव।
81746 वामदेव ना. महादेव शिव।
81747 वामन वि. साह्रै होचो वा ठिंगुरिएको, बामपुड्के, बाउन्ने।
81748 वामन वि. ना. २. त्यस्तो मानिस।
81749 वामन वि. ३. दक्षिणदिशाको दिग्गज।
81750 वामन वि. ४. पुराणअनुसार विष्णुका दश अवतारमध्ये पाँचौं अवतार।